ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

सीमा पारीको प्रदूषण, वारी सास्ती

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

भारतबाट वर्षेनी ठूलो परिमाणमा नेपालमा तरकारी र फलफूल आउने गर्छ. । भारतबाट आउने तरकारी र फलफूलमा अत्यधिक विषादी भएकोले त्यस्ता कृषि उत्पादनलाई नेपालमा भित्रिन रोक्नुपर्ने माग देशमा निरन्तर रूपमा उठिरहन्छ र सरकारले कहिलेकाहीं प्रयास गरेपनि भारतीय दवावको सामु घुडा टेकेकोले विषाक्त तरकारी, फलफूल र अन्य उपज नेपाल आउनबाट रोक्न सकिएको छैन । भारतमा विषादीको प्रयोग उच्च हुने प्रदेशहरूमा लुम्बिनीसंग सिमाना जोडिएको उत्तर प्रदेश पहिलो स्थानमा पर्छ । नेपालको सिमा क्षेत्रका उत्तर प्रदेश र विहारमा खेतवारीमा अन्धाधुन्ध ढंगले विषादी प्रयोग भएकोले तराईमा त्यसको सिको गर्ने किसानहरूको संख्या वर्षेनी बढिरहेको छ । नेपालको विषादी ऐनले आयात, विक्री वितरण र प्रयोग गर्न पाउने विषादीको मापदण्ड तोकेको भएपनि तराईमा भारतबाट नेपालले प्रतिबन्ध लगाएका र म्याद गुज्रिएका विषादीहरू ल्याएर प्रयोग गर्ने काम निरन्तर रूपमा भैरहेको छ, जसले गर्दा जनस्वास्थ्यमा मात्र नभई जल, जमिन र वायुको गुणस्तरमा समेत प्रतिकुल असर परिरहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हावामा २.५ पीएम भन्दा साना पार्टिकुलेट म्याटर (प्रदूषणका सूक्ष्म कणहरू) १० माइक्रोग्राम प्रति घाम मिटर भन्दा बढी भएमा हावा प्रदूषित भएको मानिएपनि नेपालले आफ्नो मापदण्ड ४० माइक्रोग्राम प्रति घाम मिटर तोकेको छ । लुम्बिनीमा तोकिएको मापदण्ड भन्दा दोब्बर मात्रामा पीएम २.५ हुने गरेको एक्युवेदरको रेकर्डले देखाउँछ । केही विज्ञ तथा लुम्बिनीका सरोकारवाला भनाउँदाहरूले भैरहवा लुम्बिनी सडक छेउछाउ रहेका सिमेन्ट उद्योगको कारणले र लुम्बिनी छेउछाउका किसानहरूले खेतबारीमा बालीका अवयव (भुस, पराल) हरू जलाएको कारणले प्रदुषण बढिरहेको हल्ला गरेपनि सिमा पारीको वायुको बारेमा कसैले वास्ता गर्दैनन् । लुम्बिनी प्रदेशसंग सिमाना जोडिएको उत्तर प्रदेशमा अधिकांश समयमा पीएम २.५ को मात्रा औशतमा १६३ हुने गरेको छ । राजधानी दिल्ली र हरियाणामा समेत वायु प्रदुषण उच्च रहने गरेको छ । भारतको राजधानी लगायतका क्षेत्रको वायु प्रदुषणको असर नेपालको तराई क्षेत्रमा लामो समयसम्म रहने गरेको छ । नेपालले भारतको कारणले विषादी र विषाक्त हावाको कारणले मात्र प्रदुषणको समस्या भागिरहेको छैन, विभिन्न वस्तुको रूपमा भित्रिरहेका फोहरमैलाहरूको कारणले पनि समस्या भोगिरहेको छ । नेपालले नेपालमा आयात र संचालन गर्न पाइने सवारी साधनको मापदण्ड तोकेको छ । युरो मापदण्ड बाहेकको गाडी ल्याउन नपाइने, थोत्रा गाडीहरू विस्थापन गर्ने जस्ता काम नेपालमा भैरहेका छन् तर नेपालको तराईमा भारतीय थोत्रा मोटरगाडीहरू निर्वाध रूपमा संचालन भएको देखिन्छ । यसबाहेक उत्तर भारतमा उत्पादन हुने नक्कली सामानको मुख्य बजार समेत नेपाल नै बनेको छ । भारतमा काम नलाग्ने पुराना सामानलाई साजसज्जा गरेर नयाँ जस्तो बनाएर नेपाल पठाउने, कमसल र नक्कली सामान नेपाल पठाउने कामले नेपाललाई भारतको डम्पिंग साइट बनाइरहेको छ । समस्या भारततर्फबाट मात्र नभएर चीन र अन्य मुलुकबाट समेत छ । चीन अहिले विश्वकै ठूलो उत्पादक राष्ट्र बनिरहेको छ । चीनले स्वच्छ उत्पादन र वातावरण संरचनामा वर्षेनी अर्बौ डलर खर्च गरिरहेको भएपनि त्यहाँका औद्योगिक प्रतिष्ठानहरूले उत्सर्जन गरिरहेको हानिकारक ग्याँसहरूको कारणले उसका छिमेकी कोरिया र जापान जस्ता देशहरूमा ठूलो वातावरणीय समस्या उत्पन्न भएको ति देशहरूले बताइरहेका छन् । नेपालको उत्तरमा अग्लो हिमाल भएको र नेपालसंग जोडिएको तिब्बतमा औद्योगिक गतिविधिहरू कम भएकोले त्यताको विषाक्त वायु नेपाल प्रवेश गर्ने सम्भावना कम छ तर चीनबाट नेपालमा कम टिकाउ र न्यून गुणस्तरीय सामाग्रीहरू ठूलो परिणाममा भित्रिरहेकोले नेपालमा विद्युतजन्य, कम्प्युटर सम्बन्धि सामाग्रीहरू, प्लास्टिकजन्य फोहरको मात्रा बढाउनमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । अन्य देशहरूमा पुराना भएका विद्युतीय र मेसिनरी सामाग्रीहरू विभिन्न बहानामा नेपालमा आइरहेका छन् । यस्ता गतिविधिले नेपाल विद्युतीय, मेसिनरी र विलासिताका सामाग्रीहरूको विसर्जन गर्ने थलो बन्ने र यसले ठूलो वातावरणीय र आर्थिक समस्या निम्तिने सम्भावना देखिएको छ ।

नेपाल विस्तारै आन्तरिक वातावरणिय समस्यामा फसिरहेको छ । शहरीकरण र औद्योगिकरणसंगै नेपालमा प्रदुषण पनि बढिरहेको छ । प्रदुषणलाई नियन्त्रण गर्न समुदाय र सरकार दुवै सचेत रहेको देखिएको छ । नेपालले वातावरण स्वच्छ, हराभरा राख्न प्रयास गरिरहेको बेलामा सिमापारी भैरहेका प्रदुषणजन्य गतिविधि र आयात भैरहेका प्रदुषक पदार्थहरूले गर्दा नेपालमा विभिन्न किसिमका फोहरमैला समस्याहरू बढिरहेका छन् । यस्ता गतिविधिले नेपालको स्वच्छताको अभियानमा मात्र असर परिरहेको छैन, पर्यटन बजारमा समेत गम्भीर असर पुग्न थालेको छ । स्थलमार्गबाट धेरै पर्यटक नेपाल प्रवेश गर्ने बेलहिया नाका हो र धेरै पर्यटक आउने अर्को मुख्य नाका नेपालगंज नाका पनि हो । यी नाका हुँदै लुम्बिनीमा आउन चाहने पर्यटकहरू भारतीय भूमिमा हुने उच्च वायु प्रदुषणको जोखिम लिन नचाहने भएकोले भारतमा वायु प्रदुषण बढ्दा लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्या घट्ने गरेको छ । लुम्बिनी प्रदेशको तराईमा घुमघामको मुख्य मौसम सेप्टेम्बरदेखि जनवरीसम्म सिमापारी वायु प्रदुषणको जोखिम उच्च भैरह्यो भने लुम्बिनी पर्यटनलाई यसले ठुलो क्षति पार्ने निश्चित छ । अहिले केही व्यक्ति र संस्थाहरूले एकोहोरो रूपमा नेपालका प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनी र सौराहामा वायु प्रदूषण बढेको बताएर पर्यटकहरूलाई तर्साउने काम गरिरहेका छन् । उनीहरूले एकोहोरो रूपमा नेपालमा भएका गतिविधिहरूले प्रदूषण बढेको बताइरहेका छन् तर उनीहरूले सिमापारीबाट आउने प्रदुषित वायु, विषाक्त कृषि उपज, नक्कली सामग्रीको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा कुरा पु¥याउन सकेको पाइँदैन ।

अहिलेसम्मको अवस्थालाई हेर्दा सीमापारीको प्रदुषक पदार्थ नेपाल आएको कारणले नेपालीले दुःख पाउने क्रम आउँदा दिनहरूमा अझ बढ्ने संकेत पाइएको छ । विश्वका धनी देशले गरेको प्रदुषणको कारणले सिर्जित विस्वब्यापी उष्णीकरणको असर नेपालीले अनाहकमा बेहोर्नु परिरहेको अवस्थामा छिमेकी देशहरूबाट हुने प्रदुषण छिट्टै नै नेपालीको टाउको दुखाई हुनेछ । विदेशबाट थोत्रा सामाग्री, प्रदुषण गराउन सक्ने पदार्थहरू र विषादी तथा रासायनिक पदार्थलाई राज्यले कानुन बनाएर र त्यसलाई कडाइका साथ् कार्यान्वयन गरेर रोक लगाउन सकिन्छ । भारतको दबाबको सामु विषादी काण्डमा घुडा टेके झैँ घुडा टेक्ने प्रवृत्ति कायम रहँदासम्म यो कार्य त्यति सजिलो भने छैन । भारतबाट आउने दुषित हावा र मरुभूमिबाट आउने धुलोका कणहरू रोक्न भने नेपालको प्रयासले मात्र सम्भव छैन । जवसम्म चिन र भारतले स्वच्छ उत्पादन प्रविधिलाई पूर्ण रूपमा लागु गर्दैनन्, तबसम्म ति देशको वायु प्रदुषित भैरहनेछ र नेपालको सिमावर्ती क्षेत्रमा वायु प्रदुषणको जोखिम रहिरहनेछ । छिमेकी देशहरूले वायु स्वच्छ राखिदेलान भनेर बसियो भने नेपाल प्रदुषणको जोखिम बढिरहने भएकोले नेपालको तराई क्षेत्रमा वायु प्रदुषण जोखिम न्यूनीकरण र अनुकूलनका कार्यक्रमहरू संचालन गर्नु पर्छ । तराईको दक्षिणी क्षेत्रमा हरियाली वृद्धि गर्ने, यहाँ औद्योगिक र कृषि क्षेत्रमा स्वच्छ उत्पादन प्रविधि अपनाउने जस्ता कामहरू अविलम्ब रूपमा गर्नुपर्छ । हामी आन्तरिक रूपमा स्वच्छ वातावरण बनाउने तयारीमा लाग्यौ भने छिमेकी राष्ट्रहरू पनि दवावमा पर्नेछन र उनीहरू सीमापार प्रदुषण नियन्त्रणमा संलग्न हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?