© २०२३
केहीदिन अघि नेकपा एमालेका शीर्ष नेताहरूको उच्चस्तरीय बैठकमा ओली पक्षका निकट मानिने शंकर पोखरेलले पार्टी बैठकमार्फत आम नेपालीलाई लक्षित गरि दिएको चेतवनीले नेपाली समाजको सबै प्रबद्ध क्षेत्रको मन कुँडिएको छ । श्रोतले वताए अनुसार सो बैठकमा विवादास्पद व्यापारी मिनवहादुर गुरुडले एमाले पार्टी कार्यालय स्थापनाका लागि दिएको जग्गा र उनले आफ्नै लगानीमा भवनसमेत निर्माण गरिदिने कुरा प्रति आफूहरूको विमति रहेको विषयको प्रतिकृया वाहिर र संचार माध्यममार्फत सर्वसाधारणलाई जानकारी गराएको सम्वन्धमा ती प्रतिकृया जनाउने मध्यम तहका एमाले नेताहरूलाई शंकर पोखरेलको जोडवलमा स्पष्टीकरण सोधिएको र पार्टीभित्रका कुरा वाहिर ल्याएमा कारवाही गरिने चेतावनी समेत दिइएको हो । साथै यसै विषयलाई लिएर संचार माध्यमहरूमार्फत प्रतिध्वनि भएका आम बुद्धिजीवीहरूका टिका टिप्पणीप्रति समेत लक्षित गर्दे नेता पोखरेलले एमाले पार्टीले प्रतिपादित गरेका कुनैपनि नीति नियम, कार्यक्रम र उसले अपनाएको कार्यशैलीप्रति बोल्ने, टिकाटिप्पणी गर्ने अधिकार एमाले बाहेक कसैलाई छैन भन्ने चेतावनी सहितको जुन इद्गार बाहिर आयो, यसले एमाले पार्टी उच्च नेतृत्वका केही व्यक्तिको मात्रै पेवा बन्दैछ भन्ने कुराको वास्तविकतालाई उजागर गरेको छ । बहुदलीय व्यवस्थामा पार्टी हाँक्ने अभिभारा लिएका मानिसहरूबाट उनीहरूले लिएको जिम्मेवारी राम्रोसित पूरा होस भन्ने चाहना पार्टी भित्रका सदस्यहरूको मात्र होइन, पार्टीदेखि वाहिरका सर्वसाधारण मानिसको पनि हुन्छ । त्यसमध्ये पनि पार्टीको जिम्मेवार तहमा रहेर सरकार संचालनको समेत जिम्मेवारी वहन गरेका व्यक्ति आफू आलोचित हुने काम गर्दछन् भने त्यस कार्यप्रति पार्टीको भित्री र इतरपक्षको समेत टिका टिप्पणी वहस, छलफल, चर्चा परिचर्चा हुनुलाई अस्वाभाविक मानिदैन् । अधिकारमा बसेकाहरूले पार्टी सदस्यका इच्छा विपरीत र जनइच्छा विपरीत काम गर्दछन् भने ती कामहरूको लेखाजोखा नहुने कुरो हुँदैन । चाहे जुनसुकै पार्टीमा होस पार्टी कार्यकर्ताको र जनताको आवाजको जव कुनै कदर हुँदैन, नेतृत्व तहबाट कार्यकर्ताको चाहना र जुन चाहनाविपरीत जवर्जस्ती आफ्ना इच्छाहरू लादिन्छन् भने त्यस्तो दलले आफूलाई लोकतान्त्रिक संज्ञा दिन सुहाउँदैन । पूँजीवादी पार्टीमा त यो नियम लागू हुन्छ भने एमालेले आफूलाई कम्युनिष्ट पार्टी भन्छ । कम्युनिष्ट पार्टी भनेको जनवादी पार्टी हो । जहाँ जनताका भावनाहरू मुखरित हुन्छन् र हुनुपर्दछ । कम्युनिष्ट नेता, साथै देशको कार्यकारी प्रमुखले अवलम्वन गरेका व्यवहारहरू पार्टी हित अनुकुल छन् । देशको हितका सवालमापनि प्रतिकूल भएको आफूलाई लाग्छ भने त्यस वारेमा सार्वजनिक वहस गर्न किन पाइदैन ? के.पी.ओली, शंकर पोख्र्रेल र उनीहरूको गुटका मान्छेले जे मन लाग्यो त्यै गर्ने, त्यो कामप्रति औंला ठड्याउने जति भीम रावल बनिदिनु पर्ने ? जनताको बहुदलीय जनवादमा यो नियम कहाँ उल्लेख छ ? शंकर पोख्रेलले वताइदिन प¥यो । जनइच्छा विपरित पार्टी कार्यकर्ता एवं शुभचिन्तकमाथि यस्तो व्यवहार अव चल्दैन । राजनीतिक दलहरू देशलाई अगाडी लैजानको लागि हुन् कि पछिल्तिर धकेल्नको लागि ? सोधिएको स्पष्टिकरणले र शंकर पोख्रेलले जनाएको प्रतिकृयाले त सिंगो एमाले उनीहरूकै पैत्रिक सम्पत्ति भएको जस्तो व्यवहार देखाएको जनाउँदै छ, जसलाई कुनै तहमा जायज मान्न सकिदैन् । ओली र शंकर गुरुका यस्तो रवैयाले एमाले प्रति जनतामा जुन निराशावादी प्रतिकृया उन्पन्न गराएको छ, त्यसलाई उनीहरूले सच्चाएर अधिबढ्नु पर्दछ भन्ने पर्यवेक्षकहरूको धारणा छ । देशमा स्वस्थ्य राजनीतिको विकासका लागि दलका शीर्ष नेताहरूले अक्षर प्रवृत्ति अपनाउँदा राम्रो छ ।
अहिले देशमा सरकारले अबलम्वन गरेका नीति नियम र पार्टीमा शीर्ष नेताहरूबाट अबलम्वित गलत शैलीप्रति आशंंका गर्ने र आफूलाई गलत महसुस भई किन नबुझेको ठाँउमा यसोको यसो हो भनी धारणा व्यक्त गर्नेहरू प्रति सरकार र पार्टी नेताहरूले चाल्ने गरेका कदम ठीक छैनन् । उनीहरूको दृष्टिकोण र नीति उदार छैन । लोकतन्त्रको संरक्षण र प्रवद्र्धनको निम्ति यस्तो लक्षणलाई राम्रो मान्न किमार्थ सकिदैन् । आमजनता तथा बुद्धिजीवी एवं इमान्दार कार्यकर्ताहरूबाट आएका आलोचनालाई दुस्मनी एवं योगका रूपमा नलिई आत्मालोचनाका साथै अघि बढे मात्र नेतृत्वको सार्थकता सिद्ध हुन्छ र ? जनताबाट विश्वास हराउदै गएको लोकतन्त्रप्रति जनताको आस्था जगाउन केपी ओली, देउवा, शंकर पोख्रेल, ईश्वर पोख्रेल, प्रचण्ड, माधव, उपेन्द्र, वावुुराम सबैले आ– आफ्ना विगतका भूलहरू जनता समक्ष कबूल गरी अव गल्ती नदोहो¥याउने बाचा बन्धनका साथ अघि वढून भन्ने जनताको जुनचाहना छ, त्यसलाई लत्याउन पाइदैन ।
आज नेपालको परिस्थिति यतिसम्म नाजुक बन्दैछ कि नेताहरूले आफ्नो स्वार्थ साधनाको निम्ति जस्तोसुकै हतकण्डा अपनाएपनि ठूला दलका भगिनी संगठनहरूलाई कुनै चासो लागेको देखिदैन । एकाध वक्तव्यद्वारा फाट्टफुट्ट विरोध जनाए जस्तो देखाएपनि ती संगठनहरू अन्तरमनले आन्दोलित वनेको पाइन छाडे । को छ लोकतन्त्रको रक्षा र जनताको हकहितको जर्गेनाका निम्ति मात्र होइन राष्ट्र र राष्ट्रियताको संरक्षणको निम्तिपनि यो पवृत्ति हानीकारक छ । दलहरूका भगिनी संगठनहरू दलका आँखा हुन् भने सरकारको निम्ति प्रभावशाली दबाब समूह हुन् । दलको नेताहरूलाई छाडा हुनबाट रोक्न र सरकारलाई निरंकुश बन्न नदिन भगिनी संगठनहरूले चाहेमा धेरै काम गर्न सक्दछन् । कसैले देशमा दलहरूमा र सरकारमा भित्रिने विकृति विसंगतिलाई र भिन्न उनीहरूको सकृयताले ठूलो काम गर्दछ । अहिलेको सन्दर्भमा हामी सबै नेपालीहरू विभिन्न किसिमका जटिल तथा गम्भीरतम समस्याहरूको भुमरीमा फसेका छौं । विधुत् लाइन उपयोग गरेर खरबौं खरबौंका माल उत्पादन गर्ने साहुहरू दिनको ३ सिफ्ट लगातार माल उत्पादन गरी बजारमा बेचेर मुनाफा कमाउँदा विजुलीको महसुल तिर्न मरेझैं गर्दछन् । बर्षौंसम्म बक्योता नतिरेर र बाँकी राख्दा खातकाखात थपिदै गएको वक्यौता रकमको अंक अरब अरब पुग्दापनि खुरुखुरु आफ्नो पैसा नतिरेर यो वा त्यो वहानामा मिनाहाको लागि शक्ति केन्द्रलाई नजराना बुझाएर विजुली सितैमा उपयोग गर्न चाहन्छन् । सहकारी रकम अपचलनको त्यही हालत छ । ठूला दलका नेताहरू नै सहकारीको अरबौं रकम हिनामिनामा मुछिएका छन् । आफ्ना नागरिकलाई विदेशी नागरिक वनाई बेचेर पैसा कुम्ल्याएको अभियोग लागेका शक्तिशाली मन्त्रालय ओगटेर राज गरिरहेका छन् । राष्ट्रदेव पशुपतिनाथको गौंशाला धर्मशालामा भारतीय व्यापारी मारवाडीहरूको कब्जा छ । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई हटाउन खोज्दा सरकार ढाल वनेर मारवाडीको पक्षमा उभिन्छ । न्याय या त विकाउमा छ या त सरकारको दबाबमा निरीह छ । न्यायमूर्तिहरू र प्रशासन समेत निरीह छ या गलत तत्वसित साँठगाँठ गरेर वातावरणलाई विषालु बनाएको अवस्थामा छ । यस्तो छ देशको अवस्था । त्यसैले जागौं नेपाली हो जागौं यो विकृति विसंगतिलाई ठेगान लगाउन इमान्दार प्रयत्नले सबै जागौं ।