ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं

२९ आश्विन २०८१, मंगलवार
२९ आश्विन २०८१, मंगलवार

“विश्व हात धुने दिवस १५ अक्टुबर २०२४” साबुन पानीले हातधुने कुरा सुन्दा अत्यन्तै सामान्य जस्तो लागेतापनि यसको महत्व र प्रभावकारीताको बारेमा हेर्ने हो भने निकै ठूलो महत्व रहेको पाउन सकिन्छ । हामीहरु सबैलाई प्रायजसो लाग्ने रोगहरु खुल्ला हातको प्रयोग र संक्रमणबाट सर्न सक्ने संम्भावना भएको हुँदा यसबाट जोगिन पनि राम्रोसंग साबुन पानीले मिचीमिची हात धुनु अनिवार्य छ । साबुन पानीले हात मिचीमिची धुँदा हामीलाई लाग्न सक्ने ८० प्रतिशत रोगहरुबाट बच्न सकिने हुनाले हात धुन साबुन पानी नै निर्बिकल्पको रुपमा लिनुपर्दछ । ग्रामीण ईलाकातिरको घरायसी चलन अनुसार भन्नुपर्दा कतैकतै खरानी पानी माटो पानी र गोबर पानीले पनि हात धुने प्राक्टिस गरेको पाईन्छ । तर, यस्तो खालको प्राक्टिसबाट यदी हातमा कहीँकतै घाउचोट भएको अवस्था रहेछ भने उक्त स्थानबाट धनुस्टङ्कार जस्ता घातक रोगका किटाणुहरु शरीरमा प्रबेश गरी हामीलाई भयानक खालको रोगबाट समेत ग्रसित गराउन सक्ने संम्भावना रहेको हुनाले पनि हात धुँदा यी अन्य बस्तुको प्रयोग नगरी केवल साबुन पानीमात्र अनिवार्य प्रयोग गर्नु नै बुद्धिमानी मानिन्छ ।

साबुनमा रहेको चिप्लोपनाले गर्दा हातमा भएका किटाणुहरुलाई सजिलैसंग बगाएर बाहिर लैजान सक्ने र केहीमात्रामा भएपनि साबुनमा किटाणु नस्ट गर्न सक्ने क्षमताको तत्वहरु समेत मिसिएको हुनाले पनी साबुन पानीको महत्व अपरिहार्य मानिन्छ । हुन त बिभिन्न स्वास्थ्यको क्षेत्रमा काम गर्ने निकायहरु सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले धेरै पहिलादेखि नै साबुन पानीले हात धुने बारेमा अभ्यास गराउँदै र वकालत गर्दै आईरहेका छन । तर पनि जनमानसको प्रत्यक्ष व्यवहारमा भने यसको अभ्यास अझैपनि कहीँ कतै पूर्णरुपमा हुन सकेको छैन । यसका बारेमा क्रमागत रुपमा ६ चरणमा हात धुने भनेर धेरै प्रोजेक्टहरुले अभ्यास गराउदैं र आफ्नो डाटाबेसको कार्य पूरा गरेर कागजी काम कार्य सफल नभएको पनि होईनन् तर ब्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेर सकारात्मक परिवर्तन आउने कुरा चाहीँ निकै गाह्रो बिषयबस्तु रहेछ । त्यसैले “परिवर्तन आफूबाट सुरु गर्नुपर्दछ” भने जस्तै ब्यक्तिको आनीबानी परिवर्तन गर्ने कुरा त्यति सजिलो कुरा चाँही होईन । त्यसकारणले हात धुने ६ चरणलाई क्रमैसंग व्यवहारमा लागू गर्न यदी अलमल नै गरियो भनेपनी हरेक जोखिम अवस्थामा, कुनैपनि नयाँ कार्यको सुरुवातीमा र काम कार्य सकाई सकेपछि साबुन पानीले मिचीमिची हात धुन नभुलौं ।

बिगतका बर्षहरुदेखि महामारीको रुपमा फैलिएको कोरोना भाईरस होस या अन्य भाईरस होस जुन किसिमको भाईरसबाट बच्नपनि यस कार्यलाई नभुलौ । यसलाई मुलमन्त्रकै रुपमा व्यवहारमा प्रयोग गरौं । साबुनपानीले हरेक जोखिम अवस्थामा मिचीमिची हातधुने कार्यलाई निरन्तरता दिँदा मात्र यति धेरै जोखिमहरुबाट बच्न सकिन्छ भने यस कार्यलाई सवै मानिसले आत्मसात गर्दै प्रगोगमा ल्याउनु अत्यन्तै बुद्विमानी मान्न सकिन्छ ।

सावनु पानीले हात नधुँदा बिभिन्न खालका सरुवा तथा घातक रोगहरु ब्याक्टेरीया, भाईरस फंग्स, प्रोटोजोवल खालका रोगहरुले आक्रमण गर्दछन । जस्तै ः झाडा पखाला, आउँ, टाईफाईड, जुका पर्ने, हैजा, खानाबाट सर्ने रोग, पानीबाट सर्ने रोग , विभिन्न किसिमका छालाका सरुवा रोगहरु र बिगतका बर्षदेखि महामारीको रुपमा फैलिएर रहेको कोरोना भाईरस र ओमिक्रोन भाईरसबाट लाग्न सक्ने घातक रोगहरुले समेत आक्रमण गर्नुको साथै मानव शरीरमा लाग्ने यस्ता खालका ८० प्रतिसतभन्दा बढी रोगहरुले आक्रमण गर्दछन् ।

आनीबानी परिवर्तन गर्दा प्रायः यी कुरालाई आत्मसात गर्नुपर्दछ ।
सुनेकोः बिर्सन्छ । देखेकोः सम्झन्छ । गरेकोः जानिन्छ । गरीराखेः बानीपर्दछ । बानी पार्नुको फाईदा भनेकोः अरुलेपनि गर्दछ ।।

हात धुनुपर्ने जोखिम पूर्ण अबस्थाहरु :
१. शौचालय÷चर्पीको प्रयोग गरिसकेपछि ।
२. बालबालिका वा बिरामीको दिशा धोईसकेपछि ।
३. कुनैपनि फोहोर कुरा वा बिषादी छोईसकेपछि ।
४. बिरामी वा बच्चाको स्याहार गरिसकेपछि ।
५. खाना वनाउनु वा तयार गर्नुअघि ।
६. खाना खानुअघि ।
७. बालबालिका वा बिरामीलाई खाना खुवाउनु अघि ।
८. बिरामी वा बच्चाको स्याहार गर्नुअघि ।
९. दैनिक घर बाहिर गएर आईसकेपछि कुनैपनि नयाँ कामको सुरुवाती वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं ।
साबुनपानीले हात धुँदा हुने फाईदा :
१. ब्यक्तिगत तथा पारिबारीक सरसफाई हुने ।
२. रोगबाट बच्न सकिने, शरीर निरोगी तन्दुरुस्त हुने ।
३. औषधीमुलोमा खर्च गर्न नपरेपछि आर्थिक पक्षमा सफल रहने ।
४.व्यक्ति, पारिबारीक, सामाजिक रुपमै सक्रिय र सहकार्य गर्न सक्षम रहने ।
५. विश्व स्वास्थ्य संगठनकै परिभाषा अनुरुप व्यक्ति शारिरीक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत, सामाजिक रुपमा सक्रिय र संबेगात्मक रुपमा सबल भै एउटा स्वस्थ ब्यक्तिको रुपमा समाजमा प्रतिस्थापित हुन सक्दछ । अन्त्यमा हिन्दु हरुको महान चाड शुभ बिजयादशमी, शुभदिपावली र छठ पर्व २०८१ तथा नेपाल संबत ११४५ को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण बुबा आमा, दाजुभाई, दिदिबहिनी सम्पूर्ण कर्मचारी मित्रहरु तथा ईस्टमित्रहरुमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?