ट्रेंडिंग:

>> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन

कृषि यान्त्रीकरणको प्रयोगले उत्पादकत्वमा सुधार

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

लमही, ०२ कार्तिक ।
घरमा ‘पावरटिलर’ सहितको कृषि यन्त्रको व्यवस्था भएपछि लमही –२ का किसान छुनिलाल चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी गत वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी छन् । उनले भने, “ट्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भएको छ । काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगा पाल्नुपर्ने झन्झट पनि अब हटेको छ भने ज्याला मजदुरी लगाउने महँगो खर्च बचेको छ ।”

बढ्दै गएको यांत्रिककरणका कारण कृषियन्त्रले खनजोत गर्दा बालीहरूको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उनले बताए । आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्र्याक्टर र पावरटिलरवालाले आम्दानी पनि गरिरहेको गढवा/ का किसान हरी चौधरी बताउँछन् ।

“आफ्नो घरमा रहेको गोबर ग्यासमा प्रयोग गरिने गोबरका लागि मात्रै गोरु र राँगा पाल्नुपर्ने बाध्यता छ”, उनले भने, “खेतमा खनजोत गर्ने देखि धान ,गहुँ समेत लगायत सबै काम अब ट्र्याक्टर र पावरटिलरबाट गर्ने गरिएको छ उनले भने ।”
कतिपय किसानले खेतीको काम सकेपछि गिट्टी बालुवा तथा मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन् । दाङ राप्ती गाउँपालिकाका ७० बर्षिय बुधु चौधरी बिगत सम्झदै अहिलेको अबस्था सपना जस्तो लाग्ने बताउँछन । खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको, जोत्न धान दाउन हलका हल गोरु पाल्ने महिनौ दिन लगायर खेती गर्ने भित्राउने बताउँदै उनले भने, “उतिबेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अबत सबै काममा सुबिधा छ । काम छिटो, कम खर्च हुने अहिलेका किसान भाग्यमानी हुन उनले भने ।”

प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा किसानलाई पावरटिलर लगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ । त्यसै गरि देउखुरीमा कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लमहीले चाक्लाबन्दी सुरु गरी मकै बीउ उत्पदनमा अधिकतम कृषि कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरू बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलानामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको ब्यबस्थापक बिश्व शर्माले बताए ।
त्यति मात्र देउखुरीमै, स्थानीय जातको बीउको प्रयोगले प्रतिबिघा जग्गामा मुस्किलले आठ–दश क्विन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० क्विन्टलसम्म फलेको देखिएको शर्माले बताए” कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कमा पनि कृषि उपज धान र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ । बालीहरूको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशवाट आयात भइरहेको तथ्याङ्क छ ।

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा पटकपटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषिक्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ । देउखुरीका कृषक राम्भजन चौधरी ले भने, “गाउँभरिका प्रायजसो सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्र्याक्टर, धान तथा गहुँ झार्ने (थ्रेसिङ) गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब बिस्तारै हराउँदै छ ।”
बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेप्नुपरेको किसनको भनाइ छ । चौधरीले भने, “मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उतिबेलाको समयमा हिँउदेयाममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन ।”

खेती गर्दा चाहिएको बेला रासायनिक मल नपाउने किसानको अर्को समस्या पनि छ । मुख्य खाद्यान्न बालीका रूपमा किसानले धान र गहुँ बालीको खेती गर्दै आएका छन् । कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट किसानले जीविका चलाउने गरेका छन् । आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज कृषकले घरमै भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारले ‘कृषिमा आत्मनिर्भर लुम्बिनी प्रदेश सरकारको अभियान’ भन्ने नारासहित चालु वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिएको छ । खेर गएको बाझो जमिन सदुपयोग गर्दै कृषिको उत्पादन बढाउन करार खेती समेत सन्चालन हुँदै आएको छ । आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पु¥याउन कृषकलाई कृषि प्याकेज र सिंचाइ सुबिधा व्यवस्था पनि गरेको छ । प्रदेश, स्थानीय, कृषिसँग जोडिएका संघ/संस्थाहरू कृषिमा सहज बनाउन कृषियन्त्रीकरण बितरणमा प्राथमिकता दिँदै आएका छन । त्यसकारण पनि पछिल्लो समयमा खेती उत्पादनदेखि भित्राउनका लागि अधिकांश किसानहरू यान्त्रीकरणको प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?