ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

छठमा अस्ताउँदो सूर्यलाई अर्घ

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

बुटवल, २३ कार्तिक ।
यो बर्षको छठ पूर्वको तेस्रो दिन बिहीबार दिनभर उपासु बसेका श्रद्धालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ घाटमा निर्माण गरिएको आ–आफ्नो स्थानमा विधिपुर्वक सुर्य देवताको पूजाआजा गरी अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि पहिलो दिनको छठ पर्व विधिबत रूपमा सुरुवात हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।छठ पर्वको अवसरमा बुटवलको तिनाउ नदी किनारामा छठ पूजा गरिएको छ । हिन्दु महिला, पुरुषहरूले छठमा सहभागी भएर विधिपूर्वक पुजा आजा गरेका हुन ।
यसैबीच बिगतमा पूर्वी मधेसका जिल्लामा मनाईने छठ पर्वका अवसरमा बिहिबार जिल्लाभरको नदी, खोला, तालतलैयामा निर्मित छठस्थलमा अस्ताउँदो सूर्यलाई अर्घ दिईएको छ । यस बर्षको छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर कपिलवस्तुमा छठ पर्ब हर्षाेल्लासका साथ मनाउन शुरु गरिएको हो । जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ को बाणगंगा नदी स्थित रामघाट नदीमा निर्मित छठस्थल, जमुवारखोलाको चपरतल्ला, चन्द्रौटा, कृष्णनगर, बर्रोहिया तथा अन्यस्थानका तालतलैयाहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पूजा गरिएको छ । कपिलवस्तु सहितका अन्य जिल्लामा मधेसी हिन्दु समुदायले मात्रै मनाउने छठ पर्व अहिले देशैभर अन्य समुदायले समेत उत्साहपुर्वक मनाउन थालेका छन । देशैभर उत्साहपुर्वक मनाउन थालिएको छठ पर्व राष्ट्रिय पर्वको रूपमा बिकास भएको अबधी साँस्कृतीक बिकासमा सक्रिय रहेका राधबेन्द्र कुमार श्रीवास्तवले बताए । बिगतमा पूर्वको मधेसका जिल्लामा मनाउने छठ पर्व अहिले सबै नेपालीको साझा पर्व बनेको उनी बताउँछन् ।

अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार, कागती तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफूलको प्रसाद राखी पूजा गरिएको थियो । आज जिल्लाका बिभिन्न स्थानमा रहेका खोला र तालहरूमा श्रद्धालुले साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ । त्यसैगरि आज बिहानको उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने प्रचलन रहेको छ । आज श्रद्धालुले स्नान पश्चात अस्ताउदो सुर्य लाई अर्घ दिई दिन भर ब्रतमा बसि रात भर भजनकिर्तन गरि जाग्राम बस्ने गर्दछन ।
वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरू प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ । विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला । तिहारको समापनसंगै छठपर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपालीभूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरूले दिएका प्रसादहरू जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरू ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरूलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरूप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरूले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरूप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरूपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन अरबा अथवा नुहाई खायु, दोश्रो दिनलाई ‘खर्ना’ भनिन्छ, तेश्रो दिनलाई “सँझिया अर्घ्य“ छठ भनिन्छ किनभने कार्तिक शुक्ल चतुर्थीबाट शुरुभएको यो पर्वको तेश्रो दिन छठ अर्थात षष्ठी हो अनि अन्तिम दिनलाई “विहनीया अर्घ्य“ पारण भनिन्छ । अरबाको दिन गाँउका युवाहरू मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरू खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारूपमा गाडिएको केराका थम्वाहरू जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेश्रो दिन “सँझिया घाट“अर्थात् साँझमा व्रतालूहरू खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरूले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाईन्छ ।
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर बसि एक छाकमात्रै खानु पर्दछ । गाईको गोबर र माटोले लिपेर घरको एक स्थानमा खिर पुरी पकाइन्छ । त्यसैगरी अरूवा चामलमा पानी र गंगाजल छर्केर घरको एउटा ठाउँलाई शुद्ध पारिन्छ । व्रतालुले केराको पात माथि खिरपुरी फलफुल राखेर कोठालाई बन्द गरी पूजा गर्दछन्, पूजा सकिएपछि प्रसाद बाँड्दछन् । छठको तेस्रो दिन घरको आँगन लिपपोत गरिन्छ भने घिउ, सख्खर, चिनी, नरिवल, ल्वाङ, सुकमेल, छोहडा, सोंप लगायत मसलाजन्य वस्तुहरू मिसाएर तयार पारिएको छठ विशेष परिकार ठेकुवा, चामलको पिठोको भुसुवा र फलफूल लगायतका सामग्रीहरू आँगनमा सजाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?