© २०२३
वाल्मिकी रामायण अनुसार रामायण कथाको भूगोल इन्डिया हो । यस लेखकलाई मोटामोटी रूपमा १०० वटा रामायणको जानकारी छ । भुटानको रामायणमा राजा शुद्धोधनको छोरा लक्ष्मण थिए र उनी साह्रै दुष्टमतिका र व्यायभिचारी थिए । यसरी नै कम्बोडियाको पनि छुट्टै रामायण प्राप्त छ । कथाका विषयवस्तु पनि फरक छन । थाइल्याण्डमा हात्तीलाई गणेशको अवतार मानेर पुजा गरिन्छ र थाइल्याण्डमा रामको दरबार भएको ठाउँलाई अयोध्या भन्दा रछेछन् । २०५७ सालमा पाल्पा जिल्ला विकास समितिको तर्फबाट म समेत १३ जना थाइल्याण्डको भ्रमणमा खानेपानी तथा सरसफाई सम्वन्धि अध्ययन गर्न जाँदा अयोध्याका राम परिवारसित सबन्धित मूर्तिहरू टुटे फुटेको पाइयो । रोचक र स्मरणीय कुरो त के छ भने थाइल्याण्डको राष्ट्रिय पुस्तक रामायण रहेछ तर इन्डिया र नेपालमा रामायणलाई त्यस्तो राष्ट्रिय पुस्तक भनिएको छैन । जति कुरा गरे पनि रे रे मा आधारित छन्, पुष्टी भएको छैन ।
जमराको महत्वः
हाम्रो देश नेपालमा मनसुनी हावापानी अनुसार खेतीपाती गरिन्छ । यहाँ दशै पनि दुईपटक मनाइन्छ । एउटा चैते दशै र अर्को असौजे दशैं । असौजे दशैलाई ठूलो दशंै र चैते दशैलाई सानो दशै भन्ने चलन छ । दुबै दशैको साँस्कृतिक महत्व एउटै छ ।
जमरा राख्नुको महत्वः
चैत, बैशाख, जेठ, असार यो वर्खे खेतीपाती गर्ने बेला हो । हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि जमरा सँस्कृतिलाई निरन्तरता दिँदै आएका छन् । कृषि प्रणालीमा जमराको अति महत्व छ तर हाम्रा पण्डित पण्डा पुराोहित ज्यूहरूले कृषिमा यसको बैज्ञानिक र व्यवहारिक विषयतर्फ कहिल्यै व्याख्या विश्लेषण गरेर सर्वसाधारणलाई बताएको पाइदैन । उहाँले त केवल यादेवी सर्वभूतेषु शक्ति रूपेण सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नमः । या देवी सर्वेभूपेषु विद्यारूपेण सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमतस्यै नमोनमः । निद्रा रूपण या देवी सर्वोभूपेषु सथिस्ँता नमस्तस्यै, नमस्तस्यै, नमतस्यै नमोनमः ।
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमाशिवाधात्री स्वहा स्यधानमस्तुते । दुर्गाशप्तशती यस खाले मन्त्रहरू छन् । यी सबै महिलाका नाम हुन् । यस खाले आरती भजनमा रूपान्तरण केही छैन । यिनमा रुढता छ, परिवर्तन छैन । यसले हाम्रो व्यवहारिक जीवनमा खास त्यस्तो फलदायी पाइदैन तर पर्दा सुन्दा निकै मिठा आकर्षक छन् । यसले के बताउँछ भने धार्मिक रूपले व्याख्या गर्नेहरू दशैँ पर्वलाई सास्ँकृतिक पर्व नभनेर हिन्दूको पर्व भन्ने गरेका छन् । यसले दशै पर्वलाई यस्तो व्याख्याले साँगुरो बनाएको छ । दशै पर्व हिन्दूको मात्र पर्व होइन यो पर्व हिन्दु, बौद्ध, लामा लगायत सबैजसोको पर्व हो । कोहीले धार्मिक रूपमा मनाउँछन भने अधिकाँशले साँस्कृतिक रूपमा मनाउँछन् । साँस्कृतिक रूपमा मनाउनु भनेको के हो ? विज्ञान र व्यवहारमा आधारित कुरा हो । खेतीपाती गर्नुभन्दा पहिला विउ वा हलको परिक्षण हुनु आवश्यक छ । विउबाल परिक्षण गरिएन भने विउ नउमरिन सक्छ । विउबाल उम्रेन भने त्यही राोपण गरिएको अन्न नाश हुने भयो । यसबाट उत्पादनमा ह्रास हुने भयो । राष्ट्रिय आम्दानीमा पनि नोक्सान हुने भयो । यसैले गर्दा हामी नेपालका सबै जनजातीका पुर्खाहरूले जमरा सँस्कृतिको सुरुवात गरेको देखिन्छ । सारतः जमरा सँस्कृतिले विउबालको उमार शक्ति ( जर्मिनेशन पावर टेस्टी हो )
टिका भनेको के हो ?
हामी नेपालीले मकैको, कोदाको, फापरको, जुँनेलाको टिका लगाउँदैनौ । हामीले टिका लगाउँछौं त धानको अक्षेताको टिका लगाउँछौं किन ? नेपालको यही लुम्बिनी प्रदेशकै अजीगरा ताल, पाल्पा प्रवास ताल, पाल्पा बुढुवा ढाव र कास्की पोखराको बेगनास ताल रूपाताल आदि ताल तलैयामा लेखकले प्राकृतिक धान आँखैले देखेको हुँ । प्राकृतिक तालमा आफै उम्रने आफै झर्ने, आफै बढ्ने धान हो । त्यो धानलाई हाम्रा नेपाली जातजाती जनजाती सबैले प्रयोग गरे । शुरुमा आगो प्राप्ति नगर्दासम्म त्यो धान त्यत्तिकै नै रह्यो । जब आगो प्राप्ति भयो धानलाई आगोमा पोल्दा फुला उठ्यो र हाम्रा पुर्खाहरूले लाभा खान सिके । खाँदा स्वादिलो माने । पछि विकासका क्रममा त्यसपछि ओखल ढिकीको आविष्कार भएपछि चामल बनाउन सिके । पछि पानी राखेर चामल खान सिके । यसरी धानको र चामलको महत्व बढ्यो । त्यती मिठो खान सिकेका हाम्रा पुर्वजहरूले त्यो धानको अक्षेताको निधारमा टिका लगाउन सिके । निधार भनेको मान्छेको साइनबोर्ड हो । साइनबोर्ड (निधार) मा शुरुमा सेतो टिका लगाउने हाम्रा पुर्खाहरूले क्रमशः रातो, पहेलो, हरियो विभिन्न किसिमको रङ्गहरू आविष्कार भएपछि विजय र खुसियालीमा रातो टिका, शोक वा दुःख मनउँदा पहेलो टिका लगाउने प्रचलन सँस्कृतिको रूपमा विकास भयोे ।
दशैं पर्वको रातो टिकाको सम्बन्धमाः
शुरुका दिनहरूमा जतिबेला रङ्गहरू थिएनन् । त्यतिबेला मूल रङ्ग सेतोलाई नै हाम्रा पुर्खाहरूले प्रयोग गर्दथे । भनिरहन पर्दैन पछिल्ला दिनहरूमा विभिन्न रङ्गहरू आविष्कार भएपछि खुसियालीमा रातो र दुःख पीडा पर्दा पहेलो रङ्ग वा सेतो रङ्ग लगाउन थालेको देखिन्छ । स्मरण रहोस् दशैमा वा अन्य पर्वमा होस धानको अक्षेताको रातो सेतो वा जुनै रङ्गको अक्षेता साइनबोर्डरूपी निधारमा लगाएर धानको साँस्कृतिक रूपमा अहिल्यै होइन निकै पहिल्यैदेखि उत्पत्तिको अधिकार लिएका रहेछों । यो कुरा हाम्रो नेपालका १२३ जाती जनजातिले बुझ्दा राम्रो हुने छ । दशैमा राता टिका लगाउने निधारभरि लगाउन सुरुवात नेपालका जनजातीहरूले नै शुरु गरेको हुन भन्ने कुरा लेखक तथा इतिहासकार बमबहादुर अधिकारी लगायत ५० औं लेखकले लेख्नुभएको छ । त्यसैले जनजातिलाई काटेर उनीहरूको त्यही रगतभित्तामा पञ्जाछाप लगाएर राता टिका लगाउन थालेको हो भन्ने बुझाइ र अपप्रचार स्वतः खण्डित हुन्छ ।
निष्कर्ष:
दशै पर्व नेपालको मौलिक पर्व हो । यो पर्वमा परापूर्व कालदेखि नै नेपालीहरूले टिका जमरा लगाएर महोत्सवका रूपमा मनाउदै आएका छन् । यो पर्व जनजातिलाई काटेर मनाउन थालेको भन्ने धारणाले एकताबद्ध बन्दै गरेको नेपाली समाजलाई विभाजनको षडयन्त्र हो भन्ने बुझ्न सकिन्छ । तथ्यका आधारमा लेखिएको इतिहास हो । कपोल कल्पनामा गरिने प्रचारमा सत्यता हुँदैन । हिजोका दिनमा को कहाँबाट आए, कसका पूर्खाले कतिमात्रामा गल्ती गरे, त्यस्ता कुरालाई लिएर विवाद गर्नु वाञ्छनीय हुँदैन् ।