© २०२३
नवलपरासी, १६ मंसिर ।
जिल्लाका उखु किसानले उखुको समर्थन मूल्य तोक्न सरकारलाई ज्ञापनपत्र बुझाए पनि सरकारले समर्थन मूल्य नतोक्दा किसानहरू गर्जो टार्न सस्तोमा उखु बिक्री गर्न बाध्य छन् । सरकारले बर्षेनी आफै उद्योग, बजार, किसानसँग समन्वय गरि उखुको समर्थन मूल्य तोक्नु पर्ने हो, तर किसानहरू आफै सक्रिय भएर उखुको मूल्य तोक्न माग गर्दा पनि सरकार उदासिन बन्दा किसान सस्तोमा उखु बिक्री गर्न परेको हो ।
कतिपय उद्योगले उखु किसानको पैसा तिर्नु बाँकी रहेको हुँदा कम उखु क्रसिङ गरी भारतीय चिनीको तस्करी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् । सरकारले समर्थन मूल्य तोक्न ढिलाई गर्दा किसानले सस्तोमा उखु बिक्री गर्नु परेको भन्दै प्रतापपुर गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । उखु उत्पादन किसान समितिका जिल्ला अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव सहितको टोलीले तत्काल उखुको समर्थन मूल्य तोक्न माग गरेको थियो । प्रतिनिधि मण्डलले उखुको न्यूनतम समर्थन मूल्य अनुदानबाहेक प्रति क्विन्टल ७ सय १० रूपैयाँ तोक्न माग समेत गरिएको यादवले बताए । उनका अनुसार उखु किसानको यो बर्षेनी समस्या हुने देखिएका छ । सरकारले उखुको मूल्य निर्धारण गर्छ, उनले भने, तर अतिविपन्न अवस्थामा रहेका किसान आफ्ना दैनिक गुजाराका लागि केही ब्यपारीसँग सस्तोमा उखु बिक्री गरि सकेपछि हुन्छ । जुन ती किसानले पछि तोकिए अनुसारको मूल्य पाउँदैनन् । गरिबमारा सरकारी रवैया प्रति उनले आक्रोस र निरासा ब्यतm गर्दै भने, स्थानीय स्तरबाट ज्ञापन र विरोध बाहेक अरू के गर्न सकिन्छ ।
समर्थन मूल्य नतोक्दा मजदुरी र घर खर्च चलाउन केही किसानले उखु बिक्री गर्न बाध्य छन । केही किसान त खेतमा रहेको उखुबाली सस्तोमै ब्यापारीलाई विक्रि गरेर रकम समेत लिई गर्जो चलाउने गरेका छन् । अहिलेको अवस्थामा किसानलाई हिउदेँबालीका लागि मल, खाद्यसँगै बालबालिकाका पठनपाठनका लागि खर्च, विहाबारीमा आवश्यक खर्चका लागि रकम अभाव हुने गर्छ । त्यसको फाईदा ब्यापारीले सस्तोमा उखु खरिद गर्ने गर्छन् । उद्योगले समेत किसानसँग प्रति क्विन्टल ५ सय ६५ रूपैयाँमा उखु खरिद गर्दै आएका छन् । रकम पाउनका लागि समय कुर्नु भन्दा तत्कालै नगद लिएर किसानले ब्यपारीसँग उखु बिक्री गर्नुपर्ने बाध्यता सुनाएका थिए । गतवर्ष उद्योगले किसानसँग प्रति क्विन्टल ५ सय ६५ रूपैयाँमा उखु खरिद गरेका थिए । सरकारले गत वर्ष ७० रूपैयाँ अनुदान बाहेक प्रति क्विन्टल ५ सय ६५ रूपैयाँ तोकेको थियो । सोही रकमलाई आधार मानेर अहिले उद्योगले किसानसँग उखु खरिद गर्दै आएका छन् ।
रकम पाउनका लागि समय कुर्नु भन्दा तत्कालै नगद लिएर किसानले ब्यापारीलाई उखु बिक्री गर्ने गरेका छन् । गत वर्ष उद्योगले किसानसँग प्रति क्विन्टल ५ सय ६५ रूपैयाँमा उखु खरिद गरेका थिए । जिल्लामा तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । इन्दिरा चिनी उद्योग क्रसिङ सुरु गरी सञ्चालनमा आइसकेको छ । लुम्बिनी र बागमती चिनी उद्योग सञ्चालनको तयारीमा छन् । यी दुई उद्योगहरूले मंसिर १५ गतेसम्म क्रसिङ सुरु गर्ने जनाएका छन् । क्रसिङ सुरु गरेको इन्दिराले ५ सय ६५ रूपैयाँ प्रति क्विन्टलमा किसानसँग उखु खरिद गरेको छ । पुरानो मूल्यमा उखु खरिद गर्ने जनाएका केही चिनी उद्योगले सरकारले समर्थन मूल्य तोक्दा रकम बढेमा थपेर दिने जनाएका छन् । भने केहीले तत्कालै रकम लिएर जाने किसानलाई पछि बढेको रकम नदिने जनाएका छन् । सरकारले हरेक वर्ष उखु काट्ने समय हुँदासमेत समर्थन मूल्य नतोक्दा किसानले उद्योगले नै तोकेको मुल्य र ब्यपारीले खरिद मुल्यमा उखु बिक्री गर्न बाध्य छन् । टेक्टर र टायरमा किसान उखु लिएर ब्यपारीको तौल केन्द्रमा जाने र सस्तो भए पनि नगदमै विक्रि गर्ने गरेको सुनाएका थिए ।
लुम्बिनी र बागमती चिनी उद्योगले उखु खरिद गरेको ७ देखि १० दिनभित्र भुक्तानी दिने जनाएका छन् । सरकारले हरेक वर्ष उखु काट्ने समय हुँदा समेत समर्थन मूल्य नतोक्दा किसानले उद्योगले नै तोकेको मुल्यमा उखु बिक्री गर्न बाध्य छन् । त्यसबाहेक किसानले मजदुरी र दैनिकी चलाउन उद्योगले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा क्रसर उद्योग (भेली उद्योग) लाई उखु बिक्री गर्न बाध्य छन् । जिल्लामा सञ्चालन भएका भेली उद्योगले अहिले प्रति क्विन्टल ४ सयदेखि ४ सय ५० सम्ममा उखु खरिद गर्ने गरेको किसानले बताएका छन् । यसवर्ष करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार विगतका बर्षमा ४० लाख क्विन्टल उत्पादन हुँदै आएको नवलपरासीमा क्रमशः बर्षेनी उखु उत्पादन घट्दै गएको छ ।जिल्लामा करिब १२ हजारको उखु किसान छन् । यो उत्पादनले जिल्लामा रहेका उद्योगलाई उखु उत्पादन कम हुने देखिएको छ । जस अनुसार बागमती चिनी उद्योगको प्रतिदिन क्रसिङ क्षमता १२ हजार क्विन्टल हो । त्यस्तै इन्दिरा चिनी उद्योगको ७ हजार र लुम्बिनी चिनी उद्योगको दैनिक १० हजार क्विन्टल क्रसिङको क्षमता छ । जिल्लामा आर्को मोहिनी चिनी उद्योग सरावलमा अवस्थित छ । बेला मौकामा देखाउनलाई मात्रै सो उद्योगले उखु खरिद गर्ने गर्छ । सो उद्योगको नाँउमा कि ठूलै मात्रामा ऋण भएको हुनु पर्छ वा थोरै मात्रामा उखु क्रसिगँ गरि चिनी बनाउने र भारतिय चिनी तस्करी गराई बिल काटेर बेच्ने दाँउमा उद्योग रहेको स्थानियको आरोप छ ।