ट्रेंडिंग:

>> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने

पण्डितपुरका संरचना सातौं शताब्दीका

२० आश्विन २०८१, आईतवार
२० आश्विन २०८१, आईतवार

सुनवल,२० असोज ।
पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको पुरातात्विक तथा एतिहासिक स्थल पण्डितपुरको विस्तृत अध्ययन गर्न रामग्राम नगरपालिकाले पुरातत्व विभागको ध्यानआर्कषण गराएको छ ।
पण्डितपुरमा ठूलो क्षेत्रफलमा जमिनमुनी शहरको संरचना भेटिएकाले उक्त संरचना कति क्षेत्रफलमा फैलिएको छ भन्ने एकिन गर्न पुरातत्व विभागसँग आग्रह गरेको नगर प्रमुख धनपत यादवले बताए ।
पुरातत्व विभागमा पुगेर पण्डितपुर र रामग्राम स्तुपको सन्र्दभमा छलफल गरेको बताउँदै नगर प्रमुख यादवले वुद्धको मावली पण्डितपुरनै भएकाले पण्डितपुरको क्षेत्र एकिन गर्न आवश्यक भएको बताए । पुरातत्व विभागलाई काम गर्न बजेट अभाव भएमा नगरपालिकाले समेत सहयोग गर्ने जानकारी गराएर चालु वर्ष भित्रै काम सुरु गर्न आग्रह गरिएको उनले बताए ।
विभागका प्रवत्ता रामबहादुर कुँवर र पुरातत्वविद् भास्कर ज्ञवाली संग भएको छलफलमा पुरातत्व विभागले मंसिर पहिलो हप्ताबाट काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । प्रवत्ता कुँवरले पण्डितपुुरमा नगरपालिकासंगको सहकार्यमा काम गर्ने बताउँदै बजेट र जनशक्ति अभावका कारण समस्या भइरहेको बताए ।

पण्डितपुरमा भेटिएका संरचना ७ औँ शताब्दीको भएको पुष्टि भएकाले अब पण्डितपुरमा धान भित्र्याएपछि ठुलो क्षेत्रफलमा जियोफिजिक्स सर्भे गरेर क्षेत्रफल एकिन गर्नुपर्ने बताए । नगरपालिकाले पनि बजेट विनियोजन गरेर तारबार सहित संरक्षणको काम गर्न थालेको रहेछ, अब हामिले सर्भे गरेर क्षेत्र एकिन गर्न सहयोग गर्छो प्रवत्ता कुँवरले भने ।
पुरातत्वविद् भास्कर ज्ञवालीलले पण्डितपुर निकै पुरानो र महत्वपुर्ण क्षेत्र भएकाले थप अध्ययन आवश्यक भएको बताए । पण्डितपुरको जमिनमुनि भेटिएको प्राचिन शहरको संरचनाले त्यस क्षेत्रको महत्व झनै बढेर गएकाले स्थानीयलाई समेत त्यस क्षेत्रको महत्वको विषयमा प्रष्ट पार्नुपर्नेमा जोड दिए ।

रामग्राम नगरपालिकाले चालु आर्थिक वर्षमा पण्डितपुरको संरक्षणका लागी जमिनमुनि संरचना रहेको एकिन भएको स्थानमा तारबार गर्ने योजना बनाएको छ । सरोकारवाला निकायले सहयोग गर्ने हो भने हामिले छिट्टै पण्डितपुरको क्षेत्र एकिन गरेर विकास र प्रर्वद्धनको काम गर्न सक्छौँ, नगर प्रमुख यादवले भने । पण्डितपुर वुद्धको मावली दाबि गरिएको स्थल भएपनि हाल सम्म सम्बन्धित निकाय बाट एकिन हुन सकेको छैन् । पुरातत्वविद् ज्ञवालीले पण्डितपुर वुद्धको मावली हुन सक्ने धेरै आधार देखिएको बताए । यसैगरी रामग्राममा यस अघि उत्खनन् गरी भेटिएका वुद्धकालीन संरचनालाई खुल्ला राख्न पनि पुरात्व विभागसंग छलफल भएको बताईएको छ । रामग्राम लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र पर्दछ भने पण्डितपुर स्वतन्त्र क्षेत्र भएकाले नगरपालिकाले पुरात्व विभाग संग समन्वय गरेर छिटो सर्भेको काम गर्न पहल गरेको यादवले बताए । रामग्राम र पण्डितपुरको विषयमा लामो समय देखि चर्चा हुदै आएपनि योजनावद्ध रूपमा काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?