© २०२३
हाम्रो देश पिछडिएको तथा गरीब त हो नै, यसमा कुनै बहस र विवाद गर्ने ठाउँ छैन । तर, यस स्थितिबाट यो देश क्रमशः मुक्त हुदै जाला र प्रगतिका उन्नत शिखरहरू कुनै न कुनै दिन आरोहण गर्ला भन्ने आशा गर्दागर्दै देशवासीका सबै आशाहरू निराशमा परिणत हुने स्थिति देखापर्नु बडो अनौठो विषय हो । आज हाम्रो देश झन झन गरिबी, झन झन अस्थिरता र झन झन अन्योलतिरको ओरालोतिर खस्किरहेको छ । माथि माथि उक्लेला भन्दा तलतल गिरिरहेको अवस्थामा छ देश । यो एक किसिमको अनौठोपन हो । संसारमा समयको गतिसंगै विकासका रफ्तारहरू पनि व्रmमशः अगाडि बढ्ने गर्दछन् । विश्वका हरेक देशमा यही नियम लागू हुन्छ तर नेपालमा किन यो नियम लागू भएन ? देश हाँक्ने ठूला राजनीतिक पार्टीहरूका जिम्मेवार नेता झोले कार्यकर्ता तथा उनका समर्थक, पृष्ठपोषक सबैका मुखमा अग्रगमन शब्द निकै नै प्रयोगमा आउँछ, तर यात्राको गति भने सधै पश्चगमनतिर धकेलिदै आएको छ । यो के अचम्म हो ? लौन यसको समाधान खोजौं । कु्नै बेला हाम्रो उत्तरी छिमेकी देश हामी भन्दा धेरै कंगाले अवस्थामा थियो । हाम्रो दक्षिणी छिमेकी भारतमा पनि गरिबीको हालत उस्तै थियो । तर, हाम्रो अवस्था भने उनीहरूको भन्दा धेरै राम्रो थियो । चीन माउत्सेतुङको नेतृत्वमा सफलतापूर्वक सन १९४९ मा सम्पन्न भएको नयाँ जनवादी क्रान्तिले व्रmमशः चीनको गरिबीलाई घटाउदै गएर अहिले त्यही चीन विश्वको प्रथम धनी राष्ट्रमा गनिदै छ भने पहिले पहिले भारत पनि आफ्नो खाद्यान्नको आवश्यकता पूरा गर्न नेपालबाट प्रसस्त मात्रामा धान चामल किन्ने गर्दथ्यो । भारत लगायत खाडीका मुलुकहरू र जापानमा समेत धानचामल निर्यात गर्न खोलिएका धान चामल कम्पनीहरू राजाकोे पंचायती कालमा धेरै थिए । त्यो बेला चिनी कारखानाहरू पनि धेरै थिए । जसले भारतमा प्रशस्त चिनी निकासी गर्थे र भारतीय चिनी मिलहरूलाई नेपाली किसानले उखु पनि प्रसस्तै निर्यात गर्दथे तर अहिले भारतबाट तथा चीनबाट मात्र होइन, विश्वका विभिन्न देशहरूबाट चामल, चिनी, दाल, आलु लगायत खाद्यान्न दालहरू, तेलहरू, तरकारी समेत आयात गर्नुपर्ने बाध्यात्मकताको स्थितिमा हामी बाँचेका छौं । ती धान चामल कम्पनीहरूले एकातिर साना साना किसानहरूको हातमा पैसा थमाइदिएर उनीहरूको घरखर्च धान्नमा सघाउ पु¥याउँथे भने अर्कोतिर खाद्यान्न निर्यातले देशको राजस्व वृद्धिमा ठूलो योगदान हुन्थ्यो । अहिले साना किसानहरू जग्गा बाँझै राखेर खाडी मुलुकतिर, ठूला जमिन्दार र व्यापारीहरू धान चामल निर्यात कम्पनी वन्द गरेर उर्वर जग्गा जमिनहरू पल्टिङ्ग गरेर कंक्रिटका जंगलहरू खडा गर्नेतिर लाग्नाले देश खाद्य पदार्थमा यसरी परनिर्भर बन्नुपरेको हो । धिक्कार छ यस्तो बिडम्वनालाई । धिक्कार छ देशमा यस्तो विडम्वना ल्याउने राजनीतिक नेतृत्व र प्रशासनलाई अनि यस्ता अदूरदर्शी नालायक नेताहरूकै भजन मण्डलीका झोलेहरूलाई ।
जानेरै होस् या नजानेर गल्ती हुन्छ । मान्छेबाट गल्ती हुन्छ तर त्यो गल्तीलाई सपार्न भने नसकिने होइन । विगतमा भएका गल्तीलाई सपारेर फेरि अगाडि बढ्न सकिन्छ । अब कसरी अगाडि वढ्ने ? यस कुरामा सबैको ध्यान जानु जरुरी छ । कृषि प्रधान अर्थतन्त्र भनिने देशमा कृषि सम्वन्धि उत्पादनका सबै उपभोग्य वस्तुहरू वाहिरबाट आयात गर्नुपर्ने हामीले अपनाएको शासन प्रणालीको के उपलब्धी हो ? यो शासन प्रणालीले ठूला नेताहरूलाई मालामाल बनायो । उनको झोला बोकेर हिड्ने झोलेहरूलाई पनि मालामाल बनायो । ओहदावाल हाकिम र कर्मचारीहरूलाई पनि धनाढ्य वनायो तर आम साधारण जनता भने यो शासन व्यवस्थामा झन पछि झन कंगाल वन्दै गएका छन् । भोकमरीले मानिस मरिरहेका छन्, मिटरव्याजको ऋण चुक्ता गर्न नसकेर सामूहिक आत्महत्या गरिरहेका छन् । कारोवार बिग्रेर ऋणले टुप्पी बिक्ने अवस्था आएपछि नदीमा हाम फालेर देहत्याग गरिरहेका छन् । चारैतिर बाटो बन्द देखेपछि कोही व्यवस्था र नेताहरूलाई श्राप दिदै आत्मदाह गरेर लोकतन्त्रको धज्जी उडाइरहेका छन् । तसर्थ आज देशले सामना गरिरहेको यस्तो विकराल अवस्थामा तत्कालै सुधार ल्याउने मनसायले नेताहरू अब भोलि नभनी आजैबाट कम्मर कसेर लागे भने आ–आफ्ना थैला र घैला भन्नेतिर मात्र नलागी गरीब निमुखा जनतालाई पनि केही लाभ दिलाउन सके भने मात्र उनीहरूले भन्दै आएको लोकतन्त्रको औचित्य र अस्तित्व प्रमाणित हुन सक्ला । नत्र भने यो लोकतन्त्रको औचित्य समाप्त हुने मात्र होइन राष्ट्रको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुँदैछ । यसमा सबैको ध्यान जानु जरुरी छ ।
आज देशका कुना कुनामा हरेक घरमा नेताहरूप्रति घोर असन्तोषजनक स्थिति पैदा भएको छ । तर, राजनीतिक नेतृत्व यस तथ्यलाई स्वीकार्न चाहदैन् । आफ्ना विगतका गल्तीहरू महसुस गरी स्थितिलाई सुधार्न तिर नलागेर झनझन विगार्न तिरै तल्लीन छन् । यसले त झन भयावह परिस्थितिलाई निम्तो दिने छ । त्यसैले ठूला दलहरू अब आ–आफ्ना दलभित्रका विकृति विसंगतिहरू सच्चाउन र वरिष्ठ एवं वरिष्ठतम् नेताहरूका विवादास्पद चरित्रहरू केलाउन र उनीहरूप्रति उठेका तर्क, वितर्क र टिका टिप्पणीहरूको छिनोफानो गर्न हरेक ठूला पार्टीहरूले आ–आफ्ना केन्द्रीय कमिटीहरूमा पुनरावलोकन वैठक डाकी विवादास्पद छवि बोकेका यात्रुहरूलाई पार्टीको नेतृत्व पंक्तिबाट किकआउट गरी सही, योग्य र इमान्दारलाई मात्र स्थापित गर्ने परिपाटी बसाल्नु जरुरी छ । अब ठूला दलहरूको अस्तित्व र औचित्य गरीब, निमुखा, असहाय र उपेक्षित एवं प्रताडित जनताको हितलाई पूरा ध्यानमा राख्नुमा निहित छ । पार्टी पार्टीको लागि होइन पार्टी केवल सुकिला मुकिला छट्टुहरू र ढाँट्न छलकपट गर्न सिपालु नेताको लागि होइन, निमुखा जनताको सहाराको लागि हो भन्दा अतिसयोक्ति हुनेछैन् । हाम्रा दुबैतिरका छिमेकीहरूले आफ्नो आर्थिक औद्योगिक उन्नतिको लागि जुन प्रयत्न गरे त्यसमा सफलता पनि पाए । देशको आर्थिक समृद्धि र आफ्नो आर्थिक उन्नतिको निम्ति हाम्रो देशका साहु महाजनहरू उद्योगी व्यवसायीहरूले पनि सक्दो प्रयत्न नगरेका होइनन् तर उनीहरू सफल हुन सकेनन् । हाम्रो देशका साहु महाजनहरू र राष्ट्रिय पुँजीपतिहरूले देशको आर्थिक समृद्धि र आफ्नो आर्थिक स्थिति सुधार्न अनवरत प्रयास गर्दागर्दै पनि उनीहरू किन सफल हुन सकेनन् ? यसको पछाडि के कारण छ ? यस प्रश्नको उत्तर खोज्ने हो भने त्यसको जवाफ आफैले सजिलैसित बुझ्न सकिन्छ । यसको एक मात्र कारण हो– प्रशासन संचालन तथा राष्ट्रिय आवश्यकताहरूको पूर्तिको जिम्मेवारी बोकेकाहरूको गैर जिम्मेवार बनिदिनु । ठूला सत्ता साझेदार दलहरू जो राजनीतिप्रति निष्ठावान छैनन् । राजनीतिलाई देश र जनसेवाको रूपमा बुझ्न सकेनन् । राजनीति कमाउ धन्दा हो भन्ने बुझे । मामला यहीबाट विग्रिएको हो । सबै कुराको मूल भनेको राजनीति हो, यही नै विषाक्त बन्छ भने अन्य विषयवस्तुहरू कसरी शुद्ध बनून ? त्यसैले विग्रिएको राजनीति सपार्ने कुरामा सबैको ध्यान जानु जरुरी छ । प्रमुख पात्र अर्थात मूली नेता नै बिटुलो बनेपछि उसको परपर बसेर नीति निर्धारण गर्ने तथा कार्यान्वयनको दायित्व पूरा गर्ने तहमा वसेका भव्य सहायक पात्रहरू कुपात्र वनिदिए । सत्पात्रको ठाउँमा कुपात्रको रजगज चलेपछि उनीहरूले आफ्नो दायित्वलाई राष्ट्रको समष्टिमूलक हितको निम्ति हुनुपर्छ भन्ने नबुझेर आफ्नो व्यक्तिगत तथा आफ्ना वरिपरि चक्कर लगाउने झोले चम्चेहरूको निम्ति हो भन्ने बुझे । यही गलत बुझाइले हाम्रो देश विकासमा उल्टो दिशातिर हिडेको अवस्था हो । सँस्कृति र दाई भाउजु संस्कृतिले उद्योग, व्यवसाय, अर्थ, प्रशासन, राजनीति, थिति, नियम, कानुन, नैतिकताका साथै कुराहरूको धरातल तलतल भासिदै गएको हो । अवपनि हामी सबैले आ–आफ्ना सीमा भित्र बाँधिएर बसेनौं र यस्तै छाडापनलाई अपनाइ रह्यौं भने हाम्रो स्थिति झन दर्दनाक वन्नेछ । आजसम्म अनैतिकता कै खेती ग¥यौं । अब नैतिकताको विकास गरौं मोरडेभलप गरौं ।