ट्रेंडिंग:

>> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ
१३ औँ वार्षिकोत्सव विशेष

लुम्बिनी : बेचाल अनि बेताल

१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

लुम्बिनी र सगरमाथा दुई यस्ता महत्वपूर्ण ठाउँ हुन् जसमा नेपालले विश्वव्यापी रूपमा गर्व गर्ने गर्छ । लुम्बिनी विश्वका दशौं करोड बौद्ध धर्मावलम्बीको ह्दयमा छ भने सगरमाथा विश्वभरका पर्वतारोहीका लागि आकर्षणको हिमाल हो ।
युनेस्को भन्छ, ‘भगवान बुद्ध ईसापूर्व ६२३ मा नेपालको तराईमा अवस्थित लुम्बिनीको पवित्र क्षेत्रमा जन्मनुभएको थियो, जुन मौर्य सम्राट अशोकले इसापूर्व २४९ मा खडा गरेको स्तम्भमा रहेको लिखतबाट प्रमाणित हुन्छ ।’ युनेस्को बाटै सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीले सांस्कृतिक, आध्यात्मिक तथा धार्मिक दृष्टिकोणले महत्व राख्दछ । नेपालको पर्यटन विकासमा जोडी आर्थिक समृद्धिको बाटोमा हिँडाउन लुम्बिनीले निकै ठूलो योगदान गर्न सक्छ ।
तर लुम्बिनी बेचाल छः
कुशल नेतृत्वको अभाव, बुद्धस्थलसँगको विच्छेद, लुम्बिनी पर्यटकीय कि आध्यात्मिक ? स्थानीयसँगको मुआब्जा र विकास विवाद, गुम्बा र होटल व्यवसायी बीचको अन्तरद्वन्द्व जस्ता समस्याले लुम्बिनी आध्यात्मिक र घुमन्ते पर्यटक तान्ने चालमा हिँड्न सकेको छैन । अर्थात् लुम्बिनी बेचाल छ । आफै नचल्दा, लुम्बिनीमा विकास छैन, आफ्नोपन छैन । शान्ति हराइरहेको छ, आध्यात्मिकता भागिरहेको छ ।

हो भगाउनमा सघाइरहेका छन्, राजनैतिक दलहरू । पालैपालो सरकारबाट लुम्बिनीमा पस्दै, लुम्बिनीको दोहन गर्दै । त्यसैको उदाहरण हो लुम्बिनी कोषमा हुने राजनीतिकरण । योग्यता र क्षमताको मापदण्डबिना दलको पदाधिकारीको नियुक्ती हुँदा लुम्बिनी विकास गर्ने थलोभन्दा भ्रष्टाचार र दलका कार्यकर्ता व्यवस्थापन गर्ने केन्द्रको रूपमा चलिरहेको छ । नियुक्ती हुनेहरूमा लुम्बिनीको विकासमा इमान्दारिता देखिँदैन । उनीहरूलाई लुम्बिनीको ऐतिहासिकता, आध्यामिकता र संभावनाको न विज्ञता छ, न समर्पण भाव नै ।

लुम्बिनीको प्रचार र विकासका लागि हुने सभा, सम्मेलनहरू पनि गरिने र सकिने मात्रै गरेका छन् । त्यसले पारित गरेका निर्णय र सुझावहरूको पनि वास्ता देखिँदैन । उदाहरणका लागि २०७३ जेठ ६–८ मा राज्यस्तरबाट भएको दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले लुम्बिनी, रामग्राम, देवदह र कपिलवस्तुलाई लुम्बिनीको बराबरी विकास गर्ने घोषणा पत्रमा उल्लेख थियो । तर यी र यस्ता विषयमा घोषणा गरेकै दिनदेखि मसि सुक्ने गरेको छ ।

गुरुयोजनाको गन्जागोल र खतराको घण्टीः
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमणमा आएका बेला लुम्बिनी गुरुयोजनाको सुरुवात भयो । जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना सन् १९७८ देखि कार्यान्वयनमा छ ।
अर्काेतिर लुम्बिनी गुरुयोजना पूरा भएको छैन तर गुरुयोजना विपरीत भौतिक निर्माणका कामहरू भने भइरहेका छन् । अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री लुम्बिनीको विकासमा आध्यात्मिक पक्षलाई उपेक्षा गरिएको बताउँछन् । मन्दिर र गुम्बामा आध्यामिकता बचेको भएपनि पिकनिक स्पटको रूपमा लुम्बिनीलाई सोचिनु दुर्भाग्य भएको उनले बताए । सुरक्षाको नाममा पर्खाल खडा गरिनु, पिच सडक बनाइनु, अग्ला संरचना निर्माण गरिनु, मेरिटेशन केन्द्रकै बीचमा आवाज आउने मटरेवल डुंगा चलाइनु शान्ति र आध्यात्मिक विपरीत भएको अध्यक्ष मैत्रीको भनाइ छ ।

लुम्बिनीको नेतृत्व गर्नेहरूबाट गरिएका प्रतिवद्दता बिर्सिदा पनि गुरुयोजना पूरा हुनमा ढिलाइ हुने गरेको देखिएको छ । केहीवर्ष अघि नेपाल सरकारबाट गुरुयोजनाको लागि स्रोत सुनिश्चिता भएको थियो । तर त्यसको प्रमुख शर्त भौतिक निर्माणको ठेक्का एकमुष्ट रूपमा अन्तर्राष्ट्रिय बिड गरेर दिन्छौैं भनी निवर्तमान उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तय) र तत्कालिन योजना प्रवन्धक सरोज भट्टराईले प्रतिबद्दता विपरीत राष्ट्रिय रूपमा बिड (टेन्डर) गराई चार वटा स्वदेशी निर्माण कम्पनीलाई छनोट गरिएपछि सरकारको बजेट आउन सकेको छैन ।

दुई वर्षदेखि बजेट रोकिँदा त्यसरी बिड भएको कामको २५ प्रतिशत भुक्तानी गर्न नसकिएको कोषकी योजना प्रबन्धक इ. स्मिता भट्टले बताइन । अगाडिका योजना र सम्झौताअनुसार आफूले काम गरिरहेको उनले बताइन् । लुम्बिनी डुबानको समस्या डे«न निर्माणपछि कम हुने प्रबन्धक भट्टको भनाइ छ । गुरुयोजना पूरा गर्न करिब ५ अर्ब थप बजेट चाहिने र बजेट उपलब्ध भए करिब चार वर्षमा पूरा हुने उनले बताइन् ।

अर्कोतिर मायादेवी मन्दिर र वरपरको पवित्र बगैंचाको अवस्था डरलाग्दो गरी बिग्रँदै गएपछि भारतको दिल्लीमा भएको युनेस्को विश्व सम्पदा समितिले निर्देशनात्मक १२ बुँदा पठाउँदै २०२५ फेब्रुअरी १ अघि गुरुयोजना अन्तर्गत भइरहेका कामबारे एसओपी (स्टेट अफकन्जरभेसन रिपोर्ट) बुझाउन समयसीमा दिएको छ ।

मायादेवी मन्दिरमा रहेको ‘मार्कर स्टोन’ बुद्ध जन्मेको स्थान जनाउने संकेत ढुंगा र प्राचीन मन्दिरको पुरातात्विक अवशेषहरू छन् । तर ती बस्तुहरूको पुरातात्विक हिसाबले संरक्षणमा समस्या देखिएको छ । युनेस्कोको लुम्बिनीमा भएका यसअघिका अनुगमनहरूले पनि (जलस्तर) का कारण, विशेषगरी मार्कर स्टोन वरपर सधैँ भिजिरहने अवस्था आइपरेको र ढुसीका कारण (इँट्टा/ढुंगा) हरियो देखिने गरेको उल्लेख गरेको थियो ।

युनेस्कोले लुम्बिनीबारे चारवटा प्रमुख चिन्ताहरू अघि सारेको छ । मायादेवी मन्दिरको अवस्था, वरपरको पवित्र बगैँचाको अवस्था, अव्यवस्थित पूर्वाधार परियोजनाहरू र परिस्थिति सम्बोधन गर्न अधिकारीहरूको पर्याप्त क्षमताको अभावलाई कमजोरी ठानेको छ ।

उसले मायादेवी मन्दिर क्षेत्र र वरपर रहेका उच्च जलस्तर र मन्दिरभित्र पानी पसेका कारण सिर्जना भएको ओसपूर्ण वातावरणबाट पुरातात्विक बस्तुमा क्षति पुग्ने सम्भावना देखाएको छ । अर्को प्रमुख चिन्ता जापानी वास्तुविद् केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको उल्लंघन गरी संरचनाको जथाभावी निर्माणसँग सम्बन्धित छ । लुम्बिनीको विश्वव्यापी महत्वमा सम्भावित नकारात्मक प्रभाव पार्ने गरी सम्पदा प्रभाव मूल्यांकनबिना नै पाँचहजार व्यक्ति अटाउने क्षमताको ध्यान र स्मारक हलनिर्माण त्यसको बलियो प्रमाण भएको छ ।

आध्यात्मिक वातावरणको खडेरी
बुद्धको जन्मस्थल पर्यटकीय स्थलका साथै प्रमुख महत्वका हिसाबले आध्यामिक स्थल हो । यसलाई विश्व शान्तिको मुहान भनिन्छ तर पुष्टि गर्ने वातावरण लुम्बिनीमा भेटिँदैन । लुम्बिनीको विकासका प्रयास पनि देखिँदैन ।
लुम्बिनीको विकासको नाममा क्रंक्रिटको शहरको प्रवर्धन गरि रहिएको छ । त्यही सिमेन्ट, त्यही इट्टा, त्यही फलाम र आल्मुनियम जताततै देख्न सकिन्छ ।

पटक–पटक बौद्ध सम्मेलन, पटक–पटक लुम्बिनी भ्रमण वर्ष, पटक–पटक नेपाल भ्रमण वर्षको आयोजना भएपनि त्यसबारे लुुम्बिनीमा त्यसको अभिलेखीकरण पाइँदैन । के–के कार्यक्रम भयो ? उपलब्धि के भयो ? खर्च कति भयो ? केही दस्ताबेज छैन । नयाँ योजना बनाइन्छ तर त्यसलाई टेक्ने आधार छैन । लुम्बिनी भ्रमण वर्ष २०७६ त्यसको एउटा उदाहरण हो । जुन भ्रमण वर्षको उपलब्धि ‘सुजाता खिर खुवाएर बजेट सक्नु’ भयो ।

लुम्बिनीका पर्यटक कस्ता ?
लुम्बिनी आउने पर्यटकहरू प्रमुख रूपमा आध्यामिक र घुम्ने उद्देश्यले आउने गरेका छन् । केही पर्यटकहरू ध्यान बस्न, लुम्बिनी, बुद्ध, बुद्धस्थल, चराको अध्ययन अनुसन्धानका लागि पनि आउने गरेको भेटिन्छ । तर लुम्बिनीमा आध्यात्मिकताको वातावरण नै छैन । मायादेवी मन्दिर देखाएर कति बेच्ने ? मायादेवी मन्दिरमा १५ मिनेटमा अवलोकन गरी सकिन्छ । त्यसपछि के गर्ने, के भन्ने, कहाँ लैजाने र कसरी लुम्बिनीमा रोक्ने ? प्रश्नहरू अनुत्तरीत छन् । लुम्बिनीको विषयमा बताउने गाइड पाउन निकै समस्या छ । हुने र उपलब्ध हुने धेरैजसो गाइड धरातलिय जानकारी भएका मात्रै छन् । उनीहरूले न राम्ररी बुझाउन सक्छन्, न त पर्यटकले सोधेको जानकारी दिन नै ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा नेपाली ७ लाख २३ हजार ८००, भारतीय २ लाख ८६ हजार ५६१ र तेस्रो मुलुका १ लाख ६ हजार ९८ गरी ११ लाख १६ हजार ४५९ पर्यटक लुम्बिनी आएका छन् । तर ती पर्यटकले लुम्बिनीमा बिताउने समय निकै कम छ । लुम्बिनीको विकास र पर्यटन योजना भए पर्यटकलाई २/३ दिन रोक्न सकिने देखिन्छ । तर अधिकांश पर्यटकहरू २/३ घण्टामै लुम्बिनीबाट फर्किन्छन् । विदेशी पर्यटकहरू अग्ला भवन र गुम्बा नभई लुम्बिनीको आफ्नोपन हेर्न चाहन्छन् ।

त्यसैगरी पर्यटकले खर्च के मा गर्छन् ? हेर्न, जान्न के चाहन्छन् ? खान र किन्न के खोज्छन् ? भन्ने अध्ययन गरेको कहिँकतै देखिँदैन । लुम्बिनीको पहिचानका लागि न संस्कृति देखाउन सकिन्छ न त आफ्नै स्वाद नै । लुम्बिनीका स्थानीय प्रहद यादव अरू ठाउँ र लुम्बिनी आउने पर्यटकलाई एउटै तरिकाले हेर्नु र बुझ्नु गलत भएको टिप्पणी गर्छन् । लुम्बिनी आउने पर्यटक भारतकै भरमा छ । पर्यटक भारतबाट आउँछन् भारतमै रात बिताउँछन । जे जानकारी उनीहरूसँग आउने गाइडले दिन्छ, त्यही जानकारी लिएर फर्किन्छन । लुम्बिनीमा जहाँबाट पर्यटक आएपनि नेपालको गाइडबाट जानकारी गराउने नियम बन्न सकेको छैन । त्यसरी टुर गाइडको विकास पनि भएको देखिँदैन ।

उज्यालो अवसर जिवितैः
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सन् २०२५ मा विश्वकै घुम्नुपर्ने ५२ गन्तव्य मध्ये १० भित्रमा लुम्बिनी परेको छ । उक्त १० मध्ये लुम्बिनी नवौंमा छ । त्यसैगरी लोन्ली प्लानेट संस्थाले पनि एशियाको घुम्नै पर्ने ठाउँ मध्येमा लुम्बिनीलाई राख्ने गर्दछ । युनेस्कोको विश्व सम्पदामा सूचीकृत हुनु पनि लुम्बिनीले अन्तर्राष्ट्रिय पहिचान पाउनु हो । विश्वका बौद्ध धर्मालम्बीहरूको आस्थाको पहिलो केन्द्र लुुम्बिनी हो । देश भित्रका मात्र नभएर भारतका प्रमुख बौद्ध केन्द्रहरूबाट लुम्बिनी आउनमा हवाइ र सडक मार्गको सहज पहुँच छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना र संचालनले लुम्बिनी बौद्ध अध्ययनको केन्द्र बन्न सक्ने बाटो खोलेको छ । यो दशकलाई लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण दशकको रूपमा मनाउने घोषणा गरिसकेको छ । यी सबै कुराहरूले लुम्बिनीलाई उज्यालो बनाउन सक्ने आशा जिवित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%