ट्रेंडिंग:

>> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’

अचम्मको छ मेरो समाज !

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

मेरो समाज अचम्मको छ । बदलिँदै गरेको समयले मानिसमा अथाह बदलाव ल्याउँछ भनेझैँ यहाँ जुन आमाबुवाले बोल्न सिकायो, त्यही पछि छोराछोरीले आफ्ना आमा बुवासँग ठूलो चर्को स्वरले बोल्छन् । सानोमा जुन आमाबुवाले नखाई नखाई छोरा भोकाउला भन्दै खाना खुवाउँछन्, पछि त्यही वृद्ध भएपछि छोराले त्यही आमा बुवालाई सम्पत्ति पाएपछि घर छोडेर जान भन्छन् । आफ्नो हातखुट्टा चल्न सक्ने, परिश्रम गर्न सक्ने भएतापनि आफ्नो वृद्ध बुवा जसको स्थायी कमाई केही छैन, उसको वृद्धा भत्तामाथि आँखा लाउँछ र नपाएमा हंगामा गर्छ । यहाँ आमाबुवालाई सानोमा छोरा मर्ला मर्ला भन्ने डर हुन्छ भने त्यही छोरा ठूलो भएपछि मार्ला मार्ला भन्ने डर हुन्छ । मेरो समाजमा देशको विकास गर्ने कर्णधारहरू नशामा फस्दै गइरहेका छन् । यहाँ एक पुरुषले अर्की नाबालिका या जुनसुकै उमेरकी महिलालाई गिद्धेनजर लगाउँछ । साँझ स्कुलबाट बसमा घर फर्किँदै गरेकी छोरी, बाहिर कतै कामबाट फर्कने छोरी घर फर्कने क्रममा सुरक्षित फर्कने हो कि हैन भनेर घरमा डर हुन्छ । किनभन्दा यहाँ छोरीहरू दिनहँु विद्यालय, अस्पताल, गाडी, आफन्ती तथा साथीको घर, काम गर्ने ठाउँ आदिमा बलात्कृत भएका छन् । यस्ता आफूमा परेका अकल्पनीय घटनाहरू कोहीले बोल्न सक्दैनन, आफ्ना कुरा आमा बुवालाई वर्णन गर्न सक्दैनन्, घरमा भनिहाले पनि घरका सदस्यले समाजले के भन्ला भन्ने डरले कुरा बाहिर ल्याउन सक्दैन । कुनै घटना चौकीमा पुग्यो भनेपनि भिक्टिमले न्याय पाउँदैन । यस्ता समस्याको बारेमा कसैले आवाज उठाउँछ भने उसलाई दोषीले डराउन दिन्छ, धम्काउँछ र गुण्डा लगाएर होस् या जसरी हुन्छ हत्या गर्ने प्रयास गर्छ । मेरो समाज यसरी नै चलिरहेको छ ।
मेरो समाजमा देशका युवाहरू +२ दिएपछि विदेश जाने चलन रहेको छ । यहाँ धनीहरू अस्ट्रेलिया, अमेरिका,क्यानडा तथा गरिबहरू भारत, दुवई, मलेसिया तथा अन्य मुलुकतिर जान्छन् । बुबाआमाले पनि आफूले केही गर्न सकिएन छोराले विदेश गए आफ्नो सपना साकार गर्ला र हामीलाई बुढेसकालमा पाल्ला भन्ने ठूलो धोको हुन्छ । त्यसैले घर बारी बेचेर होस् या आफ्ना गरगहनाहरू बेचेर होस्, आफ्ना बच्चालाई विदेश पठाउँछन् । ती सन्तान पछि कमाएर त कुरा छोडौ फर्किदा बाकसमा फर्किने हो कि कसरी फर्कने हो थाहा हुँदैन तर पनि पैसा कमाउने आशामा विदेश गइरहेका छन् ।
अब नजानु पनि कसरी ? यहाँ नेता तथा ठूला राजनीतिक स्तरमा भएकाले देशमा राजनीतिको नराम्रो खेल खेलिरहेका छन् । नेताले परेको बजेट राम्ररी व्यवस्थित नगरेकाले, यहाँ देशका अझै थुप्रै ठाउँमा स्वास्थ्य चौकी बनेका छैनन् । बाटो बनाउँदा पुरै पैसा प्रयोग नगरी नामको मात्र बाटो बनाएका कारण पानी पर्दा पहिरो गएकाले मानिसहरूले ज्यान गुमाउन पुगेका छन् । यो सबैमा गल्ती जनताको पनि हो, जुन नेताले आफ्नो समयमा विकास गर्दैन, उसलाई मतदान नगर्नुको साटो केही रकमको लोभमा उसैलाई नै मत दिन्छन् र अर्को केही वर्ष फेरी नेतालाई विकास भएन भनेर सराप छन् र यसरी नै निरन्तर चलिरहन्छ ।
यहाँ मन्दिर गई ढुङ्गाको मूर्तिलाई पैसा चढाउँछन् तर बाटोको कुनामा बसेको अशक्त दुःखी, गरिब, घरबाट छोराछोरीद्वारा हेला गरी निकालिएकी आमा बुवालाई खाने लाउने कुरा दिई सहयोग गर्न सक्दैनन् । मेरो समाज अचम्मको छ । यहाँ आफ्ना देवी देवता सम्मान बुवा आमालाई वृद्ध भएपछि हेला गर्छन् र मन्दिर धर्म कर्मको नामले जान्छन् । यहाँ एक अर्कालाई सहयोग गरी अगाडि बढ्नुको साटो एक अर्काको खुट्टा तानातान गर्छन् । यहाँ कोही बाहिरी पुरुषसँग बोल्न नदिने बुवाले छोरीको विवाह गराइदिने निर्णय गरेपछि अनजान पुरुषसँग एकान्तमा एकाध घण्टा बोल्न लगाउँछन् र एकअर्कालाई बुझ भन्छन् जबकि छोरीले आफ्नो जीवनकालमा आफूलाई बुझ्न सकेकी हुँदैन ।
मेरो समाजमा सकारात्मक परिवर्तन ल्याउन खोज्ने र विकासका पूर्वाधार विकास गर्न खोज्नेलाई राजनीतिको घिनलाग्दो खेल खेलेर जेलभित्र पसाल्न खोजिन्छ । समाजका अन्य व्यक्तिद्वारा आलोचना गर्ने गरिन्छ र अरू विरोधी राजनीतिक पार्टीद्वारा हत्या गर्ने पुरा प्रयास गरिन्छ । मेरो देशमा चुनावको समयमा उम्मेदवारले विकासको झुटो आशा दिने र पैसासँग भोट किन्ने जस्ता कार्य गर्छन् । उता देशका जनता पनि राम्रा भन्दैनन् र हाम्रा उम्मेदवार भन्दै मत दिन्छन् । या आफ्ना बाउ बाजे जुन राजनीतिक पार्टीका थिए त्यही राजनीतिक पार्टीलाई मत दिन्छन् । जब त्यस उम्मेदवारले जित्छ र नेता बन्छ, त्यसपछि हुन्छ असली राजनीतिको घिनलाग्दो खेल अर्को पाँच वर्षसम्म चलिरहन्छ । त्यस नेताले विकासका पूर्वाधार, कलकारखाना, उद्योग, धन्धा जस्ता अन्य कुरा स्थापना नगरेका कारण देशका सक्षम, कलाशील, युवाले रोजगारीको अवसर पाउँदैनन् र देश झन् गरिब बन्दै जान्छ । उसले विकासको पूर्वाधारमा परेको बजेट दुरूपयोग गर्छ र विकास हुन सक्दैन र यस्तो कार्य निरन्तर पाँच वर्षसम्म चलिरहन्छ । यसरी नै देशको राजनीतिक स्तर दिनभन्दा दिन खराब भइरहेको छ र गरिब झन् गरिबको रेखा मुनि परिरहेका छन् भने धनी दिनभन्दा दिन धनी बनिरहेका छन् ।
मेरो समाजमा मानिसहरूको भेषभुषा बाहिरी आवरण नेपाली जस्तो छैन, शिरमा ढाका टोपी, शरीरमा दौरा सुरुवाल, गुन्यु चोली, आफ्नो जातिको पोशाक तथा अन्य कुरा धारण गर्न भुलेका छौं । मेरो समाजमा मानिस मन्दिर जान छोडेका छन् । धर्मकर्म हराएको छ । आफ्नो भाषा भुलेका छौँ । आफूभन्दा ठूलालाई सम्मान हराएको छ, आधार हराएको छ, पैसाको अगाडि मित्रता हराएको छ । घरमा बुवाले आफ्नै छोरीलाई कुदृष्टि लगाउँछन् । आफूले केही गल्ती गर्यो भने गल्ती मान्न सक्दैनन्, स्वीकार्न सक्दैनन्, माफी माग्न सक्दैनन् । चिनेको मान्छे देख्दा दुई हात जोडी नमन गर्न सक्दैनौँ, झुक्नुपर्ने समयमा झुक्न सक्दैनौँ । आफ्नो संस्कृति र रीतिरिवाज भुलेका छौँ । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको आफ्नै धर्मलाई विरोध गर्छौं । समाजको पहिचान हराएको छ । आफ्नो जातिको भाषा बोल्न आफैलाई आउँदैन । आफ्नो जातको मौलिक नाच, गान भुलेका छौं । बाहिरी संस्कृति अपनाएका छौं र समाजमा विकृति फैलाइरहेका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?