ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

रैथाने तिल्की धान बिक्रि गरी मनग्य आम्दानी

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

दाङ ।

कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् दाङका मुक्त कमलरी ।

तुलसीपुर उपमहानगरपालिका– १८ विजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा तुलसीपुर –१६का सीता चौधरी कोषध्यक्ष हुन् । उनी पूर्व कमलरी हुन् । उनले कमलरी मुक्ती भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आएकी छन् । सहकारीले प्रतिकठ्ठा ३ हजार रुपैया बार्षिक भाडा दिने सर्तमा ३५ कठ्ठा जमिन लिएको छ । सोही जमिनमा गतवर्षदेखि सहकारीले तिल्की धान खेती गर्न थालेको उनले बताइन् ।

सामुहिक रुपमा धान खेती गर्दा समयमा रोपाई हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौ, उनले भनिन् । गत वर्ष फलेको ३५ कठ्ठामा ५५ कुन्टल धान फलेको थियो सो मध्ये ५० कुन्टल बिक्री गरेर गतवर्ष ४ लाख रुपैया आम्दानी भएको भयो । अब गत वर्षको ५ कुन्टल धान मात्रै बाकी रहेको छ, त्यो पनि अडर आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौ, उनले भनिन्,‘गत वर्ष धेरै जसो धान बिक्री भयो बाकी चामल बनाएर बिक्री गरेका थियौं’ ।

सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले तुलसीपुर १८ मा रहेको पर्यावरणिय दिगो बिकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बिउ निशुल्क दिएको बताइन् । सोही धानको बिउ ३५ कठ्ठा खेतमा रोपेको ६० कुन्टल फल्यो,उनले भनिन् । अन्य सामान्य धान भन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ, अरु धान तीन हजार चार सय रुपैयामा बिक्री हुन्छ भने तिल्की धान ८ हजार रुपैया कुन्टलमा बिक्री भैरहेको उनले बताइन् ।

यो वर्ष १२ कुन्टल धान बिक्री गरेर ९६ हजार रुपैया आम्दानी भैसकेको छ उनले भनिन् । चामल १५ हजार रुपैया कुन्टलमा बिक्री भएको छ । संस्थामा रहेका पदाधिकारीले गत वर्ष रैथाने तिल्की धान खेती गरेका थियौं, राम्रो आम्दानी भएपछि यो वर्ष पनि निरन्तरता दिएको उनले बताइन् । गतवर्ष भन्दा यो वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उनको भनाइ छ । ४ सय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामुहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको उनले बताइन् ।
धान खेती गर्दा गाईबस्तुको अर्गानिक मल प्रयोग गरेर खेती गर्ने गरेको उनले बताइन् । चामल ढुवानीमा समस्या रहेको छ,उनले भनिन् । चामल व्रान्डिङ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उनको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका र १८ नम्वर वडा कार्यालयसंग प्रसोधन र बजारीकारणको माग गरेको उनले बताइन् ।

विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरेका थिए मुक्त कमलरी आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् ।

सहकारीमा १४ हजार सात सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन् । उनले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन् । तुलसीपुर १८ मा रहेको श्री गन्यारी कृषि सहकारी संस्थाले दाङमा नमूना काम गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?