ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

छाडा चौपाया व्यवस्थापनको प्रतिवद्धता

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा गाईवस्तु दिर्घकालीनरूपमै व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यभार सम्हालेयता मुख्यमन्त्रीले जनतालाई धेरै आश्वासन दिनुभएको छ । त्यसमध्ये छाडा गाईवस्तु व्यवस्थापन गर्ने पछिल्लो प्रतिवद्धता हो । छाडा गाईवस्तु व्यवस्थापन धेरै पहिलेदेखि चुनौति वन्दै आएको सन्दर्भमा मुख्यमन्त्री आचार्यले सामुदायिक गाईवस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालन सम्बन्धी ऐन निर्माण गर्ने जुन प्रतिवद्धता जनाउनु भएको छ, त्यसले समस्या समाधानमा सकारात्मक पहलको सुरूवात हुनेछ भन्ने विश्वास सिर्जना भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिकासँग समन्वय गरेर आयोजना गरेको सामुदायिक गाईबस्तुको व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्रीले यो समस्या समाधानका लागि आगामी प्रदेश सभाको अधिवेशनमा विधेयक पेश गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ । हाल केही स्थानीय तहले कार्यविधि बनाएर गौशाला सञ्चालन गरिरहेको भएपनि कानुनी स्पष्टता र प्रभावकारी कार्यान्वयनका लागि प्रदेशस्तरबाट नीति बनाउने तयारी भइरहेको छ । यो अत्यन्त राम्रो कामको सुरूवात हुनेछ । संघीय कानुनका कारण देखिएका अप्ठ्यारा फुकाउन प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता आफैमा स्वागतयोग्य छ । सडकमा छाडा छाडिएका गाई व्यवस्थापन चुनौति वन्दै आएको छ । बुटवलदेखि तिलोत्तमा हुँदै भैरहवासम्म छाडा छाडिएका गाई गोरुको व्यवस्थापन नहुँदा दुर्घटना बढेको छ । सडकको बीच भागमा गाई गोरु बस्दा ट्राफिक समस्या बढ्दै गएको छ । गाई राष्ट्रिय जनावर हुन तर राष्ट्रिय जनावरलाई उपयोग गर्दासम्म गर्ने र त्यसपछि छाडा छोडिदिने गर्दा समस्या उत्पन्न भैरहेको छ । तिलोत्तमा नगरपालिकामा दुईवटा गौशालय निर्माण गरेर गाईवस्तु व्यवस्थापन गरिएको छ तर पनि समस्या समाधान भएको छैन् । राष्ट्रिय जनावर ‘गाई’ लाई दुध दिउन्जेल सम्मान गर्ने पाल्ने तर बूढो भएपछि सडकमा ल्याएर छाड्ने गर्दा वास्तवमा यसको व्यवस्थापनमा चुनौति देखिएको हो । हिन्दु धर्मावलम्बीहरूको विशेष महत्व बोकेको गाईलाई कृषकहरूले दुध दिउन्जेलसम्म पाल्ने र त्यसपछि छोडिदिने गर्नाले समस्या निम्तिरहेको छ ।

यो समस्या शहरबजार र यसको छेउछाउमा बढ्दो छ । गाईको बाच्छो (बहर) लाई त किसानले उल्टो केही रकम दिएर अन्यत्र पठाउने गरेका छन् ।अर्कोतर्फ दुध उत्पादनका लागि पालिएका गाईहरूबाट बर्षेनी जन्मिने बाच्छाको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । उत्पादनमूलक काममा प्रयोग नहुने वस्तुलाई पालेर के काम भन्दै किसानहरू छिटोभन्दा छिटो पन्छाउन चाहन्छन् । केही मानिसले गाउँभरिका बाच्छा संकलन गरी सडक, शहर तथा सार्वजनिक स्थानमा छोडिदिने गरेका छन् । सडकमा छोडिएको गाईवस्तुले यातायात सञ्चालनमा समेत असर पुगेको देखिएको छ । कतिपय ठाउँमा त छाडा चौपाया मरेर अलपत्र पर्नाले जनस्वास्थ्यमा समेत गम्भीर असर पुगिरहेको छ । दुधालु गाईको बिमा हुने भए पनि बुढो र दुध थाकेको गाईको बिमा हुँदैन । मलकै लागि भनेर किसानले बुढो गाई पाल्दैनन् । यो ठूलो समस्या हो । यसको व्यवस्थापनमा अव ध्यान दिनुपर्दछ । जेहोस मुख्यमन्त्रीले छाडा गाईवस्तुको ऐन नै वनाएर व्यवस्थापन गर्ने जुन प्रतिवद्धता जनाउनुभएको छ, त्यसले लामो समयदेखि चुनौति बन्दै आएको यो समस्या समाधान हुने आशा पलाएको छ । प्रदेश सरकारले गाईवस्तुको संरक्षण गर्ने मात्रै नीति लिएको छैन्, यसको उचित व्यवस्थापन, नश्ल सुधार गर्दै आम्दानीको स्रोतबृद्धि गर्नेसम्मका योजना समावेश गरिएका छन् । पशु चिकित्सक र गाई हेरचाहका लागि आवश्यक जनशक्ति व्यवस्था गरिने, वन क्षेत्रलाई जोगाउँदै अस्थायी गोठ निर्माण गरी गाईबस्तुको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने मुख्यमन्त्रीको प्रतिवद्धता कार्यान्वयनमा आएको देख्न पाइयोस् । यो समस्या समाधानमा पालिकाहरूले पनि प्रदेश सरकारसंग सहकार्य गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?