ट्रेंडिंग:

>> रुपन्देहीका ज्ञवालीलाई बिदाई >> नौ घण्टाको बयानमा लामिछानेले दिए बाझिने जवाफ >> प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ >> रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को को छन् ? >> धनराज गुरुङसँग सिआइबीले लियो बयान >> नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट >> यूएइले दियो नेपाललाई ८४ रनको चुनौती >> बुटवलमा भित्रदै ‘चिनो नेपाल’ >> नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार >> युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै >> निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ >> बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं- कुलमान घिसिङ >> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली >> १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने >> इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध >> करेन्ट लगाइ माछा मार्दा मृत्यु >> जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा >> करिब ३०७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ >> कडा सुरक्षाबीच दाेस्राे दिन भैरहवामा रवि लामिछानेकाे बयान जारी >> कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिने >> राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुदै >> आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन प्रचण्डको निर्देशन >> कुलमानले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै >> राम्रो कामको प्रचार भएन : मन्त्री अधिकारी >> माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा >> बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने >> आज कति छ सुनचाँदीको मुल्य ? >> कोप–२९ मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्दै >> लुम्बिनी र सिचुआन सरकारबिच पर्यटन प्रवद्र्धनमा पहल >> ट्रम्पको जितपछि मस्कलाई फलिफाप: एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए >> रवि लामिछानेको रुपन्देहीमा आजपनि बयान हुने >> सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग >> ‘घुम्न जाउँ बर्दिया’ अभियान स¥यो >> रेसुङ्गामा श्रद्धालुहरूको घुइँचो >> बढ्दो सडक दुर्घटना नियन्त्रण गर >> शक्तिको दुरूपयोगले देशमा संकट नआओस् >> बुटवल–नारायणगढ सडकः स्थानीय सरकारले मागे संघीयसँग गुहार >> १८ वर्षे तुल बहादुरः यसरी बने राष्ट्रिय खेलाडी >> यान्त्रीकरण किसानलाई ‘बरदान’ >> २२ बर्षदेखि जंगुको जीवन पर्खिदै फिरिया >> एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दै >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै >> आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात >> मध्यवर्ती क्षेत्रमा बढी होहल्लाका कारण बस्तीमा पस्यो गैंडा >> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन

तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ?

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कात्तिक ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका खिमलाल पाण्डेयले तिहार सकिएको हप्ता दिनसम्म पनि भैलोको नाममा कमाउ धन्दा सञ्चालन भएको बताउँछन् । संस्कृतिलाई संरक्षण गर्नुपर्ने पर्वलाई विकृति तर्फ लैजानु दुःखद पक्ष हो । यसले समाजमा राम्रो सन्देह दिँदैन ।

“हाम्रो परम्परा अनुसार भैलो बढीमा चार दिन हो । त्यसपछि एकादशीमा कहीँकतै खेल्ने चलन हो तर अहिले त दिनरात चोक चोक खाली छैनन् । रातिमा बाटो नै बन्द गरेर भैलो खेल्ने नाममा पैसा उठाउने बिकृति बढेको छ । यसलाई नरोक्ने हो भने तिहार पर्वमा खेलिने भैलोको महत्व नै हराउँछ”– उनी भन्छन् । गााउँटोलकाहरूले मादल बजाएर भैलो खेल्ने, देउँसिरे गाउने चलन हो । त्यो पनि तिहारको अवसरमा । “यहाँ त तिहार सकिएको हप्ता दिन सकिदा पनि बाटो बाटोमा ठूला ठूला आवाजमा साउण्ड सिस्टम बजाएर नाच्न छाडेका छैनन् । यसले हाम्रो संस्कृतिको संरक्षण होईन संस्कृतिको अन्त्य गर्दछन्”–उनी भन्छन् ।

तिहार सकिएको हप्ता दिन बित्यो तर पनि चोकमा बज्ने साउण्ड सिस्टमको चर्को आवाजले धेरैलाई हैरानी बनाएको शिक्षक ईन्दिरा अर्यालको भनाइ छ । “संस्कार संस्कृति बचाउने हो भने पनि केही त्यस्तो आभाव छैन”– उनी भन्छिन्, “छाडा गीतहरूमा साना साना बाल बालिका नचाएको धेरै देखिन्छ । त्यसमाथि बाटो नै जाम छ । यो भनेको नितान्त पैसा कमाउने धन्दा हो । यसलाई रोकन सकिएन भने तिहार पर्वमा खेलिने देउसीको महत्व नै हराउँछ ।” भैलो तीन दिन र एकादशी पर्वको दिनमा खेलेर समापन गरिने चाड हो तर दिन दिनै हप्तैसम्म खेल्नु भनेको आर्थिक जोहोको उद्देश्य हो । यहाँ धेरै पैसा सामाजिक काम भन्दा पनि रमाईलोमा खर्च हुने गरेको छ । “त्यसैले हप्तौ सम्म भैलोको नाममा नाच देखाउनु राम्रो पक्ष होईन यसलाई नियन्त्रण गर्नुपर्छ”–उनी भन्छिन् । संस्कृतिको संरक्षणसँगै मनोरञ्जन गर्ने पर्व तिहार भएपनि अनावश्यक मानिसहरूलाई लामो समयमा सम्म तिहार पर्वको नाममा डिस्टर्व गर्नु राम्रो पक्ष नभएको गायिका कल्पना कुसुम बताउँछिन् । उनले पर्वलाई संरक्षण गर्न निश्चित समयमा मौलिक परम्परागत गीतमा नाच्नु स्वाभाविक भए पनि तिहार सकिएर सबै आ–आफनै काममा फर्किसकेपछि पनि तिहार भन्दै चोक चोकमा गीत बजाएर नाच्नु राम्रो पक्ष नभएको बताउँछिन् । “यसले हाम्रो समाजमा सकारात्मक सन्देश जान्छ भन्ने लाग्दैन”–उनी भन्छिन् ।

सिद्धबाबा मन्दिरका पुजारी ब्यास पुरुषोत्तम बस्यालले धार्मिक मान्यता अनुसार लक्ष्मीपुजा गरिसके पछि भाईपुजाको दिन सम्म भैलो खेल्ने धार्मिक मान्यता रहेको बताए । उनले तिहार पर्वमा यमराजलाई खुशी पार्नका लागि भैलो खेल्ने प्रचलन भए पनि आजभोली आर्थिक संकलनका लागि मात्र भैलो खेल्ने प्रचलन बढ्नु सकारात्क नभएको बताए । बस्याल भन्छन् “औषधीलाई पनि मात्रा मिलाएर खाए लाग्छ होइन भने विष बन्छ । त्यसैगरी देउसी भैलोको पनि मात्रा हुन्छ पछिल्लो समयमा मात्रा बढी देखिएको छ, यसले समाजमा राम्रो सन्देश जाँदैन ।”

यो वर्षको भाईटिका सकिएको हप्ता दिन बितिसक्दा पनि सडक चोकहरू नै बन्द गरे भैलो खेल्नेको संख्या कम भएको छैन । प्रत्येक चोकहरूमा बाटो नै बन्द गरेर ठुला ठुला आवाजमा गीत बजाउने र नाच्ने होडबाजी चलिरहेको छ । विशोष गरी युवा क्लव, विभिन्न संघ संस्थाहरूको सकृयतामा देउसी भैलो भन्दै नाच्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?