ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

पूर्वाधार नबन्दै उडानको ताकेता

२१ कार्तिक २०७९, सोमबार
२१ कार्तिक २०७९, सोमबार

बुटवल, २१ कात्तिक ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो नदेखाउँदा विमानस्थलको सञ्चालन खर्च निरन्तर घाटामा जान थालेको छ । आवश्यक पूर्वाधार नबन्दा अन्तर्राष्ट्रिय विमान कम्पनीहरु मात्र होइन, अन्तर्राष्ट्रिय उडान भरिरहेका स्वदेशी वायुसेवा कम्पनीहरु पनि भैरहवा आउन हिच्किचाइरहेका छन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल एयरलाईन्स र हिमालय एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न ताकेता गरेपनि ती कम्पनीले मानिरहेका छन् । यद्यपि प्राधिकरणको निरन्तर ताकेतापछि हिमालय एयरलाइन्सले भने भैरहवादेखि मलेसियाका लागि चार्टड उडान सुरु गरेको छ ।

प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान सुरु गरेको हो । अव यसलाई नियमित रुपमा अगाडि बडाइने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

पाँच महिनाअघि यो विमानस्थलबाट औपचारिक उडान सुरु भएको थियो । तर, अहिले पनि विमानस्थल जहाज कुर्दै बसिरहेको अवस्था छ । अक्टुवर ३० देखि उडान भर्ने तयारीमा रहेको विज एअरले प्राविधिक कारण देखाएर उडानको पुर्वा निर्धारित कार्यक्रम स्थगीत गरेको छ । अहिले जजिरा एयरलाइन्सले मात्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । उसले हरेक दिन उडान भर्दै आएकोमा अहिले भने सातामा तीन दिन मात्रै उडान गरिरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि किन कम्पनीहरु मानिरहेका छैनन् त ? नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदिप अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पूर्वाधारहरु नभएकाले जहाज काठमाडौं छाडेर जान मानिरहेका छैनन् । “काठमाडौं विमानस्थलमा सबै किसिमको पूर्वाधार छ, त्यसैले काठमाडौंबाट उडान भर्न पाएसम्म पूर्वाधार नभएको ठाउँमा विमान कम्पनीहरु जान चाहँदैनन्, पूर्वाधार निर्माणका लागि कम्पनीहरुले पनि ठूलो धनराशी खर्च गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरु हिच्किचाइरहेका छन् ।”

गौतमबुद्ध विमानस्थलमा कुनै म्यानपावर कम्पनीको कार्यालय पनि छैन । अहिले त सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्न अनुमति रोकेर राखेको छ । न त भैरहवालक्षित नयाँ म्यानपावर कम्पनीको लाइसेन्स दिने योजना छ ।

‘म्यानपावर कम्पनी नै नभएको शहरबाट वैदेशिक रोजगारी लक्षित उडान कसरी गर्ने होला ?’ नागरिक उड्ययन प्राधिकरणको पत्र पाएको एक एअरलाईन्स कम्पनीका अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेलाई त्यहाँबाट उडाउने हो भने काठमाडौंमा जत्तिकै पूर्वाधार खडा हुनुपर्छ ।’ विदेश जानेहरुको मेडिकल जाँच पनि भैरहवामा हुँदैन । त्यसका लागि सरकारले अनुमति जारी गरेर स्तरीय डाइग्नोस्टिक सेन्टरहरु खोल्नपर्छ ।

फेरी श्रम स्वीकृतिबाहेकका सबै प्रक्रिया पुरा गर्न काठमाडौं जानैपर्ने हुँदा विदेश जाने श्रमिकको खर्च थपिने जोखिम पनि छ । वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने अवस्था छ । हालको अवस्थामा काठमाडौंमा सबै प्रक्रिया पुरा गरेर उतैबाट उड्न सहज रहेको प्राधिकरणको पत्र पाएको एअरलाईन्स कम्पनीका ती अधिकारी बताउँछन् । म्यानपावरको सेवा, मेडिकल, अभिमुखीकरण लगायत सबै सेवा उपलब्ध भएपछि भने विदेश जाने नेपालीका लागि भैरहवा रोजाइको विमानस्थल बन्ने ती अधिकारीले बताए । नयाँ श्रम स्वीकृतिका लागि भने अहिले भने आधाजसो काम भैरहवाबाटै सेवा सुरु भएको विमानस्थलका महाप्रवन्धक दाहालले बताए ।

अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन् । अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ दिनुपर्ने सुविधा पनि कठमाडौंमै केन्द्रित छ ।

विमानस्थल महाप्रवन्धक दाहालले दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने क्षमता रहेको बताए । ४० को साटो सातामा ३ उडान हुँदा पनि त्यति नै स्रोतसाधन र जनशक्ति चाहिने उनले बताए ।

भैरहवाबाट दुई प्रकृतिका यात्रु एयरलाइन्सले पाउँछन् । पहिलो वैदेशिक रोजगारीमा जाने–आउने नेपाली र अर्का विदेशी पर्यटक । तर, यी दुवै थरीलाई न्यूनतम पूर्वाधारसमेत बनेको छैन ।

अर्कोतर्फ भैरहवा आउने विमानले भारतीय आकाश प्रयोग गर्ने अनुमति पाएका छैनन् । “एयर रुटको विषयमा नेपाल सरकार र भारत सरकारबीच सहमति हुनुपर्छ”, दाहालले भने–“अहिले रुट अनुमति नभएका कारण भैरहवा आउन आधा घण्टा ढिलो भइरहेको छ ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?