ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

सफटवेयरबाट कमाउदै कालिकाका विद्यार्थी

ब्यवसायिक रुपमा जेड वान ट्रयाकर डिभाईसमात्र नभई सफटवेयरका नया नया अध्ययन र अनुसन्धानमा रहेको कालिकामा बिसिए अध्ययरत विद्यार्थीहरुले रेसिङ ड्रोन, एआई स्टोरी जेनेरेटर, भर्चुअल टुर, ईभोलुसन अफ एजुकेसन, स्टक मार्केट अवार्नेस अभियान, अब्जेक्ट डिटेक्सन, जब पोर्टल जस्ता सफटवेयर विकास गरेका छन ।
२३ मंसिर २०८१, आइतबार
२३ मंसिर २०८१, आइतबार

बुटवल, २३ मंसिर । शहरी क्षेत्रमा सवारी साधन चोरीका घटना धेरै हुने गर्छन । चोरीका घटना रोक्ने गरि बुटवल कालिका कलेजका विद्यार्थीहरुले नया डिभाईसको विकास गरेका छन । बिसिए आठौ सेमिस्टारमा अध्ययरत हेमन्त मरासिनीले साथीहरुसंग मिलेर तयार गरेका छन, जेड वान ट्रयाकर डिभाईस । दुई पाग्रे र चारपाग्रे सवारीमा जडान गर्न सकिने यो डिभाईसले सवारी साधनको लाईभ मोनिटर गर्छ । कुन स्थानमा सवारी साधन छ, ईन्जिन अन र अफ स्थिति साथै सवारी हिडेको बेला गतिसमेत घरमै बसेर मोबाईलमा हेर्न सकिने मरासिनीले बताए ।
चोरीका घटनामात्र नभई आफनो सवारीको स्पिड, कुन ठाउमा छ भन्ने जानकारी यसबाट लिन सकिन्छ । सवारी साधन तिब्र गतिमा गतिमा कुदेमा मोबाईलमा म्यासेज दिने, मोबाईलबाटै ईन्जिन अन/अफ गर्न सकिने गरि सफटवेयर तयार गरेका छन । सवारी साधन कुन समयमा, कहाँ कहाँ कति गतिमा कुद्यो भन्ने प्ले ब्याक गरेर हेर्न मिल्ने, ट्रिप रिपोर्ट, स्टोप रिपोर्ट, रुट रिपोर्ट जस्ता सबै हेर्न मिल्ने उनले बताए । ‘सवारी साधन तोकिएको स्थानबाहेक अन्य क्षेत्रमा प्रवेश गरेमा जानकारी दिने जियोफेन्स सुविधा समेत यसमा छ ।’—उनले भने । यो डिभाईसलाई एनेरोईड, आईओएस र बेभ एपमा उपलब्ध, सिमकार्ड र मोबाइल डेटा डिभाईससंगै फ्रि मा उपलब्ध हुन्छ । बिसिए आठौ सेमिस्टारमा अध्ययरत हेमन्त मरासिनी पढाईसंगै सफटवेयर उत्पादनमा साथीहरुसंग कम्पनी दर्ता गरेरै लागेका छन । भैरहवामा रहेको उनको जेड वान टेक्नोलोजी एण्ड ट्रेड प्रालिमा दिपक कुवर, दिपेन्द्र कुर्मी, अस्मिता क्षेत्रीले साथ दिएका छन । जहा एक दर्जन साथीहरु मिलेर सफटवेयर उत्पादन र बजारीकरणमा निरन्तर लागेका छन ।

बजारमा जेड वान ट्रयाकर डिभाईसको मूल्य ७ हजार रुपैया रहेको विद्यार्थी दिपक कुवरले बताए । जुन मुल्यमा सफ्टवेयर उपलब्ध हुने र वार्षिक सेवा शुल्क भने थप २५ सय रुपैया म्यान्टेनेन्स शुल्क लाग्ने उनले बताए । ‘सफटवेयर हामी आफै डेभलोप गरेका हौ ।’—उनले भने ।
प्रालिका मरासिनी अष्ट्रेलिया कम्पनी दैलोसंग ६ महिनाको कामको अनुभव लिएका छन । यसैगरि हाल अमेरिकाको टेक्से सेवा ईन्टरनेश्नलमा समेत आवद्ध रहेका छन । बजारको माग र आवश्यकता अनुसार कृषिमा आधुनिकीकरण हुने गरि धेरै सफ्टवेयरहरु बजारमा ल्याएका छन । डेरि उद्योगमा ब्यवस्थापनमा उपयोगी पिओएस सिस्टम, हस्पिटल, सिनेमा हल लगायतको बजारमा अनलाईन टिकट र अन्य प्रचार सामग्रीमा उपयोगी सफटवेयर तयार गरेका छन । ‘उद्योग र ब्यवसायीहरुको आवश्यकता अनुसार सफटवेयरमा फिचर थपघट गरेर न्युनतम २० हजार देखि ५ लाख सम्मको सफ्टवेयर बजारमा बेचेको छौ ।’— उनले भने । बिक्री पछिको सेवामा समेत २४ घण्टा नै उपलब्ध गराउने उनले बताए ।

यता बिसिए सातौ सेमिष्टारमा अध्ययरत चार जना विद्यार्थीहरुले भने रेसिङ ड्रोन तयार गरेका छन । विद्यार्थीहरु अबिन खनाल र मनोज बेल्बासे, जीवन अर्याल र एलम्बर शिरीषले पढाईसंगै सफटवेयर उत्पादन गरेका छन । शुरुमा कोडिङ, एप र साइड बनाउने काम गरेका उनिहरु अहिले तिब्र गतिको ड्रोन बनाएका हुन । ‘यो २५० किलोमिटरप्रति घण्टाको स्पिडमा उड्छ ।’— उनले भने । सामाजिक संजालमा आगलागी र उद्धार कार्यमा स्पिड ड्रोन प्रयोग भएको हेरेका उनिहरुले अहिले पहिलो चरणमा डमी स्पिड ड्रोन तयार गरेका छन । ‘रेसिङ ड्रोन तयार गरेका छौ, यसको वृहत स्वरुपमा तयार गरेर उद्धारमा प्रयोग गर्न सकिन्छ ।’—अबिन खनालले भने । यसबाट फर्मुला फोरमा रेसिङ कारका सर्टहरु लिन तथा विभिन्न उद्धारमा यो धेरै उपयोगी रहेको उनले बताए ।

कालिका कलेजमा पाचौ सेमिष्टार अध्ययरत पदम हिस्किको टिमले ब्यवसाय र कारखानामा उपयोगी हुने गरि ओब्जेक्ट डिटेक्सन सफटवेयरमा काम गरिरहेका छन । उनलाई यसमा भुवन चौधरी र सुरेशजंग रायमाझीले साथ दिएका छन । ‘भर्खर पहिलो चरणमा छौ ।’— पदम हिस्किले भने । एआईको सहयोगबाट प्रोग्रामहरु बनाउदै गरेका उनले ओब्जेक्ट डिटेक्सन धेरै उपयोगी भएको बताए । ‘भविष्यमा सिसि क्यामरामा यो फिचरहरु थप्ने गरि जडान गर्न सकिन्छ ।’—उनले भने । यसमा भएको मोसन र अब्जेक्ट डिटेक्टको फिचर थप्न सकिने उनले बताए । विशेष गरि सुरक्षा र मोनिटरिङ जस्ता कुराहरुमा यसबाट फाईदा मिल्ने उनले बताए । चाईनाको एक कम्पनीमा गरिएको एउटा अध्ययनमा अफिसमा कार्यरत कर्मचारीहरुको क्षमता अनुगमनमा यो उपयोग भएको उनले दाबी गरे ।

बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले बिसिएमा विद्यार्थीहरुको आर्कषण रहेको बताउछन । प्रविधि शिक्षा आजको हरेक विद्यार्थीको चाहना भएको भन्दै यो अध्ययनसंगै आम्दानीको पाटोमा जोड्न र अन्तराष्ट्रियस्तरको दक्ष जनशक्तिको रुपमा पहिचान बनाउन सकिने उनले बताए । बजारमा अहिले ब्यवसाय उपयोगी डिभाईस, जब पोर्टल जस्ता धेरै उपयोगी सफटवेयर उत्पादनमा विद्यार्थीहरु लागेको उनले बताए । ‘आफनै कम्पनी दर्ता गरेर नै ब्यवसाय गरेका छन ।’— उनले भने । अन्य विषयका विद्यार्थीहरु पनि आफनो अध्ययनलाई ब्यवहारिक रुपमा लागु हुने गरि लागेको उनले बताए ।

बिसिए, बिबिएस र बिएडमा अध्ययरत विद्यार्थीहरुले एआई स्टोरी जेनेरेटर, बिकेसी भर्चुअल टुर, ईभोलुसन अफ एजुकेसन, मोडर्न पेडेलोग्य एण्ड ईनकर्पोरेसन अफ एआई इन मोर्डन क्लास, स्टक मार्केट अवार्नेस अभियान, कस्टमाईज एफपिभि ड्रोन टेस्ट, अब्जेक्ट डिटेक्सन, जब पोर्टल, एडभेन्चर ल्याण्ड, चुक अमिलो बनाउने र बजारीकरण गर्ने, पुरानो र आधुनिक समाजको अन्तरबारे चिनाउने र बुझाउने डमीहरु बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?