ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

तानसेन, १५ कात्तिक ।

वाङमय प्रज्ञा—प्रतिष्ठान, पाल्पाको आयोजनामा ११५ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा ७३ औं प्रतिभा संगम कार्यक्रम तानसेनको जनता माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ ।

कार्यक्रममा उपप्राध्यापक डा. टंक पन्थले महाकवि देवकोटाले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै राष्ट्रकवि माधव प्रसाद घिमिरेले भानुभक्त आचार्यको आदिकवि र देवकोटाको महाकवि सम्मान जनअनुमोदित भएको बताएको उल्लेख गरे । त्यसैगरी नाटककार बालकृष्ण समका शब्दमा महाकवि देवकोटा तीन पटक जन्मिएका छन् ः मुनामदन, शाकुन्तल र पागल कवितामा । डा. पन्थले देवकोटाको बहुआयामिक दृष्टिकोण उनका विभिन्न कृतिमा पाइने तथ्य उदाहरणसहित प्रस्तुत गर्दै देवकोटा मानवतावादी, भौतिकवादी, प्रगतिवादी र मूलतः सामाजिक एवम् मानवीय विकृतिहरूमाथि प्रहार गर्ने ब्यक्ति भएको बताए ।

महाकवि देवकोटाका जीवनका रोचक प्रसंगहरू कोट्याउँदै प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालले देवकोटा नेपाली साहित्यका अतुलनीय, सर्वमान्य र विलक्षण प्रतिभाका धनी ब्यक्तित्व मात्र होइनन् उनको जीवन चाखलाग्दा घटनाहरूले भरिएको बताए । देवकोटामा भएको आँसुकवि प्रतिभा, नेपाली र अंग्रेजी दुवै भाषामा अत्यन्तै उत्कृष्ट कृतिहरू सिर्जना गरेका, स्वच्छन्दवादी कविता, निबन्ध, नाटक, कथा लगायत विधामा उत्कृष्टता देखाएका देवकोटाको विराट प्रतिभा नेपालले पाउनु सौभाग्य भएको अध्यक्ष वश्यालले बताए ।

कार्यक्रममा साहित्यकारहरू डा. टंक पन्थले देवकोटासम्बन्धी कविता, डा. शंकर गैरेले गजल, कवि आर बि निश्चलले प्रदेशबाट फर्कन आह्वानसहितको गद्य कविता, प्रगतिशील लेखक संघका अध्यक्ष रामप्रसाद अर्यालले मुक्तकहरू, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मीले वीर तथा श्रृंगारिक रसका शीतहरू, साहित्यकारहरू धातानन्द शर्माले देवकोटाको अन्तिम कविता वाचन र लक्ष्मी माविको सम्झना कविता, गोम विक्रमले चाडपर्व विशेष मुक्तक र लघुकथा, रोहित ज्ञवालीले गुलेली कविता, युवाकवि शंकर ढकालले संस्कृत भाषामा देशप्रेम कविता, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, जनतामा. वि.का प्रधानाध्यापक हरि प्रसाद घिमिरे र राम ज्ञवालीले कविता वाचन गरे भने प्रतिष्ठानका सचिव गणेश नेपालीले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत रचनाहरूको डा टंक पन्थले समिक्षा गरे । उनले प्रस्तुत रचनाहरूको छुट्टाछुट्टै टिप्पणी गर्दै प्रस्तुतिहरू लक्ष्मी जयन्तीसँग सान्दर्भिक, छन्द एवम् गद्यलयमा र कविताका विभिन्न विधामा संरचित, विविधभाव, रस र चेतनाले भरिएका रहेको बताए । रचनाहरूमा स्व—मूल्यांकन, राष्ट्रप्रेम, आर्थिक एवम् सामाजिक अवस्था, अभाव, प्रकृति र मानवीय क्रियाहरूको विमर्श, माता र मातृभूमिप्रति सद्भाव र श्रृंगार झल्किएका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्याल, सचिव गणेश ज्ञवालीलगायतले समेत दोवकोटाबारे चर्चा गरेको कार्यक्रममा जनता माविका प्रधानाध्यापक हरि प्रसाद घिमिरे र शिक्षक राम प्रसाद ढकालले शुभकामना ब्यक्त गरे । कार्यक्रममा सबै साहित्यकारहरूले तिहार, नेपाल सम्बत् र छठ पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?