ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

इन्धनको प्रयोग घटाउन विद्युतीय चुलो प्रवद्र्धन अभियान

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

सल्यान, २२ मंसिर ।
सल्यानमा स्वच्छ बिद्युतीय ऊर्जाको प्रयोग तथा खाना पकाउनका लागि विद्युतीय चुलो विस्तारका लागि अभिमसखिकरण गरिएको छ । खाना बनाउन प्रयोग गरिने परम्परागत उर्जाको प्रयोगले भान्सामा प्रदुषण भई श्वासप्रश्वास सम्बन्धित रोग लाग्ने जोखिम हुनुका साथै यस्ता परम्परागत प्रबिधिले इन्धन पनि धेरै प्रयोग हुने भएका कारण विकल्पका रूपमा विद्युतीय चुलो विस्तारका लागि अभिमुखिकरण गरिएको हो । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा बिहीबार आधुनिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न तथा दाउरामा आधारित परम्परागत चुलोबाट विद्युतीय चुलोमा रूपान्तरण गर्नका लागि कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दर नेपाल संस्थाले भोटेचौरमा गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरूलाई विद्युतीय चुलो प्रवद्र्धनका लागि अभिमुखिकरण गरेको हो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यसप्रकारको अभियानले दिगो विकासका लागि ऊर्जा प्रयोगमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले विद्युतीय चुलो विस्तारका लागि उपभोक्ताले पाउने अनुदान, गाउँपालिकाबाट समेत गर्न सकिने सहयोग लगाएतका विषयमा छलफल र निर्णय गरेर अगाडी बढ्ने उल्लेख गरे ।
गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सरोकारवालाहरू सहितको कार्यक्रममा सुन्दर नेपाल संस्थाका प्रतिनिधीहरूले विद्युतीय माध्यमबाट खाना पकाउने प्रविधिको रूपमा रहेको इन्डक्सन चुलोको बारेमा जानकारी गराएका थिए ।

संस्थाका प्रोजेक्ट म्यानेजर सन्तोष आचार्यले बिद्युतीय चुलोको प्रयोग गर्दा आफ्नै देश भित्र उत्पादन भएको बिजुलीलाई इन्धनको रूपमा प्रयोग हुने हुँदा यसले देशलाई आर्थिक रूपमा पनि बिद्युतमा आत्मनिर्भर बनाउन मद्दत गर्ने बताए । उनका अनुसार संस्था मार्फत एक वर्षको अवधिमा ६ हजार ३ सय बढीले यस किसिमको विद्युतीय चुलो प्रयोग सुरु गरेका छन् । पालिकाहरूको समन्वयमा थप २५०० चुलो विस्तारका लागि काम अगाडी बढिसकेको छ । सल्यान जिल्लामा मात्रै एक वर्षको अवधिमा १०६५ घरधुरीले इन्डक्सन चुलो प्रयोग गरेको उनले जनाए । यस कार्यक्रमले समुदायमा स्वच्छ ऊर्जा प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्दै वातावरण संरक्षण र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

संस्थाका अनुसार विद्युत लाइन भएको स्थानमा यस प्रकारको चुलो प्रयोग गर्न सकिन्छ । यस चुलोमा खाना पकाउदा धुँवा मुक्त हुनुको साथै समयको पनि बचत हुन्छ । यस प्रकारको चुलोले परम्परागत हिटर भन्दा निकै कम बिजुली खपत गर्ने र सुरक्षाको दृष्टिकोणले पनि राम्रो मानिएको सुन्दर नेपाल संस्थाका कोअर्डिनेटर पदम दर्मालीले जनाए । विद्युतीय चुलोको प्रयोगले आयातित एलपीजी ग्यासको खपत घटाउन मद्दत गर्ने र यो प्रविधी दिगो भरपर्दो गुणस्तरीय र स्वच्छ उर्जा पनि भएको उनले जनाए ।

स्वच्छ उर्जा प्रबिधिहरूमा पहुँच बढाउने उद्देश्यका साथ इएनडिभी र इएनडीभीको सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेतद्वारा बिद्युतीय चुलो प्रबिधि प्रवर्धन गर्न स्थानीय सरकार, प्रदेश सरकार सँग समन्वय र सहकार्य गरी स्वच्छ उर्जामा पहुँच पु–याउने लक्ष्य रहेको छ । कार्यक्रमले अहिले इन्डक्सन चुलो सेट चुलो, प्रेशर कुकर र कराईलाई बिद्युतीय माध्यमबाट खाना पकाउने प्रमुख प्रबिधिको रूपमा प्रबर्धन गर्दै आएको दर्मालीले जनाए । अभिमुखिकरणमा विद्युतीय चुलोको महत्व, यस चुलो जडानका लागि प्राप्त हुने अनुदान, गाउँपालिकाले गर्न सक्ने सहयोग लगाएतका विषयमा अभिमुखिकरण गरिएको थियो ।

अन्तरक्रियाका सहभागिहरूले मानवीय र वातावरणीय जोखिम बढाएको परम्परागत ऊर्जाको विकल्पका बारेमा सोच्नुपर्ने र त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठा लगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको जानकारहरू बताउँछन् । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको छ । यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढाउनका लागि अभियान चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?