© २०२३
नवलपरासी, २ पुस ।
जिल्लाको रामग्राम नगरपालिका १५ र १६ वडा लक्षित हर्कुई सिंचाई आयोजनाको नहरमा बालुवा हटाउने प्रणाली नबन्दा सिंचाई आयोजनामा बालुवा जम्मा भएर सिंचाई अवरुद्ध हुँदा किसान मर्कामा परेका छन् । करोडौं लगानी गरी निर्माण भएको उक्त आयोजनाको नहरबाट बालुवा बगाउने प्रणाली नबन्दा नहरमा बालुवा जम्मा भएर सिंचाई गर्न नपाएर किसान मर्कामा परेका हुन् ।
सिंचाई प्रणाली बनाउँदा नै नहरबाट बालुवा पुनः त्यही खोलामा बग्ने गरि प्रणाली बनाउनु पर्ने हो, तर सिंचाईका प्राविधिकहरूले उक्त प्रणाली नबनाईदिँदा अहिले नहरमा पुरै बालुवा जम्मा भएर सिंचाई समस्या भई रहेको स्थानीयबासीले बताए । सिंचाई डिभिजन कार्यालयले सिचाई आयोजनाको डिजाईन गर्दा नै बालुवा हटाउने खालको प्राविधिक प्रणाली बनाई दिएन, एक स्थानीयले भने, अहिले बाढीको बेला पानी नहरमा बग्दै बालुवा जम्मा भएको छ । सिचाई गर्ने अवस्था छैन् । बालुवा जम्मा भएर जलभण्डारमा पनि समस्या नै छ । नहर पनि पुरै बालुवाले भरिएको छ । बालुवा हटाउने प्रविधि छैन् । किसानले श्रमदान गरेर बालुवा फाल्ने अवस्था पनि छैन् । सिचाई आयोजना नै त्रुटीपुर्ण भएको आरोप स्थानिय किसानहरूले लगाएका हुन् । बालुवा हटाउने प्रविधिबारे प्राविधिकहरूले नै लापर्वाही गरेको उनको आरोप थियो ।
सिचाई नहरको केही संरचनागत कमजोरी छ,त्यसमा पनि सिचाई डिभिजन कार्यालय र नगरपालिकाले समेत चाँसो नदेखाउँदै तुरिया खोलामा पानी भएर पनि सिंचाई गर्न नपाएको कृषकहरूले बताएका छन् । खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ, सोही सिल्ट (बालुवा) नहरमा पनि बगेर पुरिएको अवस्था छ, स्थानीय कृषक राधेश्याम सिँह सैथवारले बताए । करोडौँ रुपियाँ लगानी गरि निर्माण गरिएको सिंचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुँदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको छ, उनले भने, जलभण्डार त बालुवाले भरिएकै छ, अहिले जलभण्डार हुँदै बालुवा नहरमा बग्यो र नहरलाई पनि बालुवाले पुरिदिएको छ ।
यो बालुवाको ब्यवस्थापन कस्ले गर्ने ? उनले नहर देखाउदै भने, नगरपालिकालाई भन्ने कि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालयलाई ? नहर बनाउने ठेकेदारले नहर बनाएर आफ्नो भुक्तानी लिएर गए । सिंचाई डिभिजनका प्राविधिकलाई तलब भत्ता र कमिसन भए पुगिहाल्छ, उनले दुखेसो पोखे, किसानको कुरा कस्ले सुनिदिने हो ? किसानले सरकारलाई कर तिर्नछन्, आफ्नो सेवा सुबिधाका लागि तर तर कर्मचारी र नेतालाई त्यसको कुनै मतलब राख्दैन्, अपना काम बन्ता भाडमा जाए जन्ता, उख्खान चरितार्थ भएको छ ।
सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ ।
सरकारको करोडौं लगानीको सिंचाई आयोजना डिभिजन कार्यालयको लापर्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजनको बाँधन नजिक जमेको बालुवा देखाउदै भने, सिचाई कार्यालयले यो बालुवा झिक्ने कार्य गरेको छैन् । नहरमा पानी कहाँबाट जान्छ । आयोजना बनेको दुई तिन बर्षसम्म राम्ररी सिचाई भईरहेको थियो । तर अहिले तुरिया खोलाको बाढी र भलले खोलामा बालुवा जम्मा भएको छ ।
खोलाको सफाई पनि नगरपालिको गरेको छैन् । यस बर्ष सिचाई गर्न समस्या नै देखिएको उनले बताए । सिंचाई बाँधले पहिला हुकई, तोनवा, बकेनवा, सुक्रौलीको सयौ विघा जमिनमा सिचाई भएको थियो । खोलाको बालुवा झिकेर विक्रि गर्दा नगरपालिकालाई लाखौ रुपिया राजश्व हुन्थ्यो, उनले भने, किसानलाई पनि फाईदा पुग्थ्यो, तर नगरपालिकाले बेलामा चाँसो नदेखाउदा नगरपालिकालाई राजश्व र किसानको उत्पादनमा घाटा हुने देखिएको छ । नगरपालिकाका खोला सफाई गर्नकै लागि नगरकार्यपालिकाले एक्साभेटर खरिद समेत गरेको थियो । तर खोला सफाईप्रति नगरपालिका नेतृत्वको चासो र्छैन् । खोला सफाईका लागि वातावरणिय प्रभाव मूल्यांकन समेत अहिलेसम्म गराउन नसक्दा ‘सरकारको काम कहिले जाला घाम ?’ उख्खान चरितार्थ बनेको छ । खोला तथा नहरको सिल्ट सफाईका लागि आफु पटक पटक कुरा उठाउदै आएको वडा नं.१५ का वार्ड अध्यक्ष धनपत यादवले बताए । यसबार नगरप्रमुखले चाँसो लिइनु पर्ने बताउँदै उनले जनता प्रति सबै जिम्मेवार हुन पर्छ, । तर अहिलेसम्म नगरपालिकाको कर्मचारी तन्त्रले काम अगाडी बढाउन नसक्दा नगरपालिकामा कर्मचारी र पदाधिकारीको कार्यशैली प्रति नगरबासीले असन्तोष ब्यक्त गर्दै आएका छन् ।
यता आयोजनाको काममा देखिएको समस्याबारे प्रतिकृया दिदै डिभिजन कार्यालयका प्रमुख दामोदर सापकोटाले आफू आएको एक दुई महिना बताएका थिए । पहिलाका कार्यालय प्रमुख र प्राविधिकहरूले पनि त्यसरी त्रुटीपुर्ण काम गर्न नहुने बताए । सिचाई आयोजनाको निर्माण गर्दा नै नहरमा बालुवा जम्मा हुन नदिनका लागि पूर्व तयारी गरि नहरबाटै बालुवा बगाउने गरि संरचना बनाउनु पर्छ । यदि सो आयोजनामा त्यस्तो संरचना बनाईएको छैन,भने त्रुटीपुर्ण नै मान्न सकिन्छ, उनले भने, सो समस्याबारे उपभोक्ता समितिले पनि माग गर्नु परथ्र्यो । यदि समस्या छ भन्ने डिभिजन कार्यालयले पुनः त्यसबारे आवश्यक छानविन गरि संरचना बनाउनका लागि सरकारसँग रकम माग गर्ने छ । आउदो दिनमा आउने समस्या समाधान गर्दै लैजाने डिभिजन कार्यालयको योजना रहेको उनले दाबी गरेका थिए ।