ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

विश्व एड्स दिवसः चुनौति अझै कायमै

१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ विश्व एड्स दिवस आज नेपालमा पनि मनाईदैछ । हरेक वर्ष डिम्सेम्वर १ लाई विश्व एड्स दिवसको रूपमा विभिन्न जनजचेतनामूलक कार्यक्रमहरू गरी मनाउने प्रचलन रहिआएको छ । पछिल्लोसमय एड्स नियन्त्रणमा विश्वले सफलता हात पारेको छ । एड्सको बितण्डा पहिलेजस्तो छैन् । सन् १९८१ सालमा अमेरिकामा पहिचान भएको एचआईभी एड्स धेरै बर्षसम्म विश्वब्यापी समस्याको रूपमा तीव्र गतिमा फैलिएको बिर्सन सकिदैन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वमा करिव पाँच करोड ३२ लाख मानिसहरू एचआईभी एड्ससँगै बाँचीरहका छन् । यसरी एचआइभी संक्रमित हुनेमा विशेषगरी असुरक्षित यौनसम्पर्क र सुईद्वारा लागुपदार्थ लिनु नै मुख्य कारण रहेको छ । नेपालमा अहिले एड्स प्रभावितहरूको संख्यामा कमी आएको छ । एड्स लाग्दैमा मानिसको मृत्यु हुन्छ भन्ने मान्यता अव हट्दै गएको छ । यद्यपि यो दिवसको सन्दर्भमा बृहद जनचेतनामूलक कार्यक्रममार्फत एड्स नियन्त्रणका क्षेत्रमा केही गरेर देखाउने बेला आएको छ । एचआईभी संक्रमितहरूप्रति हुने लान्छना र भेदभाव हटाउन समुदायको भूमिका महत्वपूर्ण हुने छ । औषधी सेवनसंगै नियमित जाँच ग¥यो भने एड्सकै कारण मृत्युबरण गर्नुपर्ने अवस्था अहिले हट्दै गएको छ । त्यसो त अहिलेपनि एड्स संक्रमितलाई आवश्यक दैनिक जीविकोपार्जन हुने गरि सहयोग र सुविधा सम्पन्न उपचार जरुरी रहेको छ । नेपालमा सन १९८८ मा पहिलो संक्रमित भेटिएको थियो । त्यसयताको करिव ३६ बर्षमा एड्स रोकथामका लागि धेरै काम भएका छन् । यद्यपि अहिले यसको जोखिममा कमी आएको छ । यो भन्दैमा एड्स रोकथाम भैसक्यो भन्नु गलत हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआईभी संक्रमितको संख्या २१ वर्षमा ८४ प्रतिशतले घटेको छ । यो विश्वकै लागि खुसीको कुरा हो । नेपालमा अहिलेसम्म ३० हजार जनामा एचआईभी संक्रमण पुष्टि भैसकेको छ । २१ हजार ७२३ संक्रमित अहिलेपनि एन्टीरेटोभाइरल (एआरभी) अर्थात् ७२ प्रतिशत संक्रमित उपचारको दायरामा छन् । चिकित्सकका अनुसार एचआइभी एड्स यौन संक्रमित रोग हो । जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौन सम्पर्कको माध्यमबाट मात्र नभएर निर्मलीकरण नगरिएका सुइँको प्रयोगबाट, ¥यालबाट, शरीरका अङ्गहरू प्रत्यारोपन गर्दा यो रोग सर्ने गर्छ । एड्सको चुनौति के छ भने यसका संक्रमितहरूले थाहै नपाएर आफूसंगै आफ्ना श्रीमति र छोरा छोरीलाई समेत यसको संक्रमणमा पार्ने जाखिम रहेकोले यसको बिषयमा आम जनमानिसमा पर्याप्त जानकारी दिनु जरुरी छ । एड्स संक्रमित आमा बुवाबाट जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आजपनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझैपनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ ।

नेपालमा एक दशक अगाडीसम्म एचआइभी एउटा महामारीका रूपमा थियो । बिस्तारै सरकारको प्रयास तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरूले एड्सका बिषयमा चेतनामूलक कार्यक्रमका साथै यो क्षेत्रमा प्रचुर लगानी समेत गरेका कारण अहिले एड्स नियन्त्रणमा छ । एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरूमा उपलब्ध रहेको छ । फलस्वरूप एड्सको महामारी वा भयावहता कम हुँदै गएको छ । अवको दिनमा एड्स नियन्त्रण गर्ने हो भने स्कुलका पाठ्यक्रमबाटै पहल सुरु गर्नुपर्दछ । एड्सको बिषयमा बालबालिकाहरूलाई स्कुल शिक्षाबाटै जानकारी दिन सकियो भने यसको सङ्क्रमण र जोखिमबाट उनीहरू टाढै हुनेछन् । अवका दिनमा दिवस मनाएर औपचारिकता पूरा गर्नेमात्र होइन, एड्स पूर्ण नियन्त्रणमा जोडबल गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%

admission