ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

ब्रम्हाण्डमा फेला पर्यो, पृथ्वीको भन्दा १४० ट्रिलियन गुणा पानीको भण्डार

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

काठमाडौं, १० पुस ।

खगोलविद्हरूले ब्रह्माण्डको अर्को कुनामा पानीको विशाल भण्डार फेला पारेका छन् ।जुन पृथ्वीबाट १२ अर्ब प्रकाश वर्ष टाढा अवस्थित छ। यो विशाल दूरीले आज हामीले देखेको प्रकाश ब्रह्माण्डको जन्मपछि यात्रामा निस्किएको हो भन्ने संकेत गर्छ।

अन्तरिक्षको अर्को कुनामा पाइने यस जलभण्डारको आकार यति ठूलो छ कि यसमा पृथ्वीका सबै महासागरको कुल पानीभन्दा १४० ट्रिलियन गुणा बढी पानी रहेको अनुमान गरिएको छ। अन्तरिक्ष पानीको यो भण्डार एक सुपरमासिभ ब्ल्याक होलको नजिक अवस्थित छ।

यस ब्ल्याक होलको वरिपरि एउटा क्वासार छ, जसको नाम एपिएमः ०८२७९–५२५५ हो । यो ब्ल्याक होलले एक हजार ट्रिलियन सूर्य बराबरको ऊर्जा उत्पादन गर्छ। खगोलविद्हरूका अनुसार क्वासार ब्रह्माण्डमा अहिलेसम्म फेला परेको सबैभन्दा टाढाको र सबैभन्दा ठूलो पानीको भण्डार हो।

क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका वैज्ञानिक म्याट ब्राडफोर्डले खोज टोलीको नेतृत्व गर्दै भने, ‘यस क्वासर वरपरको वातावरण एकदमै अनौठो छ किनभने यसले यति ठूलो मात्रामा पानी उत्पादन गरिरहेको छ।’

‘यो ब्रह्माण्डमा पानी फैलिएको संकेत हो,’ ब्राडफोर्डले भने।

ब्राडफोर्डको टोली र खगोलविद्हरूको छुट्टै टोलीले एपीएम ०८२७९ं५२५५ र यसको केन्द्रीय ब्ल्याक होलको अनुसन्धान गरेका थिए । जसरी ब्ल्याक होलले वरपरका वस्तुहरूलाई आफूतर्फ आकर्षित गर्छ, त्यसैगरी यसले ग्यास र धुलोलाई पनि तताउने गरेको बताइएको छ । यसले एक क्षेत्र सिर्जना गर्दछ, जहाँ धेरै प्रकारका तत्वहरू पाइन्छ।

वैज्ञानिकहरूले ५० वर्षअघिको टेलिस्कोपमार्फत अन्तरिक्षको दुर्गम भागहरूमा अत्यन्तै उज्यालो स्रोतहरू अवलोकन गर्दा क्वासारहरू पत्ता लगाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?