ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो

भ्रमणबाट फर्केर परिक्षण गरेको किवी फलेपछि समूहले २२ रोपनी जग्गा भाडामा लिएर किवी रोपेको छ । अहिले यो सामूहिक किवी खेतीमा ६० घरपरिवारको सहभागिता रहेको छ ।
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

बुटवल, ११ पुस ।
पाल्पाको पुर्वखोला गाउँपालिका जल्पामा सामुहिक रूपमा लगाएका किवीले उत्पादन दिन शुरु गरेको छ । २०७५ सालमा परिक्षण पछि शुरु गरिएको यो खेती अहिले लोभलाग्दो गरी फलेको छ । वन कार्यालयले नेपालको पूर्वी क्षेत्रमा भ्रमणमा जाँदा किवी परिक्षणका लागि १० विरुवा ल्याएर थियौ, यो खेतीले अहिले व्यवसायीक रूपमा अगाडी बढाएका छौं जल्पादेवी किवी समूहका सचिव मोनबहादुर थापाले भने । त्यसबेला १० वर्ष अघि हामीले यसलाई परिक्षणका लागि थोरै घरमा व्यक्तिगत रूपमा लगाएका थियौ । राम्रै फल उत्पादन भएपछि हामीले यसलाई व्यवसायिक रूपमा शुरु गरेको उनले बताए ।
उनका अनुसार समूहले २२ रोपनी जग्गा भाडामा लिएर किवी रोपेको छ । अहिले यो सामूहिक किवी खेतीमा ६० घरको सहभागिता रहेको छ । काभ्रे, ईलाम, गुल्मी लगायतका स्थानबाट विरुवा ल्याएर रोपेको उनले जानकार दिए । थापा भन्छन्, हाम्रोमा दुई जातको छेवाङ्ग र एलिस जातका किवी छन् । यी जातका किवी अलि ठूलो र लाम्चो हुने भएकाले हामी यो रोजेका हौं । आगामी वर्ष अरू जात पनि लगाउने तयारी छ ।
फलको ग्रेडिङ गरी मूल्य तयः
तयारी अवस्थामा रहेको किवीको फल अहिले ग्रेडिङ गरी फलको गुणस्तर र साइज अनुसारको मुल्यमा बिक्रि भईरहेको छ । ए ग्रेडको किवी प्रति केजी ४ सय रुपिया, बी ग्रेडको प्रतिकेजी ३ सय ५० रुपिया, सी ग्रेडको किवी प्रतिकेजी ३ सय रुपियाँमा बिकी भईरहेको सचिव थापाको भनाइ छ । उनले त्यो भन्दा पनि साना किवीहरूलाई पनि व्यवस्थापन भईरहेको बताए ।
उनी भन्छन्,–साना–साना किवीहरूलाई वाईनको रूपमा प्रयोग गरिन्छ भन्ने सुनेका छौं । यसपाली त त्यति धेरै साना फल छैनन । अरू वर्षका लागि हामीले त्यसका विषयमा पनि जनाकारी लिएर व्यवस्थापन गर्ने सोच राखेका छौ ।
समूहको साथमा सहयोगी जोडिदैः
सामुहिक रूपमा गरेको यो खतीले हामीलाई उत्साहित बनाएको छ । सबै घर परिवारले उत्तिकै दायित्व लिएर काम गरेका छौं । अब आउने वर्ष पनि हामीले वन कार्यालयले दिने ४ हजार विरुवा लगाउने तयारी गरिरहेको छौ । फल राम्रो दिए पछि हामी उत्साहित भएका छौ । वन कार्यालय पाल्पाका वरिष्ट वन अधिकृत वेलप्रसाद भण्डारीले समूहलाई आफूहरूले जगरूप र उतसाहित गराउँदै शुरुमा केही बिरुवाहरू सहयोग गरेको बताए । त्यहाँबाट फल राम्रो लाग्दो रहेछ भन्ने भएपछि यसलाई सामुहिक रूपमा शुरु गरेका हुन ।
समुहले यस वर्षको उत्पादन पनि राम्रो भएपछि अझै ठूलो क्षेत्रमा किवी लगाउने उदेश्यलाई हामीले सहयोग गर्ने सोच अनुसार नै बिरुवाको लागि खरिद प्रक्रिया शुरु भएको बताए । किवीको एउटा विरुवाको मुल्य एक सय रुपिया पर्छ । यो किवी खेती सामुहिक रूपमा खेती गर्दा सफल हुन सकिन्छ भन्ने उदाहरण पनि हो । त्यसका साथै न्यून स्तरका किसानहरूको मात्रामक हुदै गुणात्मक विकास होस भन्ने चाहन वन कार्यालयको छ । किसानको आर्यआर्जनमा विकास भए मात्र हामीले लिएको उद्देश्य पुरा हुन्छ वन अधिकृत भण्डारीले भने । किवी सिमित समयमा उत्पादन हुने भएकाले यसलाई दिर्घकालिन रूपमा यसलाई बजारमा ल्याउने योजना छ । कसरी हुन्छ किवि उत्पादन भए पछि त्यसलाई कसरी बेसिजनमा बजारमा पठाउने र उच्च मुल्य किसानलाई दिने भन्ने तर्फ हाम्रो सोचाई छ । भारतिय किवि बजारमा धेरै बेसिजनमा धेरै पैसा तिर उपभोक्ता वाध्य छन् त्यसलाई रोक्न तर्फ हाम्रो प्रयास छ वरिष्ट वन अधिकृत भण्डारीले भने । उनले किसानलाई कसरी हुन्छ आर्यमुलक कार्यक्रममा जोड्नुपर्छ भन्ने योजनामा पनि वन कार्यालयले काम गरिरहेको बताए ।
त्यसका साथै आव २०८१/८२ मा लुम्बिनी प्रदेश अन्तरगतकोे कृषि केन्द्रले ८ लाख रुपियाँ विनियोजन गरेको छ । ज्ञानकेन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीले किसानको आवश्यकतालाई प्राथमिकतामा राखेको बताए । किसानहरूले किवीलाई व्यवसायिक बनाउन चाहेका छन् । त्यसमा हामीले साथ दिएका छौ ।
किवी खेती पछिल्लो समयमा लोकप्रिय छ । स्वास्थ्थका हिसावले पनि राम्रो फल भएकाले बजार राम्रो छ । अहिले यहाँका किसानहरू किवी खेतीलाई व्यसायिक बनाउन लाग्नु भएको छ । त्यसमा हाम्रो साथ र सहयोग हो । व्यवसायीक बनेर सफल बनाउने र रोजगारी सृजना होस् भन्ने हाम्रो अपेक्षा छ । त्यसले किसानहरू आर्थिक रूपमा सफल बन्न सहयोग पुग्ने आशा लिएको प्रमुख चौधरीले बताए ।
विनियोजन भएको ८ लाख रुपियाले नयाँ विरुवा रोप्नका लागि जग्गा व्यवस्थापन,विरुवाका लागि मल, झेक्राको व्यवस्थापनमा सहयोग हुने विश्वास लिएको संस्थाका सचिव थापाले बताए । यो पहिलो वर्ष भएकाले कम्तीमा पनि दुईलाख रुपिया मुनाफा हुन्छ कि भन्ने सोच छ, सचिव थापाले भने । अहिले सम्म ६० घर परिवारका सदस्यहरूले नै आवश्यकता अनुसार जिम्मेवारी लिएर काम गरेका छौ । कसैलाई श्रमिकका रूप पैसा दिइएको छैन । अहिले उत्पादन भएका सबै किविका फलहरू सामुदायिक भवनबाट बिक्रि भईरहेको छ व्यापारीहरूले सम्पर्क गरेर आउनु भएको छ, उनले भने । उनका अनुसार यो वर्ष त्यहाँ उत्पादन गरेका किविहरू पाल्पा, बुटवल, भैरहवा लगायतका ठाँउमा बिक्रि भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?