ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

प्यूठानमा भैरवनाच

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

प्यूठान, ०८ कार्तिक ।
नेवार समुदायको परम्परागत भैरवनाच प्यूठानमा प्रदर्शन गरिएको छ । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न जिल्लामा बसोबास गर्ने नेवारी समुदायमा प्रचलित भैरव नाच प्रदर्शन गरिएको हो । भैरवनाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ । रातीको समयमा नाचिने यो नाच मंगलबार राती प्यूठानको प्यूठान नगरपालिका–३ जुम्री बसपार्कमा नाचिएको हो । नाचलाइ लातेबाज भैरव समाज भुमिकास्थान नगरपालिका–८ ले प्रदर्शन गरेको हो ।

लायन्स क्लव अफ प्यूठानको आयोजना, प्यूठान नगरपालिका–३ र ४ को सहयोगमा प्यूठानमा भैरव नाच प्रदर्शन गरिएको लायन्सका सल्लाहकार अर्जुन कुमार कक्षपतिले जानकारी दिए । प्यूठानमा नेवारी समुदायको बाक्लो बस्ती भएपनि यो नाच नाचिदैन । ‘नेवारी समुदायमा प्रचलित नाँचको संरक्षण गरी पर्यटन प्रवद्र्धनका लागि प्यूठानमा भैरव नाचको आयोजना गरेका हौं’,कक्षपतिले भने ।
लातेबाज भैरव समाजका संयोजक राज कुमार श्रेष्ठका अनुसार भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ । भैरवनाच सात ताल (पटक) सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बिचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ । श्वेतभैरव र रक्तभैरव सहायक हुन्छन् भने साथमा डङ्किनी हुन्छ ।

तीनओटै भैरव आफ्नो भूमिका अनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने श्रेष्ठले बताए । भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउनेहरू मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यवादनमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी मृदङ्ग, झ्याली, झुर्मा, कर्नाल, बासुरी, सनही वाजा वाद्यवादन प्रयोग गरिन्छ ।

भैरव नाँचलाई रोचक बनाउन लौरा नाच, बुच्छे नाच, घोडा नाच, चरानाच, लाहुरेलाहुरेनी नाच, लाटालाटी नाच लगायतका मनोरञ्जनतात्मक प्रदर्शन समेत गरिएको हो । पछिल्लो समय प्यूठानको खलंगा, अर्घाखाँची, गुल्मी, रूपन्देहीमा भैरव नाच प्रदर्शनका लागि पुग्ने गरेको समेत श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेवार समुदाय भएका स्थानहरूमा आमन्त्रण गर्ने र प्रदर्शनका लागि लातेबाज भैरव समाज पुग्ने गरेको छ ।
मल्लरानी गाउँपालिका–३ को आयोजनामा प्यूठानको खलंगामा मात्रै असोज १६ गते जिल्लामा पहिलो पटक प्रदर्शन गरिएको थियो । भैरवनाच लुम्बिनीका अर्घाखाँची, पाल्पा, गुल्मी क्षेत्रमा लोकप्रिय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?