ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

दूरदर्शी देशभक्त राजनेता कीर्तिनिधि विष्टको पुस्तक पढेपछि….

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

नई प्रकाशनद्वारा प्रकाशित “देशभक्त राजनेता कीर्तिनिधि विष्ट” पुस्तक पढेपछि किर्तिनिधि विष्टप्रति म नतमस्तक भएं र मनले सतत् नमन गरें । वास्तवमा उनी देशभक्त नेता नै रहेछन् । देशलाई अति नै माया गर्ने, देशरहे हामी रहन्छौ भन्ने मान्यता राख्ने । अनि यही देशको विकास गर्नुपर्छ भन्ने मान्यतामा अडिग भईराख्ने र सोही अनुसार काम पनि गर्ने । स्वच्छ छवि भएका इमान्दार र बफादार नेता रहेछन् उनी । देशको आजको अवस्थामा उनीजस्ता इमान्दार र स्वच्छ छवि भएका नेता, प्रधानमन्त्री देशले पाएको भए देशको अवस्था अर्कै हुनेथियो भन्ने लाग्यो मलाई । उनीजस्ता नेताको खाँचो आज देशलाई अति नै आवश्यक छ भन्ने मैले महसुस गरें । जिवनीकारले लेखेको पुस्तकमा मैले टिप्पणी गरेको पटक्कै होईन । पुस्तक पढ्दा आफूलाई लागेको कुरा मात्र राख्न खोजेकी हुँ । जीवनीकार नरेन्द्रराज प्रसाई र नई प्रकाशनकी कुलपति इन्दिरा प्रसाईद्वारा लिखित “देशभक्त राजनेता कीर्तिनिधि विष्ट” पुस्तक मैले आद्योपान्त नै पढेँ । प्रकाशकीय, विषयसूचीदेखि लिएर अन्तिमसम्म ५८८ पृष्ठ रहेको छ यो पुस्तक । यसमा विष्टको जीवनी दुई खण्डमा विभाजित छ । पहिलो खण्ड जीवनीकार नरेन्द्रराज प्रसाईले कीर्तिनिधि विष्टको पुर्खादेखि काठमाण्डौ आई बस्नुको कारण, उनको जन्म, शिक्षा दिक्षा, बिहे, सन्तान सुख, शुरुको राजनीति पाठशाला र पछि राजा महेन्द्रसंगको संलग्नतादेखि उनको अन्तिम अवस्था सम्मको कुराहरु रहेका छन् । दोश्रो खण्डमा ६८ जना लेखकहरुको संस्मरणात्मक लेख छन् । पुस्तक पढ्दा मैले थाहा पाएँ– कीर्तिनिधि विष्ट राजा महेन्द्रकोे देशप्रेमदेखि अति नै प्रभावित रहेछन् । उनलाई पनि लागेछ पहिलो कुरा देश नै हो देशको पहिचान हो । देश रहे हामी रहन्छौ, देशै नरहे हामी कसरी रहन सक्छौ भन्ने लागेर राजा महेन्द्रको हरेक कदमलाई साथ र सहयोग गर्दै आएका रहेछन् विष्टले । चाहे राजा महेन्द्र शिकार खेल्न जाँदा होस् वा रानी रत्नालाई गोली लाग्दा होस् वा २०१७ सालमा राजाले प्रजातन्त्र आफ्नो हातमा लिंदा होस् वा कुटनीतिका सवालमा होस् अनि राजा महेन्द्रलाई हर्टएट्याक हुँदा होस् वा शुक्ला फाँटा राष्ट्रिय निकुन्ज शिकार गर्न जाँदा रानी रत्नलाई लाग्न पुगेको गोली काण्ड होस्, कीर्तिनिधि विष्टले राजा महेन्द्रलाई हरेक घटनामा साथ र सहयोग दिईरहे । अन्य सल्लाहकार सुरक्षाकर्मीबाट राजा महेन्द्रलाई रानीको उपचार दिल्लीमा गराउने सुझाव आएपनि राजा महेन्द्रले नमानेपछि र नेपालमै उपचार गराउने अठोट गरेकोले राति नै भएपनि सेनाको स्काई भ्यान मगाएर शुक्ला फाँटाबाट काठमाण्डौं लगि उपचार गराएको कुरामा समेत बिष्टले राजा महेन्द्रलाई साथ र सहयोग दिईरहेका रहेछन् ।

आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा विष्टले नेपालको उत्तरी सीमा क्षेत्रबाट भारतीय चेकपोष्ट के कसरी हटाउन सफल भए भन्ने कुराको साङ्गोपाङ्गो पहिलो खण्डमा उल्लेख गरिएको छ भने दोश्रो खण्डमा बिभिन्न ब्यक्तित्वहरुका जसले विष्टलाई नजिकबाट चिने, जाने र ब्योहोरे, संगत गरे उनीहरुका संस्मरणात्मक लेख रहेका छन् । चारपटक देशको प्रधानमन्त्री बनेका कीर्तिनिधि बेदाग नै रहेका देखिन्छन् । जस जसले उनको काम कर्तब्य र शासन ब्यवस्थाको बारेमा संस्मरण लेखेका छन्, कसैलेपनि उनको बारेमा नराम्रो लेखेका छैनन् । सबैले उनी दूरदृष्टी भएका अति मिलनसार, सहयोगी, सरल ब्यक्ति, कर्तब्यपरायण र बेदाग ब्यक्तिका रुपमा परिचय दिएका छन् । उनको ब्यक्तित्व आकर्षक त रहेछ नै । लेखकहरुले सोही अनुसारको उनमा क्षमता र बौद्धिकता र दूरदृष्टी अनि राष्ट्रबादी सोंच भएका ब्यक्ति रहेको उल्लेख गर्न कोही चुकेका छैनन् । सबैभन्दा ठूलो कुरा आ– आफ्ना संस्मरणात्मक लेखमा सबैले उत्तरी चेकपोष्ट हटाएको कुरा र पछि सिंहदरबारमा आगलागी हुँदा नैतिकताको आधारमा राजिनामा दिएका कुरा एक दुईजनाले बाहेक कसैले लेख्न छुटाएका छैनन् । उत्तरी सिमाका चेकपोष्ट हटाउनु पर्छ नत्र हामी भारतको अन्डरमा बस्नुपर्ने अवस्था आउनसक्छ भनेर विष्टले नैे राजा महेन्द्रलाई सुझाएका रहेछन् । उत्तरी चेकपोष्टबाट भारतीय सेना हटाउनुपर्छ भन्ने मुख्य योजनाकार पनि कीर्तिनिधि नै रहेछन् ।

सिंहदरवारमा आगलागी हुँदा देशको बागडोर राजा वीरेन्द्रको हातमा थियो । उनी वीरेन्द्रका पनि प्रियपात्र रहेछन् । उनले राजिनामा दिएपछि राजा बीरेन्द्रले आगो तिमीले लगाएको होईन, विद्युत सर्ट भएर लागेको हो, तिमीले राजिनामा दिनु पर्दैन । यो राजिनामा तिमी आफै राख भन्दा पनि कीर्तिबाबुले नैतिकताको कारण देखाई जवरजस्ती राजिनामा दिएको कुरा पनि लेखहरुमा समाबेश छन् । यसबाट पनि बुझन सकिन्छ कि राजा महेन्द्रको दूरदृष्टी, राष्ट्रबादी सोंचसंग कीर्तिनिधि बिष्ट राम्रोसंग परिचित भएर नै उनी राजा महेन्द्रलाई र पछि बीरेन्द्रलाई पनि साथ र सहयोग गरिरहेका रहेछन् । महेन्द्र र उनको साझा सोंच नै मान्नुपर्ला दुबै असंलग्न परराष्ट्र नीतिका सुत्राधार बने । राजनैतिक हिसावले हेर्दा उनको शुरुको पाठशाला नेपाली काँग्रेसबाट प्रभावित भएको देखिन्छ पुस्तक पढ्दा । यस्तो महत्वपूर्ण कृतिको लोकार्पण कार्यक्रममा उपस्थित हुने अवसर पाएकोमा हामी आभारी भयौ नई प्रकाशनप्रति । जसले यो कीर्ति लोर्कापण कार्यक्रममा हामीलाई आमन्त्रण गर्नुभयो । त्यसो त नईको आयोजनामा भएका अन्य कार्यक्रममा पनि हामी आमन्त्रित हुन्छौ र काठमाण्डौ भएको बेला जान्छौं पनि । यसपटक पनि संयोग नै भनौ– उपचारको सिलसिलामा काठमाण्डौ गएको समयमा हामी जोडी त्यस लोकार्पण कार्यक्रममा सहभागी हुन पायौं । यदि हामीलाई काठमाण्डौ जाने काम नपरेको भए, निमन्त्रणा नपाएको भए, त्यो कार्यक्रममा उपस्थित हुने मौका हुँदैनथ्यो । काठमाण्डौ गएको मौकामा पुस्तक लोकार्पण कार्यक्रम भएपछि र आमन्त्रित पनि भएपछि नजाने कुरै भएन, दुबैजना गयौँ । नईबाट हामीले निकै सम्मान र माया पाएका छौ पटकपटक । म त नईबाट पुरस्कृत नै भएकी छु । हामीले कीर्तिनिधि विष्ट बारे केही नलेखेपनि त्यत्रो भब्य र सभ्य कार्यक्रममा एक एकवटा पुस्तक पायौ नैं । कीर्तिनिधिका विषयमा लेख्न या त उनलाई नजिकबाट चिनेको हुनुपथ्र्यो या काठमाण्डौमै बसाई भएर कहिलेकाही सम्पर्क भएको हुनुपथ्र्यो । कताकति सुनेको भरमा कीर्तिनिधि बिष्टको बारेमा के नै लेख्न सक्थें र म ? अहिले पनि काठमाण्डौमा नभएको भए हामी त्यो भब्य कार्यक्रमबाट छुट्ने थियौं । किनकी हाम्रो बसाई धेरैजसो तराईमै हुन्छ । सायद पछि कसैबाट पाएमा पुस्तक पढ्ने थियौं होला । कार्यक्रममा गएको मौकाले हातहात मै पुस्तक पायौ । एउटै घरका दुबैले पुस्तक लिएकोले मनमा अलि खसखस त लागेको थियो नै । त्यसैले एउटा पुस्तक पालैपालो दुबैले पढ्यौ भने एउटा पुस्तकको कभरसमेत नखोली राजा महेन्द्र र कीर्तिनिधि बिष्टलाई मन पर्ने राष्ट्रबादी ब्यक्तित्व लेखक साहित्यकार आदरणीय दाजु जंगबहादुर शाहलाई ल्याईदियौं । उहाँ अति नै अध्ययनशील ब्यक्ति भएकोले पनि उहाँलाई दिन मन लाग्यो । नईबाट पुरस्कृत हुनेमा जंगबहादुर दाई र यो लेखक संगै थियौं ।

कीर्तिनिधि विष्टलाई नजिकबाट चिन्ने, संगत गर्ने र नजिकबाट नचिन्ने नाममात्र सुनेका ब्यक्तित्व र साहित्यकारहरुको ठूलो उपस्थिति त्यहाँ थियो । कार्यक्रममा जीवनीकारको जीवनी सहित कीर्तिनिधि बिष्टसंग नजिक भएका, चिनजानका ब्यक्तित्वहरुले लेखेका लेखहरु त्यो पुस्तकमा समाबेश गरिएका रहेछन् । मञ्चबाट एनाउन्स भएपछि थाहा भयो । लेखकहरु सबैको नाम उच्चारण गरिएको थियो । हलमा हामीले पनि चिनेका केही भेटिनुभयो भने नचिनेका, टिभी च्यानलमा देखेका धेरै हुनुहुन्थ्यो । कसकसको लेख रहेछ भन्ने कुरो पुस्तक हातमा परेपछि थाहा भयो । सभाहलमा नयाँ पुराना मित्रहरुसंग सम्बन्ध ताजा पनि भयो । कार्यक्रम छोटो मिठो र भब्य थियो । नईको कार्यक्रम भब्य नै हुन्छ र छोटो मिठो हुन्छ । यो कार्यक्रममा सहभागि हुन पाउँदा हामीले आफूलाई भाग्यमानी नै मान्यौं । नेता एवं प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई सायर्दै मैले पहिला नजिकबाट देखिन । हो उनी देशको प्रधानमन्त्री भए भन्नेकुरा रेडियोबाट सुनेकी थिएं । हामी पहाडमा जन्मेका र निमावि तह पहाडमै पढेर तराईमा झरेका मानिस प¥यौं । कीर्तिनिधि विष्टका बाजे पहाडी जिल्ला गोरखा खोप्लाङ्बाट काठमाण्डौ झरेका रहेछन् भन्ने पुस्तक पढ्दा थाहा पाईन्छ । उनका बाजे वाणिबिलास र उनका चार छोरा मध्ये कान्छा एक चन्द्रनिधी विष्ट र धनकुमारी विष्टको जेठो सन्तानको रुपमा काठमाण्डौको बटुटोलमा जन्मेका रहेछन् कीर्तिबाबु । उनका बाजे आपनो भविष्य सपार्न काठमाण्डौं आएका रहेछन् र काठमाण्डौकै बासिन्दा बनेर बसेका रहेछन् । त्यसैले कीर्तिनिधि काठमाण्डौका स्थायी बासिन्दा बनेका रहेछन् । कुनै कुनै मानिस जन्मदै तेजस्वी र भाग्यमानी देखिन्छन् र सोही अनुसार विकसित हुँदै जान्छन् । घर परिवारको राम्रो लालनपालन, रेखदेख, प्रोत्साहन, अवसर पाएमा उच्च ब्यक्तित्वको धनी बन्न पुग्छन् । त्यस्तै अवसर सानोमा कीर्तिनिधि विष्टलाई मिलेको रहेछ । उनी सानैदेखि तेजस्वी, सुन्दर, तीक्ष्ण बुद्धिवाला, हँसमुख र अति नै सरल, मिलनसार ब्यक्ति रहेछन् । प्रधानमन्त्रीदेखि अन्य मन्त्री पदमा हुँदा पनि उनमा घमण्ड र बडप्पन कत्ति नभएको कुरा लेखकहरुका लेखबाट थाहा हुन्छ । प्रधामन्त्री हुँदा पनि उनमा कुनै तडकभडक थिएन र असाध्यै सादगी भएको पुस्तक पढ्दा थाहा भयो । हो मानिसमा केही न केही कमी कमजोरी हुन्छ, उनमा जुवाको लत रहेछ तर सरकारी काम बिताएर होईन फुर्सदका समयमा मात्र । उनले कहिल्यै पनि पद र प्रतिष्ठाको दुरुपयोग गरेनछन् । परिबारकी जेठी छोरीले समेत भनेकी छन् “हामीलाई बुवाले सरकारी गाडीमा कहिल्यै स्कुल, कलेज पुराउन जानुभएन र अरुलाई पुराउन जान पनि दिनुभएन । त्यही बाटो भएर सिंहदरबार जाँदा समेत हामी गाडीमा जान पाउँदैनथ्यौ । अक्कल झुक्कल एक दुईपटक मात्र बुवासंग गाडी चढ्न पाएकी हुली मैले भनेकी छन् ।” यसैबाट बुझिन्छ कि उनी राष्ट्रप्रति कति ईमान्दार रहेछन् भन्नेकुरा । आजकलका मन्त्रीभन्दा भिन्न सोंच र कार्यक्षमता र कार्यकुशलता भएका प्रधानमन्त्री उनी देखे मैले । असल ब्यक्तित्व भएकोले नै कीर्तिनिधी सबैको मन मष्तिस्कमा छाउन सकेका रहेछन् । उनले बिरामी हुँदा आजकलका नेताले जस्तो न त राज्यकोषबाट पैसा लिए न मृत्युमा नै कुनै तामझाम गर्न लगाए । उनले आफ्ना परिवारजनलाई पहिला नै भनेका रहेछन् “मेरो मृत्यु पश्चात कसैलाई थाहा नदिनु, कुनै तामझाम नगरी मेरो दाह संस्कार गर्नु ।” सोही अनुसार परिवारजनले उनको दाहसंस्कार गरेका रहेछन् । यस पुस्तकमा घरपरिवार भित्रकाले कीर्तिनिधिबारे आफुले जानेबुझेका कुराको लेख लेखे । कसैले बुवाका रुपमा लेखे भने, कसैले नजिकका नातेदारका रुपमा लेखे । कसैले नजिकबाट परिचित भएको हिसावले लेखे । उत्तरी सिमानाबाट भारतीय चेकपोष्ट हटाएको प्रसंग लेख्न भने कसैले छुटाएका छैनन् ।

मैले प्रधानमन्त्रीको रुपमा कीर्तिनिधिको नाम सुन्दा आजकल जस्तो टेलिभिजन आईसकेको थिएन घरघरमा, न त फोन नै थियो । मोबाईल फोनको त कुरै नगरौं । आजकलका सबै कुर्ची दौड गर्ने र पात फेरीएझै फेरिने नेताहरुलाई टिभीमै देखेर चिनिन्छ । उनका हरेक राम्रा नराम्रा गतिबिधी र काम थाहा पाईन्छ । तर, त्यतिबेला समाचारको माध्यम भनेको रेडियो नेपालबाट आउने समाचार मात्र थियो । त्यो पनि सबैका घरघरमा हुँदैनथ्यो । मैले राजा महेन्द्रको स्वर्गारोहणको कुरा रेडियोबाटै सुनेकी हुँ । त्यसपछि गोरखापत्र आउँथ्यो त्यसैमा पढियो । राजा महेन्द्रले देश विकासका धेरै योजनाहरु अघि सारेका रहेछन् र देश विकासकालागि अन्य देशको साथ र सहयोग जुटाएका रहेछन् । देशका ठूला राजमार्ग त्यतिबेलै केही बनिसकेका थिए भने महेन्द्र राजमार्ग बन्ने क्रममा थियो । योजना बनेको र रेखाङ्कन गर्न शुरु गरेको ६ वर्ष नपुग्दै महेन्द्र राजमार्ग सम्पन्न भएको थियो । आजकलका जस्ता सडक बनाउने आधुनिक साधन बिना नै त्यतिबेलाका सडक बनेका थिए । तानसेन–तम्घास सडक जनश्रमदानबाट कोदालो बेल्चाले नै खनिएको थियो । हो पीच भने पछि भएको हो । महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्ड बनेको मेैले नै देखेँ । जवकी अहिले सडक बिस्तारको नाममा एकपटक बनेको सडक शिलान्यास र उदघाटन गर्न हतारिन्छन् अहिलेका प्रधानमन्त्रीहरु तर सडक भने दश बर्ष हुँदा पनि बन्दैनन् । कमिसन र घुसको चलखेलले जताततै सडक मृत्युमार्ग भईरहेका छन् । भत्काउन हतारिने तर बनाउन बर्षाैं लगाउने परिपाटीको विकास भएको छ ।

यो ग्रन्थमा सबै लेखहरु जानकारीमूलक त छन् नै । ती मध्ये कसैले नलेखेको कुरा मैले खिलध्वज थापाको “बिर्सन नसकिने ब्यक्तित्व” पेज नं २२० को लेखमा पाएँ । त्यसमा केही फरक र पुरानो इतिहासका कुरा थाहा पाएं मैले । त्यसैले मैले उहाँको लेखबाट नै धेरै कुरा साभार गरें । ताकी यी कुरा सबैले थाहा पाउनु जान्नुपर्ने कुरा हुन भन्ने लाग्यो मलाई । खिलध्वले लेख्नुभएको छ, “कीर्तिनिधि आफुलाई मोरङिया ठान्नुहुन्थ्यो, मोरङ जिल्लाको कुनै ठाउँमा जग्गा भएकोले त्यसो भन्नुभएको रे । उहाँ फुर्सदमा बिराटनगर जानुहुँदो रहेछ । म त्यतिबेला राष्ट्रिय समाचार समितिको समाचारदाता थिए र बिराटनगर थिएं । साप्ताहिक “देशान्तर” मा पृथ्वीभन्दा पर शिर्षकमा धाराबाहिक स्तम्भ छापिन्थ्यो । पुष १ गते महेन्द्र जयन्ती मनाउने क्रममा जुलुसले नगर परिक्रमा गरिरहेको थियो । हामी एक हुल पत्रकार जुलुस् आउनुभन्दा अगाडी नै मञ्चमा पुगिसकेका थियौं । कीर्तिबाबु र मातृकाबाबु संगै उभिनु भएको थियो । हामीले स्वाभाविक रुपमा उहाँहरुलाई अभिवादन ग¥यौं । मातृका बाबुले मलाई राम्रोसंग चिन्नुहुन्थ्यो तर कीर्तिबाबुले मलाई चिन्नुहुन्थेन । मातृकाबाबुले नै मलाई परिचय गराउँदै भन्नुभयो– देशान्तरमा उहाँको यात्रा संस्मरण पृथ्वीभन्दा पर शिर्षकमा धारावाहिक रुपमा प्रकाशित हुन्छ पढ्नुहुन्छ ? कीर्तिबाबु पनि त्यसको पाठक हुँनुहुँदो रहेछ । त्यसपछि मैले आफ्नो परिचय दिनै परेन । उहाँले नै भन्नुभयो– तपाई त्यही खिलध्वज थापा हो ? उहाँले एउटा हातले मेरो पिठ थपथपाउँनुभयो भने अर्को हात मेरो हातमा मिलाउन बढाउनु भयो । म राष्ट्रिय समाचार समितिको समाचारदाता हुँ भन्ने थाहा पाएपछि, मसंग फेरी हात मिलाउनु भयो । उहाँहरु मञ्चतिर लाग्नुभयो । म र बिराटनगरकै स्थानीय दैनिक पत्रिका “कोसेली”का सम्पादक कुमार श्रेष्ठले उहाँलाई भेटेर कुराकानी गर्ने योजना बनायौं । मैले समय माग्न उहाँलाई फोन गरें । कीर्तिबाबुले सहृयताकासाथ भन्नुभयो “आजै आउनुहोस् साँझ ६ बजेतिर । हामी उहाँको बासस्थानमा पुग्दा सयनकक्षमै हाम्रो प्रतिक्षा गर्नुभएको रहेछ । सुनेको थिएं पदमा नहुँदा उहाँको घरमा जुवाको खाल हुन्थ्यो । कहिले एक्लै त्रिपासा खेल्नुहुन्थ्यो । घरबाट बाहिर निस्कँदा शुभ अशुभ हेर्न पासा फयाक्नुहुन्थ्यो । तर त्यस्दिन उहाँले हामीसंग खुलेरै लामै कुराकानी गर्नुभयो ।

कीर्तिबाबुले पत्रकार खिलध्वजसंग गरेको कुराकानीको अंश कितावमा यस्तो छ– राजा महेन्द्रले नेपाल, भुटान र सिक्किमलाई मिलाएर हिमाली अधिराज्यहरुको संगठन (एसोसिएसन अफ हिमालय किङ्डम) नामक एक क्षेत्रीय संगठन गठन गर्न चाहन्थे । यसो भएमा यि तिनै अधिराज्य दुई ठूला छिमेकको हस्तक्षेपकारी भूमिकाको संवाभनाबाट सुरक्षित रहन सक्ने धारणा राजा महेन्द्रको थियो । उनले तत्कालिन युवराज बीरेन्द्रको शुभ विवाहमा भुटान नरेश जिग्मेसिङ्गे वान्चुक र सिक्किमका चोग्याल नाम्ग्यालसंग त्यो प्रस्ताव राखेका थिए । त्यतिबेला दुबै देशका राजाले महेन्द्रको प्रस्तावलाई समर्थन पनि गरेका थिए । तर, सिक्किमका राजा चोग्याल राजा महेन्द्रप्रति सशंकित भए । उनी काठमाण्डौबाट आफ्नो राजधानी गान्तोक फर्कनुको साटो सिधै नयाँदिल्ली गएर इन्दिरा गान्धीलाई प्रस्तावको पोल खोलिदिएकाले प्रस्ताव कार्यान्वयन हुन सकेन । भारतकै कारण सिक्किम संयुक्त राष्ट्रसंघको सदस्य बन्न पाएको थिएन । हिमाली अधिराज्यहरुको क्षेत्रीय संगठन बनेको भए सिक्किम संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्तराष्ट्रिय फोरमहरुमा प्रवेश गर्ने बाटो खुल्ने थियो । किनभने यि तीनै भूपरिवेष्ठित अधिराज्यहरुको सिमाना आपसमा मात्र हैन चीन र भारतसंग जोडिएको थियो । यिनीहरु संगठित भएको भए आफ्ना एउटै प्रकारको साझा चुनौतीहरुको सामना गर्न सहज हुने थियो । सिक्किम अंग्रेजकालदेखि नै भारतीय उपनिबेशको अंग मानिन्थ्यो । तात्कालिन इष्ट इण्डिया कम्पनिका कप्तान योङ्ग हस्बेन्डको फौजले सिक्किमकै बाटो भएर तिब्बतमाथि आक्रमण गरेको थियो । त्यसैले भारत स्वतन्त्र हुनु पहिले नै सिक्किम भारतको अंग हो भन्ने मान्यता जवाहरलाल नेहरुले स्थापित गरेका थिए । त्यही मान्यतालाई इन्दिरा गान्धीले घोषित रुपमै भारतमा बिलय गराउने उद्यममा लागेको कुरा राजा महेन्द्रलाई थाहा थियो । सिक्किमकै नियती नेपाल र भुटानले पनि एकएक गरेर भोग्नुपर्ने खतरा सामुन्ने रहेको कुरा राजा महेन्द्रलाई थाहा थियो । यस्तो बेलामा राजा महेन्द्रले हिमाली राज्यको एकता सम्बन्धी अवधारणा अघि सारेर ठूलै खतरा मोलेका हुन् । दुर्भाग्यबस यही प्रस्ताव नै सिक्किमका चोग्यालका लागि राजा महेन्द्रमाथि शंङ्का गर्ने आधार बन्यो । त्यही कारण हुनसक्छ सिक्किम कहिल्यै पनि नेपालको हिमायती बनेन् । तात्कालिन इष्ट इण्डिया कम्पनीको कारण सिक्किमको अस्तित्व बचेको हो भन्ने भ्रममा भुटानी शासकहरु थिए । आफुहरु कम्पनीको मुठीमा झन कसिदै गएको उनीहरुले कहिल्यै बुझेनन् । उनीहरु नयाँदिल्लीलाई खुसी पार्नुमा नै आफ्नो भलाई हुने भ्रममा रहिरहे । त्यसैले उनीहरुले काठमाण्डौलाई भन्दा नयाँदिल्लीलाई आफ्नो भरपर्दो मित्र ठान्थें । त्यही विश्वासको कारण चोग्याल नाम्ग्याल काठमाण्डौंबाट सिधै नयाँदिल्ली गएर इन्दिरा गान्धीलाई राजा महेन्द्रका विरुद्ध चुक्ली लगाए । यो कारणले राजा महेन्द्र आफनो उद्देश्यबाट पछि हट्नपर्ने भयो । परिणाम स्वरुप शान्तिक्षेत्र सम्बन्धी नेपालको प्रस्ताव अलपत्र प¥यो । भूटान भूटान नै रहयो र सिक्किमको नियतीको बारेमा उल्लेख गर्नै परेन । सिक्किम भारतले निल्यो । त्यसको विरुद्ध नेपालका बिभिन्न ठाउँहरुमा प्रदर्शन पनि भए । त्यस्तो प्रदर्शन चीन र पाकिस्तानमा पनि भयो । बाँकी विश्व मौन रह्यो ।

अर्को कुरा पत्रकार खिलध्वज थापाले देशको उत्तरी सीमाबाट भारतीय चेकपोष्ट कसरी हटे भन्ने सम्बन्धमा लेख्नुभएको छ “देशको उत्तरी सीमाबाट भारतीय चेकपोष्ट हटाउनु कीर्तिनिधि विष्टको प्रधानमन्त्रीकालको सबैभन्दा ठूलो चुनौती थियो । त्यतिबेला नेपालले भारतसंग एक प्रकारको शीतयुद्धकै सामना गर्नुपरेको थियो । उहाँले (कीर्तिनिधी विष्ट) टुँडिखेलको खुलामञ्चमा एक विशाल आमसभाको आयोजना गरेर भारतलाई ललकार्नु भएको थियो । आमसभामा उहाँले प्रयोग गरेको शब्द ‘मृत्युको घण्टा” विश्वभरका संचार माध्यमहरुमा अहिलेको भाषामा निकै ‘भाईरल” नै भएको थियो । त्यसपछि हो विष्ट ‘प्रोचाइनिज” र “एन्टिइन्डियन” मानिन थाल्नुभएको । परिणामतः भारत नेपालको उत्तरी सीमाबाट आफ्ना चेकपोष्टहरु हटाउन बाध्य भयो तर लिपुलेकस्थित भारतीय चेकपोष्ट अहिले पनि हटाईएको छैन । लिपुलेकको सैंनिक अखाडा नहटाएसम्म देशले कीर्तिबाबुलाई सदा सम्झिरहनेछ ।”

पत्रकार खिलध्वजजीको लेख पढिरहँदा मलाई लाग्यो–आखिर एउटा चेकपोष्ट किन बाँकी रहन पुग्यो ? इन्डियाले त्यो चेकपोष्ट किन हटाएन ? त्यसमा उसको केही न केही स्वार्थ अवश्य थियो होला । त्यहीे लिपुलेक कालापानीको लुतोले नेपाललाई अहिलेसम्म सताईरहेको कुराबाट कोहीे नेपाली अनभिज्ञ छैनौ । लिपुलेक कालापानी हाम्रो हो । त्यहाँबाट सैनिक ब्यारेक हटाउनुपर्छ भन्ने माग राखेर नेपालमा ठूलै आन्दोलन भए । कयौको ज्यान पनि गयो तर भारतले सुनेको छैन । उल्टै बलमिच्याई गर्दै महाकाली नदी किनारबाटै मानसरोबर जाने बाटो निर्माण गरिरहेको छ र बाटो बनाउँदा ढुङ्गा लागेर एकजना नेपाली बालकको मृत्युसमेत भएको समाचार सुनियो । भारतसंगको यो विवाद कहिले टुङ्गििने हो ? यो भविष्यकै गर्भमा रहेको छ । त्यो सैनिक अखाडा नहटाएसम्म कीर्तिबाबुलाई देशले सम्झिरहनेछ । वास्तवमा कीर्तिनिधी विष्ट कति राष्ट्रबादी प्रधानमन्त्री रहेछन् भन्नेकुरा यसैबाट प्रष्ट हुन्छ । यी २०४६ पछि आलोपालो बनेका पार्टीका प्रधानमन्त्रीले उल्लेख गर्ने लायक देशको लागि कुनैपनि काम गरेनन् र गर्न सकेनन्, यो पनि जगजाहेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?