ट्रेंडिंग:

>> कालिका मानव ज्ञानमा आन्तरिक खेलकुद जारी >> अख्तियारले सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> आज शेयर बजारमा व्यापक वृद्धि, कारोबार रकम ५ अर्ब पुग्यो >> परराष्ट्रमन्त्री आरजु राणा र लक्जमबर्गका उपप्रधानमन्त्री जेभियर बेटेलको भेटवार्ता >> सहकारी बचतकर्ताको रकम फिर्ताका लागि परिणाममुखी काम गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन >> नेपालका २२५ शान्ति सैनिकहरु यूएन मिसनका लागि प्रस्थान >> सहकारी संस्थाका सञ्चालकको सम्पत्ति बेचेर साना बचतकर्तालाई रकम फिर्ताको माग >> अल्लु अर्जुनको ‘पुष्पा २’ ने बक्स अफिसमा नयाँ रेकर्ड तोड्यो, ९०० करोड पार >> काठमान्डु १०३ रनमा अलआउट, लुम्बिनीलाई १०४ रनको लक्ष्य >> नेकपा एसको स्थायी कमिटी बैठक जारी >> कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ सम्मान >> अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज >> डा. सुरेशप्रसाद आचार्य सूचना आयोगका प्रमुख, गगन विष्ट र दुर्गा भण्डारी पनि नियुक्त >> लुम्बिनीविरुद्ध काठमाडौंले ब्याटिङ गर्ने >> सुदूरपश्चिमको जबरजस्त जित, जनकपुरलाई ७२ रनले पराजित >> श्रीमती र सासुले धेरै पैसा मागेको भन्दै श्रीमानले गरे आत्महत्या >> सुन मूल्य २,००० ले बढ्यो >> कैलालीमा दुर्घटनामा परेर कलाकार हिक्मत महराको निधन >> प्राईड अफ डान्सको फिनाले शनिबार हुदै >> दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीको छापा >> एउटा यस्तो फिल्म, जो १६ बर्षमा बन्यो, रिलिज पछि मच्चायो तहल्का >> नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प >> रवि लामिछानेलाई सिमराबाट कास्की पठाइयो >> सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य >> कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु बिमान किन्ने >> स्मार्ट बाेक्ने सबैकाे गुगलले गर्छ ट्रयाकिङ, उसो भए रोक्ने कसरी ? >> च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित >> नाइजेरियामा बन्दुकधारीले गरे ५० महिला र बालबालिकाको अपहरण >> प्रमुख सुचना आयुक्त र आयुक्तहरूले लिए सपथ >> व्यवसायिक बन्न मन्त्री केसीको आग्रह >> स्ट्याण्डर्ड चार्टर्ड बैंक लाभांश दिने >> पर्वतेको गरिमा जोगाउने कि गुमाउने ? >> अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ >> बुटवल– नारायणगढ सडक बिस्तारमा ३२३ श्रमिक काममा >> करोडको सिंचाई आयोजनाः सुरु नहुँदै भास्सिदै–भत्किदै >> लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक’ >> एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौ र लुम्बिनी खेल्दै >> देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु >> लुम्बिनी प्रदेशको जन अभियानको नेतृत्वमा पूर्व मेयर अधिकारी >> कालिका मानव ज्ञानको ६४ औ वार्षिकोत्सव, विविध आन्तरिक खेलकुद शुरु >> पोखरा एभेन्जर्सलाई हराउँदै कर्णालीको तेस्रो लगातार जित >> तनहुँ जलविद्युत ६३% प्रगति, बाँध निर्माण सुरु >> सेयर बजारमा गिरावट, कारोबार रकममा कमी >> रवि लामिछानेसँग ५ घण्टा बयान >> यसवर्षको शरद ऋतुमा नेपालका हिमालमा ६२५ पर्यटकको आरोहण >> फ्रान्स र जर्मनीले ससर्त सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने घोषणा >> असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द >> कर्णाली याक्सका विलियम बोसिस्टोको उत्कृष्ट बलिङ: पोखरा एभेन्जर्स १०४ रनमै अलआउट >> कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको स्कुटर दुर्घटनामा मृत्यु >> भ्रष्टचारको मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री पुगे अदालत

भ्रष्टाचार छानवीन आयोग गठन गर

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

‘पारदर्शितामा सहभागिता’ भन्ने नाराका साथ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईदैछ । प्रत्येक वर्षको डिसेम्वर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा नेपालले पनि मनाउँदै आएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईरहँदा नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीको शीर्षस्थानमा यथावत छ । नेपालले भ्रष्टाचार धेरै हुने सूचिबाट नेपाललाई थोरै हुने देशको सूचीमा झार्न सकेको छैन् । यसैबाट नेपालको सार्वजनिक प्रशासन कति पारदर्शी छ भन्ने कुरा स्पष्ट हुन्छ । नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अघि सारेपनि नेपालमै धेरै भ्रष्टाचार भैरहेको विभिन्न रिपोर्टहरूले सार्वजनिक गरिरहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै रिपोर्ट हेर्ने हो भनेपनि नेपालमा अहिले स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारको बाढी चल्नै क्रम यथावतै रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा खासै ठोस कदम नचाल्नुकै कारण नेपालको प्रशासनिक संयन्त्रको अवस्था चिन्ताजनक बन्दै गएको छ । ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालको भ्रष्टाचार सूचकांकमा नेपाल पछिल्लोपटक ११७औं स्थानमा छ । यो सूचकांकले नेपालमा भ्रष्टाचार रोकिएको छैन बरु झनै बढेको छ भन्दा अत्युक्ति हुँदैन । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा अगाडि आउनु देशकै लागि बिडम्वना हो । यद्यपि नेपाल दक्षिण एसियामै भ्रष्टाचार नियन्त्रणको संस्थागत प्रयास थालनी गर्ने पहिलो राष्ट्र हो तर विडम्वना नै भन्नुपर्दछ– नेपालले आफ्नो साख जोगाउन सकेको छैन र भ्रष्टाचार हुने देशको सूचीमा नेपालले अग्रता कायम राख्दै बदनामी कमाईरहेको छ । सरकारले आफै भ्रष्टाचारलाई प्रोत्साहन र बढावा दिईरहेको छ । नेपालमा विगतमा भन्दा भ्रष्टाचार नियन्त्रणका नारा जोडजोडले उरालिएपनि भ्रष्टाचार नियन्त्रणभन्दा पनि संस्कारका रूपमा गडेर वसेको प्रतीत भएको छ ।

भ्रष्टाचार नियन्त्रणका सवालमा पनि दलगत, समूहगत, व्यक्तिगत स्वार्थले प्रश्रय पाइरहेको छ । आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने हरेक क्षेत्रमा पारदर्शीता एवं स्वच्छ प्रशासनको आवश्यकता छ । त्यसको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो कृयाशीलता बढाउनु जरुरी छ । यद्यपि अख्तियारप्रति पनि जनताको गुनासो बढेको छ । भ्रष्टाचारका ठूला फाईल नखोल्ने र साना साना भ्रष्टाचारका घटनालाई प्राथमिकता दिएर अख्तियारले सकृयता बढाएको देखाउन खोजेको छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक रूपमा प्रस्तुत हुने घोषणा गरेका छन् । सरकारको घोषणा केवल देखावटी नबनोस् । आर्थिक सामाजिक विकासको प्रमुख बाधकका रूपमा रहेको भ्रष्टाचार नेपालमा कम नभएको समाचारले सवैलाई चिन्तित वनाउनु स्वाभाविक हो । यही सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने न्यूनिकरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकता दिनु जरूरी छ । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने अव पूर्णतः स्वायत्त र स्वतन्त्र आयोग बनाउनु जरुरी छ । अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनताले अपेक्षा गरे अनुरूप कार्य सम्पादन गर्न सकेको छैन् । उसले आफ्नो साख वृद्धि गर्न सकेको छैन । अनियमितता एवं भ्रष्टाचार नियन्त्रण हुनुको साटो मौलाउनुमा राज्यको वेवास्ता र राजनीतिक दलहरूको भ्रष्टाचारप्रतिको मौनता हो । वर्तमानमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग गंभीर वन्ने हो भने निश्चित रूपमा केही सुधारका संकेत देखिनेछन । तर अख्तियारले आम नेपालीको विश्वास जित्न सकेको छैन् । भ्रष्टाचार अनुसन्धानमा समयको दायरा कदापी स्वीकार्य हुनुहुँदैन । यो बिषयमा अव नेपाल सरकार, यहाँका राजनैतिक दल, नागरिक समाज सवैको गंभीर ध्यानाकर्षण होस् । आगामी दिनमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने हरेक क्षेत्रमा पारदर्शीता एवं स्वच्छ प्रशासनको आवश्यकता छ । पछिल्लोसमय नेपालमा २०४६ सालयता भएका भ्रष्टाचार छानवीन गर्न अधिकार सम्पन्न आयोग बनाउनुपर्ने माग उठेको छ । आम नेपाली जनताले यही चाहेकोले अव भ्रष्टाचार छानवीन आयोग गठन गर्नेतर्फ पहल गरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?