© २०२३
हाम्रा चाडपर्व नेपाली सभ्यता र संस्कृतिका अमूल्य गहना हुन् । चाडपर्व नेपाली नेपालीबीचको एकताका प्रतीक पनि हुन् । यी चाडपर्वले धार्मिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याएका छन । त्यसैपनि नेपाल विविध जातजातिले भरिएको मुलुक हो । यहाँको जातीय विविधतालाई देशको सौन्दर्य र शक्तिका रूपमा लिन सकिन्छ । नेपालीमात्रको चाडपर्वले विभिन्न जातजातिलाई एकै सूत्रमा उन्न सफल भएका छन् । पहिले हिमाली, पहाडी वा तराई क्षेत्र तथा निश्चित जातजातिले मनाउने गरेका चाडपर्वहरू आज साझा भैसकेका छन् । नेपालमा मनाइने सबै जातजाति तथा धर्मका चाडबाड अहिले सबै नेपालीले हर्षोल्लासपूर्ण तरिकाले मनाउने गरेका छन । तिहार पर्व अहिले मुस्लिम समुदायले समेत मनाउन थालेका छन् । बडादशैं मुस्लिम, मधेशी, थारू र अल्पसंख्यक जाजजातिले पनि मनाउने क्रम सु भएको छ । यस प्रकारका गतिविधिले धार्मिक एकता, सहिष्णुता, सदभाव र मेलमिलाप अभिबृद्धिमा सहयोग पु¥याउँछन् । मुस्लिम समुदायका पर्वमा हिन्दु समुदायले एकाकार गरिरहेको देख्न पाइन्छ । विविध जातजाति तथा धार्मिक सम्प्रदायका मानिसहरूको बसोबास भएको नेपाललाई त्यही भएरपनि धार्मिक विविधताको देशका रूपमा परिभाषित गरिएको हो ।
केही बर्षअघिसम्म मिथिलाञ्चलमा मात्रै मनाईने छठ पर्व अहिले मुलुकभरी मनाउन थालिएको छ । छठलाई मधेशी समुदायको मात्रै भन्ने चलन अहिले हराएको छ र पहाडी समुदायमा समेत छठ धुमधामका साथ मनाउन थालिएको छ । यो धार्मिक सदभाव र एकताको पर्व बन्दै गएको छ । मधेसमा मनाइने चारदिने छठ उत्सवमा सवै प्रदेशका नागरिकले उत्तिकै सदभाव र उपस्थिति जनाउन थालेका छन् । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा छठ यस्तो पर्व हो– जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाउने गरिएको छ । छठको पहिलो दिन नहाय खाय अर्थात नुहाएर खाने तथा ब्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइन्छ । षष्ठीका दिन साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न खाद्यसामग्री परिवारका सम्पूर्ण सदस्य सहित विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् । षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्छन । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा छठको महत्व बढ्दै गएको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पछिल्लोसमय सवैको आस्थाको पर्व वनेको छठ साझा पर्वका रूपमा विकसित हुनु हामी सवैको लागि खुसीको कुरा हो ।