ट्रेंडिंग:

>> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ?

एमपक्सको जोखिमविरुद्ध पूर्व सावधानी

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

नेपालमा एकपछि अर्को गरि स्वास्थ्यमा जोखिम पु¥याउने प्रकृतिका संक्रामक रोगको कारण नेपाली नागरिकले सावधानी अपनाउनु पर्ने चुनौति सिर्जना भएको छ । पहिले कोरोनाले करिब तीन बर्ष नेपाललाई हायलकायल बनाएको नेपालको इतिहासमा कहिल्यै बिर्सन नसकिने गरि नराम्रो छाप छोडेको छ । पछिल्लोसमय एमपक्सका नाममा फेरी स्वास्थ्य चुनौति बढेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स सङ्क्रमण भित्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गर्नुपरेको छ । मन्त्री पौडेलले विमानस्थलमै सम्बन्धित निकायका पदाधिकारीको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिन निर्देशनसमेत दिएका छन । अहिले स्वास्थ्य मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ । यसअघि साउदी अरेबियाबाट आएका दुईजनामा एमपक्सको सङ्क्रमण देखिएकोमा एकजना उपचारपछि घर फर्किसकेका छन् । अर्का एक जनाको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ । त्यसपछि थप एकजना नेपालीमा पनि एमपक्स पुष्टी भैसकेको छ । यसरी एकपछि अर्को नेपालीमा एमपक्स संक्रमण देखिँदै जाने अवस्थाले चुनौति सिर्जना गरिदिएको छ । नेपालमा पहिलोपटक विदेशी नागरिकमा २०८० असार १ गते एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । एमपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ, सङक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट समेत सर्ने भएकोले सरकारले सावधानी अपनाउन भनेको छ । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका ¥याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने गरेकोले यो नेपालमा जोखिमकै अवस्थामा छ । तसर्थ नागरिकले अव सावधानी अपनाउनुको अर्को विकल्प छैन । एमपक्स हुँदा श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्छ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ । नेपाली यो संक्रमणबाट बच्नु भनेको एमपक्स कुनैपनि अवस्थामा नेपालमा प्रवेश गर्न नदिनु हो । यद्यपि अहिलेसम्म तीनजनामा यसको पुष्टी भैसकेकोले आगामी दिनमा थप नागरिकमा यसको संक्रमण सर्न नदिन पूर्व सावधानीको खाँचो छ । स्वास्थ्य मन्त्रालयले औपचारिकरूपमा विज्ञप्ती नै निकालेर एमपक्सबाट स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । पछिल्लोसमय नेपालमा भन्दा तेश्रो मुलुकमा यसको संक्रमण बढ्दै गएको देखिएको छ । तर, विदेशमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि त्यसको चुनौति अझै बढ्ने भएकोले सतर्कता आवश्यक छ भने आम जनता अझै सचेत बन्नु जरुरी छ । हरेक नेपालीले एमपक्सबाट बच्न स्वास्थ्यका मापदण्ड पालनामा जोड दिनु जरूरी भैसकेको छ । फेरीपनि कोरोनाकालमा जस्तै लापरवाही गरियो भने एमपक्सले ज्यानै लिन सक्छ । त्यसकारण पनि एमपक्सको सचेतना जरुरी छ ।
सरकारले एमपक्सको जोखिमबाट नागरिकलाई बचाउन बिदेशबाट आउने नाकाम सावधानी अपनाउन आग्रह गरेको छ । विदेशबाट आउने नागरिकमा एमपक्स भए नभएको पुष्टी गरेरमात्र नेपाल प्रवेश दिनु जरुरी छ । होइन भने लापरवाही गरिएको अवस्थामा यो भयावह समस्याको रूपमा देखापर्न सक्छ । यसले स्वास्थ्य जोखिम बढाउन सक्नेतर्फ आम नेपाली पहिले नै सतर्क हुनु आवश्यक छ । सरकारले अपनाउनुपर्ने सुरक्षा, जनशक्तिको व्यवस्थापन, उपचारका लागि आवश्यक अलग्गै जनशक्ति लगायतका विषयमा अझैपनि सचेत हुनु जरुरी छ । अव हाम्रो ध्यान खुला सिमाना, विदेशबाट आउने व्यक्तिहरूको निगरानी, परीक्षण, सचेतना अभिवृद्धि आदिमा जानु जरुरी छ । होइन भने फेरिपनि एमपक्सको महामारी फैलियो भने त्यो नेपालका लागि चुनौति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?