ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

‘अर्राष्ट्रिय विक्रम सम्वत’ र नेपालको ‘नेपाल सम्वतको’ अर्थहीन बहस

१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

नेपालको तिथिमितियुक्त प्रमाणिक इतिहास धेरे पुरानो छैन । भारतीय उपमहादिपमा चलेको शक सम्वत नेपालका ऐतिहासिक लिखतमा सबैभन्दा पहिले वि.सं. १३५ देखि प्रयोग भएको थियो । त्यसपछि मानदेव सम्वत (वि. सं. ६१३ देखि शुरू भएको) चल्यो भन्ने कुरा नेपालको इतिहास जान्नेहरुलाई थाहा भएकै कुरा हो । लिच्छविकालमा नेपाल राज्यको क्षेत्रफल वर्तमान नेपाल राज्यको क्षेत्रफलभन्दा कम थिएन भन्ने कुरा पनि सबैले मानेकै कुरा हो । त्यसैले मानदेवसंवत पक्कैपनि नेपालको ठूलै भूभागमा चलेको थियो होला । मानदेव संवतपछि काठमाडौं उपत्यकामा नेपाल संवत् (वि.सं. ९३६ देखि शुरू भएको) चल्न थाल्यो भन्ने कुरा पनि इतिहास पढ्नेहरूलाई थाहा भएकै कुरा हो ।

केही मानिसहरु अचेल विक्रम संवतलाई विदेशी संवत भन्दै कुर्लने गर्छन् । पहिल्यैदेखि नेपाली जनजीवनमा भिजेको विक्रम संवत् चन्द्र– शमशेरको एक आज्ञाको भरमा चल्यो भन्ने झूठो प्रचार एकथरीले गरिरहेका छन् । चन्द्रशमशेर श्री ३ महाराज हुनु भन्दा झण्डै साँढे पाँच सय वर्ष अगाडिदेखि नेपालको विभिन्न राज्यहरुमा विक्रम संवत चलनचल्ती भएको प्रमाण भेटिन्छ । कर्नाली प्रदेशका राजा पृथ्वी मल्लको लिखतमा, नेपाल– खाल्डो र वरपरका इलाकामा राज्य गर्ने नेवार राजा स्थिति मल्लको पालाको लिखतमा, उनका छोरा धर्म मल्लको पालाको लिखतमा, पाल्पा, तनहुँ, मकवानपुर, चौदण्डी, विजयपुर राज्यहरूमा राज्य गर्ने सेन राजाहरूका लिखतमा, गोरखाका राजा रामशाहदेखिका लिखतमा, भक्तपुरका नेवार राजाहरूका लिखतमा, काठमाडौंका पछिल्ला नेवार राजा जयप्रकाश मल्लले गोरखाका राजा पृथ्वीनारायण शाहलाई लेखिदिएको धर्मपत्रमा, प्यूठानका राजाको लिखतमा, पृथ्वीनारायण शाहदेखिका सबै शाह राजाहरूका लिखतमा विक्रम संवतको प्रयोग भएको छ । सेन शासनको उत्तराद्र्धमा त झन् शक सम्वत, विक्रम सम्वत र हिजरी सम्वत तीनवटा सम्वत नै प्रयोग भएको देखिन्छ. सेन राजाहरुका दस्तावेजमा, नेपाल–अंग्रेज बिचमा युद्ध अघि र युद्धका समयमा भएका पत्र ब्यवहारमा, उजिरसिंहको बन्दोबस्ती, रणबहादुर शाहको कानूनी बन्दोबस्तमा, १९१० को मुलुकी ऐनमा वि.सं. उल्लेख भएको पाइन्छ । चन्द्रशमशेर श्री ३ महाराज हुनुभन्दा झण्डै सय वर्ष अपाडि वि. सं. १८६२ मा भएको विर्ताहरण बासठ्ठीहरण, चन्द्र– शमशेरका ठाहिँला बाबु श्री ३ महाराज भइरहँदा वि. सं. १९३८ मा भएको पर्व (३८ सालको पर्व) चन्द्रशमशेरका ठाहिंला बाबुलाई वि. सं. १९४२ मा मार्दा आएको पर्व ४२ साल पर्व भनी कहलाएकोले विक्रम संवत् जनजिब्रोमा पनि चन्द्रशमशेरभन्दा अगाडिदेखि नै भिजिसकेको थियो भन्ने कुरामा कुनै शङ्का छैन ।
पृथ्वीनारायण शाहको बिजययात्रा सुरू हुनुभन्दा अगाडि पचास जति राज्यमा बाँडिएको नेपालमा तीन नेवार राज्यमा बाहेक अन्त कतै पनि नेपाल संवतको गन्ध पनि थिएन । विभिन्न कालखण्डमा काठमाडौं उपत्यकाका मानिसहरु पश्चिम नेपालका धार्मिक स्थलमा गएर चढाएका ताम्रपत्रहरु, उपत्यकासँग सम्बन्ध रहेका राज्यका राजाले बनाएका केही मन्दिरहरुमा यदाकदा नेपाल सम्वतको उल्लेख भएको पाइन्छ. नेवारहरु काठमाडौं उपत्यकाबाट अन्यत्र छरिंदै जाँदा उनीहरुले नेपाल सम्वतलाई पनि आफ्नो अभ्यासमा लिएर गएको देखिन्छ. ।

नेपालले भारतीय मुलको विक्रम संवतलाई राष्ट्रिय संवत्को रुपले लिनु राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएको छ भन्दै हल्ला गर्नेहरूले देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई राष्ट्रभाषा मान्नाले देवनागरी लिपि भारतीय मूलको भएको र देवनागरी लिपि आजसम्म भारतमा पनि चलिरहेकोले र नेपाली भाषा भारतका हिन्दी बङ्गाली भाषाहरूको नजीकको हुनाले देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई हटाई अन्त कतै नचलेको, नेवारी लिपिमा लेखिएको, नामै नेपालभाषा भएको नेवारी भाषालाई राष्ट्रभाषा मान्नुपर्छ भन्ने माग उठाए भने त्यसलाई काठमाडौं उपत्यकामा बस्ने मानिस र अन्यत्रका नेवार जातीले बाहेक स्वीकार गर्लान् ? यदि हामीले विक्रम सम्वतलाई अर्राष्ट्रिय सम्वत भनेर हटाउने हो भने विक्रम सम्वतको साथसाथै सनातन धर्मका र बौद्ध धर्मका ग्रन्थलाई पनि विदेशी धर्म ग्रन्थ भन्दै’ पन्छाउनु पर्ला नि ? थेरबादिका पाली भाषामा लेखिएका, बज्रयानिका संस्कृतमा लेखिएका ग्रन्थ, हिन्दुका संस्कृतमा लेखिएका ग्रन्थ पनि बाहिरबाटै आएका हुन् नि ।

नेपाल सम्वतलाई राज्यले मान्यता दिएको छ. सरकारी लेटरप्याडमा नेपाल सम्वत पनि उल्लेख छ. तर नेवारी समुदाय बाहेक अरु समुदायले यसलाई ग्रहण गरेको छैन । नेपाल सम्वत मनाउन गरिने उत्सवहरुमा अरु समुदायका मानिसहरुको विरलै उपस्थिति हुने गरेको छ । न्यु इअर ईभ भन्दै झुम्मिने काठमाडौं उपत्यकाका होटेल, रेस्टुरेन्ट, रिसोर्टहरुले समेत नेपाल सम्वत ईभ गरेको देखिदैन । नेपाल सम्वतमा प्रयोग गरिने तिथिमिति अन्य भाषाका मानिसहरुलाई थाहै छैन । राज्यले मनाउने भनेर आदेश दिएर नहँुदो रैछ, जनजीवनमा जुन तिथिमितिले प्रभाव पारेको छ , त्यही नै चल्ने रहेछ । लिम्बु, थारु, शेर्पा, गुरुङ, तामाङका पनि आफ्नै तिथिमिति छन्, जुन उनीहरुको समुदायमा प्रचलित छन्, यी सबै नेपाल सम्वत नै हुन् ।

केही मानिसहरुले (खासगरी नेवारहरुले) विक्रम सम्वत विदेशी भएकोले नेपाल सम्वत मात्र चलाउनुपर्ने माग समेत गर्छन् । भारतमा सांस्कृतिक रुपमा शक् सम्वत र विक्रम सम्वत चलेपनि इश्वी सम्वत नै औपचारिक सम्वत बनेको छ । नेपालमा जातजातिका आफ्नै नयाववर्षहरु भए पनि सबैले विक्रम सम्वतलाई व्यवहारमा अपनाएका छन् । राज्यले ’मान्नैपर्छ’ भन्दैमा वा सम्वतमा ’नेपाल’ जोड्दैमा सबैले मान्नुपर्छ भन्दै केही मानिसले भन्नु हास्यास्पद कुरा हो । भोलिका दिनमा नेपाल एकीकरण हुनुभन्दा पहिले जुन राज्यमा जुन सम्वत चलेको थियो, अब ती ठाउँमा तिनै सम्वत चल्नुपर्छ भन्ने माग नउठ्ला भन्न सकिदैन. अझ अगाडि बढेर लिच्छवीकालीन ’मानदेव सम्वत’ मानौ भन्ने कोही निस्केला. त्यसबेलामा के गर्ने ?

देशको एउटा समुदायको सांस्कृतिक विरासत हो नेपाल सम्वत । यसलाई सोही रुपमा खुशीसाथ मनाऔं । राज्यले मान्यता दिएकोले यो सम्वतलाई इतिहासको कुनै कालखण्डमा मानेका स्थानमा अभ्यासमा ल्याउने कोशिस गरौ । तिथिमितिलाई समुदायको अभ्यास अनुसार सुधार गरेर सरल बनाउँ । सबैलाई शुभकामना.

..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?