ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

सच्याऊः सामाजिक सञ्जाल विधेयक

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याउने तयारी गरेपछि विरोधमा देशव्यापी तरंग सिर्जना भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले समेत सामाजिक सञ्जाल विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन गरेपछि सरकारलाई यो बिधेयक फिर्ता गर्न दवाव परेको छ । नेविसंघमात्रै होइन नेपाली कांग्रेसका पदाधिकारीहरूले समेत सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुनुहुँदैन भन्ने राय ब्यक्त गरिरहेको सन्दर्भमा सरकार यही बिधेयकलाई लिएर दवाव र आलोचित भएको छ । नेपाल पत्रकार महासंघले समेत बिहीवार मुख खोलेको छ र विधेयकले अभिब्यक्ति स्वतन्त्रता हनन हुने धारणा सार्वजनिक गरेको छ । विधेयक ल्याउने तयारी अघि बृहद छलफल र अन्तरक्रिया गर्नुपर्नेमा सरकारले हतारमा बिधेयक ल्याउने तयारी गरेर सर्वत्र आलोचना खेप्नुपर्ने अवस्थामा पुगेको छ । विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनियताको अधिकारलाई गम्भीररूपमा खतरामा पार्ने देखिएको भन्दै कुनैपनि अवस्थामा हुबहु पारित गर्न नहुने सत्तारुढ पार्टीभित्रैबाट सरकारमाथि दवाव परेको छ । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण होइन नियमन गर्ने हिसावले विधेयक ल्याउनु पर्नेमा निरंकुश वन्न खोजेको सर्वत्र आलोचनाले सरकार असमञ्जसमा परेको अवस्था छ । नेविसंघले त विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको जनाएको छ । सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारले इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालत बाहिर हुनु लगायतको प्रावधानले अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हुने धेरैको दावी छ । निश्चितरूपमा आजको आधुनिक सञ्चारको युगमा सामाजिक सञ्जाल स्वतन्त्र हुनुपर्दछ तर छाडा होइन, सामाजिक सञ्जाललाई निरन्तर नियमन गर्नुपर्दछ तर नियन्त्रण गर्ने नाममा अनावश्यक दण्ड, जरिवाना र मुद्दा लगाएर फसाउने काम स्वीकार्य हुँदैन ।

नेपाली नागरिक आफूलाई लागेको बिचार व्यक्त गर्न स्वतन्त्र छन तर सामाजिक सञ्जाललाई दुरूपयोग गर्ने काम कतैबाट हुनुहुँदैन । सामाजिक सञ्जाललाई छाडा होइन, जिम्मेवार र उत्तरदायी वनाउने काममा नागरिकको ठूलो भूमिका हुन्छ । त्यसमाथि सरकारले नियमन गर्नुपर्दछ । सामाजिक सञ्जाल आजको डिजिटल युगमा विचार आदानप्रदान, सूचना प्रवाह र अभिव्यक्तिको महत्वपूर्ण माध्यम बनेका छन् । यसको प्रयोगमा कुनै सर्त र बन्देज हुनुहुँदैन तर प्रयोग गर्न पायो भन्दैमा दुरूपयोग भयो भने कारवाहीको भागिदार हुनुपर्दछ । कारवाहीको पनि सिमा र दायरा हुनैपर्दछ । त्यस बिषयमा छलफल आवश्यक छ । सरकार यहीँ चुकेको छ । दुरूपयोग गर्नेलाई कारवाही हुनुपर्छ भन्ने कुरामा सन्देह छैन तर कस्तो कारवाही गर्ने भन्ने बिषयमा आम छलफल र सहमति हुनुपर्दछ । सामाजिक सञ्जालको दुरूपयोग, गलत सूचना, घृणास्पद अभिव्यक्ति र साइबर अपराधका कारण सिर्जित घटना नियन्त्रणका लागि विभिन्न देशमा यसलाई नियमन गर्ने बहस तीव्र बनेको छ । नेपालमा पनि सामाजिक सञ्जाल प्रयोग सम्वन्धि कानुन बनाउँदा राष्ट्रिय सहमति निर्माण हुनुपर्दछ भन्ने हो । ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसदमा दर्ता गर्ने तयारी भैरहँदा सरकार पछि हटनुपर्ने अवस्था आएको छ । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने बहानामा नियन्त्रणको नीति अख्तियार गर्ने संकेत देखाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । अर्कातिर सामाजिक सञ्जाल व्यवस्थित गर्दा सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन हुने सरकारी तर्क छ । सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित तथा नियमन गर्ने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएको बहस पनि आइरहेको छ । यी सवै कुरा बहसमा आईरहँदा सामाजिक सञ्जाल नियमन सम्वन्धि कानुन आवश्यक छ तर त्यो कानुनमा कस्ता नियम र प्रावधान राख्ने भन्ने कुरामा राष्ट्रिय बहस जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?