© २०२३
नवलपरासी, २० मंसिर ।
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा भइरहेको उत्खननले भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।
पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने, सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पूर्वाधार भेटिन थालेको छ, यद्यपि यसको विस्तृत अध्ययन अझै पनि गर्नुपर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउँदै उनले अझै ती पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ ।
पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय सरकार रामग्राम नगरपालिकाले उत्खननमा लगानी गर्न चाह्यो भन्ने निरन्तर उत्खनन गर्न सकिन्छ । बुद्धको मावली भएको उतm स्थानको खोज अनुसन्धानका लागि स्थानीयको मागसँगै अन्य देशी विदेशीहरूले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखी नियमित रूपमा उत्खनन, जिओफिजिक्स (भूभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसन्धान भइरहेको छ ।
कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिइने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचारप्रसार हुन सकेको छैन । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ ।
भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया, पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपूर्ण स्थान हो ।
तर आउने बौद्धमार्गी तथा पर्यटकलाई देखाउनका लागि यहाँका पुर्वाधार खुल्ला राखिने गरिएको (स्ट्रक्चर ओपन) छैन् । उत्खनन गर्ने र पुर्ने कार्य बर्षाैंदेखि भइरहेको छ । त्यसलाई खुल्ला नै राख्न र संरक्षणका लागि नगरप्रमुखले माग राखेको भए पनि निजी स्वामित्वको जग्गामा कसरी खुल्ला राख्ने र संरक्षण गर्ने ? चुनौती देखिएको समेत पुरातत्वविद ज्ञवालीले बताएका थिए । यसका लागि पनि ति जग्गाको ब्यवस्थापन यदि नगरपालिकाले गरिदियो भन्ने खुल्ला राख्न र संरक्षण योजना बनाउन सकिन्छ ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठूलो योगदान हुनुपर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रूपमा छाडिदिइनुको पनि कुनै अध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । कोलिय राज्यकी अग्र उपासिका सुप्रवासा सहित जन्म,पालन र सेवा तथा साथ दिईने कोलिय गणराज्यका महान चार महिलाहरूको कारणले पनि स्तुप अहिलेसम्म मौलिक अवस्थामा रहनु महत्वपुर्ण स्थान राख्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डेले बताएका थिए । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भईसकेको छ ।