ट्रेंडिंग:

>> एभरेष्टलाई जिल्लास्तरीय छात्रा भलिबलको उपाधि >> जिम्नाष्टिक संघ लुम्बिनीमा उदय >> यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण >> आयोजक टिमलाई प्रथम जेनिथ कपको उपाधि >> सुप्रिम सहकारी ठगी प्रकरण : रकम अपचलनको थप अभियोजन जिल्ला अदालतमा दर्ता >> इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर >> सेवा ऐनप्रति कर्णालीका कर्मचारीहरु असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी >> भारतले ऐतिहासिक स्पेस–डकिंग परीक्षण सफलतापूर्वक सम्पन्न गर्यो >> पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी >> गायिका मेलिना राईको इन्गेजमेन्ट फोटो सार्वजनिक, विवाह शुक्रबार >> भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा >> माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाएपछि प्रचण्ड प्रफुल्ल >> पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित) >> ओली पोखरा पुग्दा, प्रचण्ड भने माडी, चितवन पुगे >> पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन >> प्यूठानमा बेवारिसे नवजात शिशुको शव भेटियो >> सैफ अली खानमाथि चक्कु प्रहार, शल्यक्रिया जारी >> हमास-इजरायल युद्धविराम आइतबारदेखि लागू हुने: कतारका प्रधानमन्त्री >> रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा >> अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्दार, ७८ शव निकालियो >> बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड >> सर्वोच्च अदालतद्धारा निकुञ्ज र संरक्षित क्षेत्र भित्र पूर्वाधार निर्माणको कानुन खारेज  >> अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व >> प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाई >> सानिमा बैंकले ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> बिपक्षी दलको पत्रकार सम्मेलन स्थगित >> हमास इजरायल बिचको युद्दबिराम पछि दुवै देशमा जनस्तरबाट स्वागत >> सुन चाँदीको मूल्य आज पनि उकालो >> मौद्रिक नीति र यसका उद्देश्यहरू >> देवदहमा राष्ट्रपति रनिङ्ग सिल्डको तयारी पुरा >> जनताको संवृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्न आग्रह >> थाईल्यान्डमा नेटा नम्बर वान >> एमाले–काँग्रेसको संयुक्त सरकारपछि देशको अर्थतन्त्र लयमाः योगेश भट्टराई >> खोई त नेपालीपन, नेपाली मन ? >> बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु >> निर्माण व्यवसायीलाई आश्वस्त बनाउ >> चिनी उद्योगले किसानलाई तौलमा ठग्दै >> कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित >> इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने >> माैसम पूर्वानुमान : आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो >> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता

सेवा ऐनप्रति कर्णालीका कर्मचारीहरु असन्तुष्ट, आन्दोलन गर्ने चेतावनी

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

सुर्खेत, ३ माघ ।

कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ संशोधन गर्न कर्मचारीहरुले माग गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले स्थानीय सेवा ऐन विभेदकारी रहेको भन्दै संशोधनको माग गरेका हुन् । गत असोज २९ गते जारी उक्त ऐन कार्यान्वयनमा नआउँदै संशोधनको माग व्यापक उठेको छ । ऐनका प्रावधानहरूले कर्मचारीहरूको वृत्ति–विकास, सेवा–सुविधा र भौगोलिक आधारमा विभेद गरेको कर्मचारीहरुले बताएका छन् ।

गत कात्तिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिइसकेको थियो भने पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरिसकेको छ । यसप्रति असहमति जनाउँदै कर्मचारी संगठनहरूले मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षण गराउनुको साथै १४ बुँदे मागपत्र पेस गरेका छन् । उनीहरूले ऐनबाट हटाउनुपर्ने कुरा उल्लेख गरी सुझावसमेत पेस गरेका छन् भने उक्त ऐन संशोधन गरी स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीको सेवा, सुविधा पनि संघ र प्रदेश मातहतका कर्मचारी बराबर हुनुपर्ने माग छ ।

कर्णाली स्थित विभिन्न कर्मचारी संघ तथा संगठनहरुले सरकारलाई संशोधनका लागि माग गरिएको र यदि माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । नेपाल निजामति कर्मचारी संगठन सुर्खेत, नेपाल निजामति कर्मचारी युनियन सुर्खेत, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति सुर्खेत, नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेश कार्यसमिति, नेपाल निजामति कर्मचारी युनियन कर्णाली प्रदेश कार्यसमिति र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति कर्णाली प्रदेश कार्यसमितिले संयुक्त रूपमा ऐन संशोधनका लागि माग समेत गरेका छन् ।

ऐनमा देखिएका विभेदपूर्ण विषय परिमार्जन गर्न माग गरिएको नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले बताए । ‘हाम्रो मुख्य माग भनेको कर्मचारीमैत्री कानुन ल्याउनुपर्छ भन्ने हो’ उनले भने, ‘कर्मचारीमैत्री कानुन भएमा मात्र सक्षम जनशक्ति आउने र नागरिकमैत्री सेवा प्रवाहमा सहजता हुन्छ ।’उनका अनुसार सबैभन्दा बढी स्थानीय तहका कर्मचारी मारमा परेका छन् ।

ऐनले कर्मचारीको स्तरवृद्धिमै विभेद गरेको छ । प्रदेश सरकारका कर्मचारीलाई ३ वर्षमा स्तरवृद्धि गर्ने ऐनमै बाटो बनाइ स्थानीय तहका कर्मचारीलाई ५ वर्ष मापदण्ड बनाइएको र त्यो पनि (क) र (ख) मा २३३ दिनका दरले रुजु हाजिर राखिएको छ ।(क) र (ख) को व्यवस्थाले प्रदेशका कर्मचारी ३ वर्षमा र स्थानीय तहका कर्मचारी साढे ७ वर्षमा स्तरवृद्धि हुने अवस्था सिर्जना भएको कर्मचारीहरुको भनाई छ ।

यस्तै ऐनले कर्मचारीको सेवा सुविधामा पनि विभेद गरेको कर्मचारीहरूको गुनासो छ । जसमा प्रदेश सरकारका कर्मचारीका लागि भत्ता भौगोलिक आधारमा ४ हजार, ६ हजार ८ हजार र १० हजार रुपैयाँ कायम गरेको तर स्थानीय तहका कर्मचारीका लागि भने यो सुविधा छैन ।

मुख्यमन्त्री कँडेलले आफ्नो प्रदेशमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र नागरिक सेवा प्रवाहसँग सम्बन्धित रहेर स्थानीय सेवा ऐन ल्याएको दाबी गर्दै आएका छन् । तर विधेयकमा थुप्रै त्रुटि रहेको भन्दै त्यतिबेलै आवाज उठेको थियो । त्यसैले यो विधेयकलाई लामो समय प्रदेश मामिला समितिमा छलफलका लागि राखियो । तर समितिमा विधेयकमाथि जसरी छलफल हुनुपथ्र्यो, त्यसरी हुन सकेन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?