ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

सामाजिक सञ्जाल हिंसाको कारक नबनोस्

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

कुनैपनि वस्तुको सदुपयोगबाट त्यसले दिने फाईदा अमूल्य हुन सक्छ तर त्यसलाई दुरूपयोग गरे नोक्सानी बाहेक केही हुँदैन भन्ने कुरा सामाजिक सञ्जालको प्रयोगको घटना उदाहरण बनेको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दा त्यसले निकै सहयोग र फाईदा पुगेको उदाहरण हाम्रै समाजमा प्रशस्तै छन तर दुरूपयोग गर्दा त्यसले पु¥याउने हानीको कल्पना पनि गर्न सकिदैन् । केही दिनअघि यही रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा सामाजिक सञ्जालमा गरेको पोष्टलाई लिएर दुई पक्षबीच उत्पन्न तनावले उग्र रूप लियो । पूर्व प्रदेश मन्त्री सिके गुप्ता र कांग्रेसका पूर्व प्रदेश सभा सदस्य फकरुद्दीन खान पक्षका कार्यकर्ताबीच सामाजिक सञ्जालमा आएको पोष्टलाई लिएर विवाद हुँदा हातपात समेत भयो । दुई पक्षबीचको तनाव मत्थर पार्न हम्मेहम्मे परेको अवस्थाले सामाजिक सञ्जालको प्रयोगलाई अव संयमित वनाउनुपर्दछ भन्ने सन्देश मिलेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टले कसैको हानी वा मानमर्दन गर्छ कि भन्नेतर्फ अव ध्यान दिनुपर्ने भएको छ । होइन भने सामाजिक सञ्जालकै कारण जघन्य अपराधका घटना हुन सक्छ भन्ने उदाहरण खोज्न कतै जानु पर्दैन । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ ।

पछिल्लोसमय सामाजिक सञ्जालबाट हुने हिंसाजन्य घटनाको बर्णन गरेर साध्य नै छैन् । यसको सदुपयोग भन्दा पनि दुरूपयोग बढिरहेको देखिएको छ । खासगरी युवायुवती यसको लतमा फस्नु अपराध बढाउने प्रमुख कारक हो । अर्कोतर्फ सामाजिक सञ्जालकै माध्यमबाट ठगीका घटना बढ्दै गएको देखिएको छ । जबसम्म यसमा नियन्त्रण हुन सक्दैन तबसम्म सामाजिक सञ्जालको दुरूपयोग बढिरहनेछ । नेपालले सामाजिक सञ्जालको प्रयोग गरि हुने अपराधजन्य घटना नियन्त्रणका लागि छुट्टै कानुन बनाउनु जरुरी छ । त्यसो त कानुन नभएको होइन तर अव कानुनलाई कडा दण्ड सजायको समेत व्यवस्था गर्नेगरी संशोधन गर्नुपर्छ भनेपनि राज्य चुक्नु हुँदैन । नेपाल प्रहरीको तथ्याँक अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ प्रतिशत र ह्वाट्सएपमा १२ प्रतिशत अनि भाइबरमा ११ प्रतिशत हिंसा हुने गरेको छ । यसैगरी इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४ दशमलव ६ प्रतिशत हिंसा हुने गरेको छ । अर्को चिन्ताको कुरा के छ भने एकै व्यक्तिले फरक–फरक सामाजिक सञ्जाल प्रयोग गरेर हिंसाजन्य घटना दोहो¥याएको समेत पाइएको छ । सामाजिक सञ्जालको दुरूपयोग बढेकै कारण गत आर्थिक बर्षमा साईबर क्राइम अन्तरगत करिव ५ हजार उजुरीका घटना प्रहरीमा दर्ता भएको छ । प्रहरीको रिपोर्टमा सामाजिक सञ्जालहरूको प्रयोगमा तथा मोबाइल गेमहरूजस्ता कुरामा अत्यधिक लतमा परेका कारण नै हिंसा बढ्ने गरेको उल्लेख छ । सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु अर्को चुनौती रहेको छ । हिंसाबाट सुरक्षित हुनका लागि प्रविधिसम्बन्धी शिक्षा आवश्यक पनि छ । सामाजिक सञ्जालबाट उत्पन्न हुनसक्ने लाभ र हानीका कुरा नजानेरै चलाउँदा त्यसले भोलिको दिनमा समस्या निम्त्याउन सक्छ भन्ने कुरामा अव सवै गंभीर हुनुपर्ने बेला आएको छ । सामाजिक सञ्जालबाट उत्पन्न खतरा सबै मिलेर सामना गर्नका लागि एकजुट हुनुपर्ने समय आएको छ । सामाजिक सञ्जालमा राज्यको नियमत, समाज कता गैरहेको छ भन्ने बिषयमा खबरदारी र घर परिवारले आफ्ना सदस्यहरूको सामाजिक सञ्जालतर्फ भैरहेको लगावले उत्पन्न गर्न सक्ने हानीको बिषयमा ख्याल गर्नैपर्ने भएको छ । अवको दिनमा यी सबै कुरालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको दुरूपयोगमा नियन्त्रण गर्नुपर्ने खाँचो टड्कारोरूपमा देखिएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएकोले सरकारको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission