ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गढीमाई मेलाः दर्शनार्थीकाे संख्या २ करोड पुग्ने

२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

बारा । 

बारा जिल्लाको महागढीमाई नगरपालिका-०१ बरियारपुरमा लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो अत्याधिक बढेकाे छ ।

शनिवार देखि गढीमाई मेलामा बढेको भिडभाड अझै पनि बढने क्रममै रहेको छ । पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा सोमबार मंसिर २४ गते सम्म करिब २ करोड दर्शनार्थीले गढीमाई मेलाको अवलोकन गरेको पञ्चवर्षीय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

उनका अनुसार गत मंसिर १ गते देखि सुरु भएको पञ्चवर्षीय विश्व प्रसिद्ध गढीमाई मेलामा गढीमाई माताको दर्शन गर्न आउने र मेलाको अवलोकन गर्ने आउने दर्शनार्थी आउने क्रम अझै जारी नै रहेकोले मेलामा ३० गते सम्म करिब साढे २ करोड दर्शनार्थीहरुले मेलाको अवलोकन गर्ने नगरप्रमुख यादवले बताउनु भयो ।

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ देखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्दछन् । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् । शनिवार र आईतबारको तुलनामा गढीमाई मेलामा सोमबार दर्शनार्थीहरुको चाप दोब्बर संख्याले बढेको पञ्चवर्षीय गढीमाई मेला मुल ब्यवस्थापन समितिका महासचिव बिरेन्द्र प्रसाद यादवले बताए ।

पाँच बर्षमा एक पटक लाग्ने एसिया महादेशकै सबै भन्दा ठूलो मेलाको रुपमा गढीमाई मेलाले पहिचान बनाएको छ । गढीमाई मातासँग राखेको भाकल पूरा भए पछि यहाँ अत्याधिक दर्शनार्थीहरु आफ्नो भाकल पूरा गर्न आउने गरेको धार्मिक बिश्वास रहेको छ । गढीमाई माताको दर्शन गर्न नेपाल र भारत बाट नभएर अमेरिका , फ्रान्स लगाएत विभिन्न देश बाट दर्शनार्थीहरु आउने गरेको छ ।

पुत्र लाभ, जटिल रोग निको हुने, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन् ।भाकल गरेका दर्शनार्थीहरु एकै पटक गढीमाई मेलामा आउने गरेको कारण अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको छ ।

८ हजार भन्दा बढी राँगाको बलि 

आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिने क्रम सुरु भएको थियो । जसअनुसार हिजो आइतबार प्रमुख दिन राँगा बलि दिइएको थियो । मुख्य दिन ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपामितिका संयोजक प्रेम साहले जानकारी दिए ।  बिहानैदेखि दिउँसोसम्म चलेको बलिमा ८ हजार भन्दा बढी राँगा बलि चढेको संयोजक साहको भनाइ छ ।

यो गत वर्षको तुलनमा कम राँगा भएको बताइन्छ । भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ । त्यस्तै सोमबार खशीको बलि दिइने भनिए पनि भाकल गरेका भक्तजनहरुले आईतबार देखु नै बाेकाको बलि दिन सुरु गरेको र सोमबार पनि बाेकाकाे बलि दिइएको थियाे  । खशीको बलि भक्तजनहरुले आफुलाई सुबिधा परेको ठाउँमा दिने भएकोले त्यसको तथ्यांक आउन नसेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । राँगा भन्दा दोबर बाेकाको बलि दिइएको समितिले अनुमान गरेको छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म र हरनहिया देखि बरियारपुर सम्म नै अत्यधिक भीडभाड र घुइँचो छ। अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलमा भारतका मन्त्री देखि लिएर नेपालका मन्त्रीहरुले दर्शन गरेका छन। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । २५ गते पछि मेलामा दर्शनार्थीहरुको चाप कम हुने मेला समितिले जनाएको छ ।

राँगाको मासु प्रसादको रुपमा दलित समुदायलाई बितरण 

विश्व प्रसिद्ध गढीमाई मेलामा आईतवार चढाईएको राँगाको मासु दलित समुदायहरुले प्रसादको रुपमा लगेको बलि ब्यवस्थापन उपसमितिका संयोजक प्रेम साहले बताउनु भयो । २०८१ सालको पन्चबर्षिय गढीमाई मेलामा चढाईएको राँगाको मासुको लागि कुनै पनि टेन्डर अहवान नगरिएको उनले बताए । दलित समुदाय र राँगाको मासु खानेहरुको अनुरोधमा यस बर्ष राँगाको मासुको टेण्डर नगरिएको र केही मेला बिरोधि ब्यक्तिहरुले मासुको लागि टेण्डर भएको हल्ला फैलाएको बलि ब्यवस्थापन उपसमितिका संयोजक साहले बताए ।

दुर्गन्धित नहुने गरि राँगाको आन्द्रा भोटीको ब्यवस्थापन 

गढीमाई मेलामा आफ्नो भाकल पूरा भए पछि दर्शनार्थीहरुले चढाएको राँगाको बलि बाट स्थानियहरुको स्वास्थमा असर नपर्ने गरि ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।आईतवार चढाईएको राँगा बाट दुर्गन्ध नआउने गरि बलि ब्यवस्थापन उपसमितिले ब्यवस्थापन गरिरहेको प्रेम साहले बताए । राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरुको आन्द्रा ,भोटी र टाउकोको ब्यवस्थापन गर्ने काम गरिरहेको उनले बताए । खाल्डो खनेर टाउको आन्द्रा ,भोटीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिले खाल्डोलाई पुर्ने काम भईरहेको समेत उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?