ट्रेंडिंग:

>> साँध सिमानाको रीसीबिमा छिमेकीले गरे महिलाको हत्या >> पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर >> टी–२० क्रिकेटको उपाधि न्यु होराइजनलाई >> ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौं’ >> शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित >> रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला >> रूपन्देहीको विकासमा मेलाको योगदान >> स्कुलमा तयार हुँदै खेलाडी >> यसकारण खस्कंदै छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर >> सुरक्षा निकायमाथि गृहमन्त्रीको प्रश्नः राजश्व चुहावट किन बढ्यो ? >> तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार >> पश्चिमी वायुको प्रभाव : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना >> एनपीएलमा आजदेखि प्लेअफका खेल : पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्ने >> क्षितिजमा रोटरी बुटवलको मानसिक स्वास्थ्य सचेतना कार्यक्रम >> चौथो कालिका कपको पहिलो दिन कबड्डी र भलिबल सम्पन्न >> स्कलर्स होमद्वारा शैक्षिक सामग्री वितरण >> स्कलर्स होममा खेल सप्ताह सम्पन्न >> चिकित्सक संघले स्वास्थ्य सचेतनासंग खेल गतिविधि गर्दै >> कालिकामा खेल सप्ताह शुरु >> घोराहीको दुर्गम स्थल चाक्लीघाट्मा टेलिफोन टावर सञ्चालन >> युवा खेलाडी प्रोत्साहन गर्न तिलोत्तमामा मेयर कप क्रिकेट >> एसिसी महिला यु-१९ः मैदानमा झरी परेपछि नेपाल भारतले अंक बाँडे >> लगातार नकारात्मक भएको सेयर बजार मंगलबार भने सामान्य बृद्धि >> नेपाल प्रिमियर लिगमा पुरस्कारको घोषणा, विजेतालाई १ करोड १० लाख पुरस्कार >> नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठानुन्, भाग्नु नपराेस्ः प्रधानमन्त्री >> श्रीलङ्कामा नयाँ सभामुखको नियुक्ति >> प्रदेश रंगशालाको काम ९९ प्रतिशत >> केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली >> जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमाए >> ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि >> रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने >> यु–१९ एसिया कप: नेपालले दियाे भारतलाई ९५ रनको लक्ष्य >> तेजेश्वरबाबुद्वारा लिखित ‘मै एक मै अनेक’ निबन्ध संग्रहकाे विमोचन सम्पन्न >> भ्रष्टाचार निवारण ऐन संशोधनमा सहमति: निलम्बन प्रक्रिया परिमार्जित >> जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद >> रवि लामिछानेको संलग्नता पुष्टि, म्याद थप हुने >> प्रहरी विधेयक मस्यौदामा अवकाशप्राप्त कर्मचारीको निवृत्तिभरण रोक्न सकिने प्रावधान >> भीडतन्त्र र अराजकता स्वीकार्य छैनः गृहमन्त्री >> मस्काे बिस्फोटमा मारिए रूसका परमाणु सुरक्षा बल जनरल >> एसिसी महिला यु १९ एसिया, नेपालले पहिला ब्याटिङ गर्ने >> पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु >> रवि पत्नी निकिताको गुनासो, ‘श्रीमान हिरासतमा रहेको बेला म माथि मिडिया ट्रायल भयो’ >> खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित >> त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना >> रूसको डरले पोल्याण्डका १८ हजार स्कुलमा हतियार प्रशिक्षण सुरू >> दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगतिः अर्थमन्त्री पौडेल >> स्त्रीः२ र भुलभुलैयाः३ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुदैँ >> जर्मनमा २१ सय बर्ष अघि नै यहुदी बसोबास भएको पुष्टी, कंकालले खोल्यो रहस्य >> सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर >> प्रेमीकी श्रीमतीलाइ डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी

रूपन्देहीको साखसँग जोडिएको औद्योगिक व्यापार मेला

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज पुस ३ गतेदेखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ सुरु हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय गरेको बुटवल उद्योग वाणिज्य संघले २०५६ यता नियमित रूपमा औद्योगिक व्यापार मेला गर्दै आएको छ । बुटवलमा आयोजना हुने औद्योगिक व्यापार मेला बुटवलकै एउटा ब्राण्ड बन्न सफल भएको छ भने यो मेलालाई बुटवल उद्योग वाणिज्य संघले मात्रै नभएर सिंगो बुटवलले लिएको अपनत्वले संघलाई हौसला मिलेको छ । औद्योगिक ब्यापार मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको २४ औं मेला हो । बुटवलमा २०४१ सालमा उपत्यका बाहिर पहिलोपटक प्रवद्र्धनात्मक मेलाको शुरुवात गरेर गौरवशाली इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले पचासको दशकको मध्यतिरबाट केहि वर्ष लगातार र पछि गएर आलोपालो गर्दै औद्योगिक व्यापार मेला र विशिष्टिकृत गरि २३ वटा मेला सम्पन्न गरिसकेको छ । २४ औं संस्करणको रूपमा यो मेलाको आयोजना र व्यवस्थापन भैरहेको छ । यति धेरै मेलाको आयोजना र व्यवस्थापनको संस्थागत र कतिपय सन्दर्भमा ब्यक्तिगत अनुभवले पनि एक पछि अर्को मेला परिष्कृत र व्यस्थित हुदै आएका छन् । यो मेलामा अनुभवको आधारमा बिगतका कमजोरी हटाउदै बदलिदो परिवेश, अवलोकनकर्ताको चाहाना, हाम्रो उदेश्य बिच सन्तुलन मिलाउदै फरकपन दिने प्रयास गरेका छौं । स्टलको नक्साङ्कन (ले–आउट)परिवर्तन गर्ने प्रयास गरेका छौ, यो परिवर्तनले उत्पादक, डिष्टिब्युटर्स र उपभोक्ता (अबलोकन कर्ता) बिच सहज र व्यवसायमैत्री वातावरण निर्माणमा बल पु¥याउने छ । स्टलको वरिपरि धुलो रहित बनाउने प्रयास गरेका छौ । स्टेच अहिलेसम्मकै नविनतम बनाउँदैछौं । संभवत मेला महोत्सवहरूमा सय फुट लम्बाइको स्टेच पहिलो पटक बुटवल मण्डपमा बन्दैछ । वाल उद्यानमा विदेश घुम्न जाँदा डलरमा टिकट काटेर हेर्ने वाटर टनेल आउदैछ । यि र यस्तै कैयौ कुराले मेलालाई निरन्तरतामा नविननता थपिदिएको छ ।
बुटवलको मेला आफैमा एउटा ब्राण्ड बनिसकेको छ । हामीले स्टल बनाएपछि स्टल नआउलाकी भन्ने डर छैन । तरपनि मेलाको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्नेगरी, व्यवस्थापनमा सहज हुनेगरी हामीले लक्ष्य निर्धारण गरेका छौं । मेला नितान्त मेलाका लागि मात्रै होईन । यो मेला बुटवलको साख पनि भएकाले बुटवलको साखलाई समेत जोगाउनेगरी फरक र राम्रो बनाउने हाम्रो प्रयास हो । यस हिसावले मेलामा भित्र (ईनडोर) र बाहिर (आउटडोर) गरि लगभग ५ सय स्टल रहनेछन् । मेलामा प्रत्यक्ष रूपमा ५ सय जनाले अवलोकन गर्ने र मेला भित्र १५ करोडको कारोवार हुनसक्ने भन्ने आँकलन गरेका छौं । जसले पनि, जहाँ पनि र जसरी पनि मेला तथा महोत्सव आयोजना गर्दा मेला तथा महोत्सवको साख गिरिरहेको छ । संस्थाको व्यानरमा ठेकेदारमार्फत चल्ने मेला महोत्सव सामाजिक र व्यवसायिक मर्यादा नाघ्दा संस्थागत रूपमा स्वयंसेवीद्वारा आयोजना हुने मेलाहरू समेत अविश्वासिला बनेका छन् । मेलाहरू दिगो व्यापारको उद्देश्यभन्दा तात्कालिक लाभमा मात्र केन्द्रित भएका कारण इमान्दार आयोजक समेत बदनाम भएका छौं । तथापि बुटवलको मेला प्रति एक तहको विश्वास र आकर्षण छ । हामी सबै आलोपालोमा मेला, प्रदर्शनी वा एक्स्पो जे जे नाममा आयोजना भएको भए पनि यसको साख बचाउन लागिपरेका छौ । त्यसैमा पनि बुटवल उद्योग वाणिज्य संघ २०१० सालमा स्थापित बुटवलको जेठो सस्था, २०४१ सालमा ऐतिहासिक प्रदर्शनी गरेको सस्था भएका कारण पनि हामी थप जिम्मेवारी वोध गर्ने गरेका छौ । यसरी मेला अवलोकनकर्ताको विश्वास जितेका कारण बुटवलको मेला आफैमा ब्राण्ड बन्न सफल भएको हो । हामीले तय गरेको नारा कुनै लहडमा सस्तो लोकप्रियताका लागि भनिएको होइन । हाम्रो अवस्थिति, सडक र संरचनागत पुर्वाधार, वुद्धको जन्मभूमि लुम्बिनी, रूपन्देहीमा रहेको दक्षिण तर्फको देशकै प्रमुख भंसार नाका, अन्तर्राष्ट्रिय विमानस्थल लगायतको पुर्वाधारसंगै मोतिपुर औद्योगिक क्षेत्र निर्माण प्रकृयाको आशामा देशकै करिव मध्य भागमा पर्ने रूपन्देही लगानीकर्ताको लागि भरोसा योग्य स्थल बन्न सक्छ भन्ने हाम्रो विश्वास हो । २÷४ वर्ष अघि पछि होला समुन्नत नेपाल निर्माणको आधारभूमी लुम्बिनी प्रदेश त्यसमा पनि रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी नै हो । रूपन्देहीमा लगानीका लागि राम्रो सम्भावना पनि छ । तर नीतिगत ऐन कानुनको सुधारमा सरकारले ध्यान दिने हो भने रूपन्देही देशकै लगानीको पनि केन्द्र बन्नु सक्छ । यसको प्रवद्र्धनका लागि पनि मेला फलदायी हुनेछ भन्ने हाम्रो विश्वास हो ।

मेलालाई दुई कोणबाट हेर्नुपर्छ । पहिलो तात्कालिक हिसाबले मेला अबधिमा हुने जमघट, किनमेल र मनोरञ्जनात्मक गतिविधिले एउटा स्तरको चलायमान गराउँछ । जुन अल्पकालिन हुन्छ । अर्को स्थायी रूपमा चलायमान गराउने भनेको उद्यमशीलताको बिकास, ब्राण्ड प्रमोसन, व्यापारको बिबिधिकरण, ग्राहकको सेण्टिमेट बुझ्ने अबसरको कारण नयाँ बस्तु र सेवाको बिस्तार हुनगई बजार थप गतिशिल र चलायमान गराउन मद्दत पु¥याउछ । त्यसले स्थानीय मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान गर्छ । बुटवल उद्योग बाणिज्य संघले लगातार दुई दुई वर्षमा विशिष्टिकृत कृषि मेलाको आयोजना गर्छ र तेश्रो वर्ष औद्योगिक ब्यापार मेलामै कृषि पेभेलियनमार्फत कृषकको आत्मबल बढाउदै ढाडस दिने, उत्पादित कृषि उपजजो बजारिकरण गर्ने, उत्पादन लागत घटाउन र खान योग्य बस्तुको उत्पादनका प्रोत्सान गर्ने गरि काउन्सिलिङ गर्ने ब्यबस्था मिलाउने प्रयास गरेका छौं । नेपाल कृषि प्रधान देश हो । कृषिका माध्यमबाट मुलुकको अर्थतन्त्रमा योगदान गर्न सकिन्छ । विशेषगरी मुलुकको अर्थतन्त्र सुधारका लागि प्रविधिको प्रयोग, वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट कृषिमा व्यवसायिक विकास, कृषिमा आधारित औद्योगिक विकास अपरिहार्य छ । त्यसका लागि युवा लगानीकर्तालाई प्रोत्साहन गरी कृषिमा लगानी अभिबृद्धि, कृषि प्रणालीमा प्रविधिको प्रयोग गरि वैज्ञानिक कृषि प्रणालीका माध्यमबाट उत्पादकत्व बृद्धिका लागि प्रवद्र्धन गर्न खोजिएको हो । त्यतिले मात्रै पुग्दैन । बस्तुको उत्पादनसंगै त्यसमा आधारित औद्योगिक विकास पनि आवश्यक छ । यी सबैकुरामा लगानी अभिबृद्धि होस् भन्ने हाम्रो चाहना हो । स्थानीय पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक यातायातको कनेक्टिभिटि अत्यन्त महत्वपूर्ण विषय हो । हामी यसमा चुकेकै छौ । क्षेत्रीय र राष्ट्रिय स्तरको पर्यटन प्रवद्र्धन आन्तरिक हवाइ कनेक्टिभिटी, होटल र टुर्स एण्ड ट्राभल्सले आन्तरिक प्रवद्र्धन गर्न सहुलियत पूर्ण प्याकेज चलाउन प्ररित गर्ने गरि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू समावेश गर्नेछौ । लुम्बिनी राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्य हो । त्यस्तै बुटवलमा ऐतिहासिक जीतगढी किल्ला छ । लुम्बिनी सर्किटलाई प्रवद्र्धन गर्नेगरी मेलाको मुख्य प्रवेशद्वारमा बौद्ध स्तुपा बनाएका छौं । त्यसैगरी नेपालले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लाको प्रचार प्रसारका लागि मेलाको स्टेजमा जीतगढी किल्लाको आकृति बनाएका छौं । यसले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धन गर्ने हाम्रो विश्वास छ । खासगरी छाना लगाउने बाहेकका पहिल्यैदेखि गर्दै आएका सबै कार्यहरू अहिलेपनि गर्न परिरहेकै छ । निर्माण कार्य पूर्णरूपमा सम्पन्न नभएका कारण सरसफाई गर्न र स्टल निर्माण कार्य थप जटिल भएको छ । तथापि सुब्यबस्थित पार्किङ, अधुरै भएपनि आधुनिक संरचनामा स्टल निर्माण गर्दाको अनुभूति फरक नै छ । प्रदर्शनी स्थल निर्माणले पूर्णता पाएपछि सुव्यवस्थित रूपमा मेला सञ्चालन गर्न सकिएका की भन्ने आशा गर्न सक्छौं ।

हामी बुटवल मण्डपमा मेला आयोजना गर्ने संघ संस्था, अन्य संघ संस्था, राजनैतिक दल, नागरिक समाज, संचार जगत र खासगरी बुटवलको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबीच समन्वय र सहयोग सहज छ । व्यवस्थापन र नाफा नोक्सान बुटवल उद्योग वाणिज्य संघको भए पनि आयोजक सबै बुटवलबासी भएको महसुस अनुभूति गर्ने गर्नु भएको छ । यसले आयोजक र व्यवस्थापनमा ठूलो ढाडस प्राप्त भएको छ । यो मेला बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको भएपनि समग्र रूपन्देहीको मेला हो । यो मेला सफल हुँदा सिंगो रूपन्देहीको साख रहने छ ।
(अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?