ट्रेंडिंग:

>> सम्पर्क समाजले गाउँको पर्यटकीय विकासमा सहयोग गर्नुपर्ने >> एउटै अस्पतालको दुईपटक सेवा शुभारम्भ, उद्घाटन मोहमा मन्त्रीहरू >> शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल >> देवस्थल मन्दिरमा पदस्थापन >> पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन मूल समितिमा >> रोटरी क्लव बुटवल चौतारीले गर्यो स्वास्थ्य सचेतना कार्यक्रम >> माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन >> नेप्से परिसूचक र कारोबार रकममा गिरावट, फाइनान्स सेक्टरमा सकारात्मक वृद्धि >> गभर्नर नियुक्ति मापदण्डको रिट माथि सर्वोच्च अदालतमा छैटौँपटक सुनवाई स्थगित >> चैत महिनामा नेपाल भर झन्डै १० हजार मुद्दा दर्ता, काठमाडौंमा सबैभन्दा बढी >> लुम्बिनी सुगम प्रदेश राजधानीमा स्वास्थ्य सेवा विस्तारको आशा, अझै पुराना चुनौती कायमै >> पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच नयाँ दिल्लीमा भेटघाट >> शिक्षक आन्दोलनमा माधव नेपाल र खनालको ऐक्यबद्धता >> बर्दियामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु >> ठुलो परिणाममा लागुऔषध सहित दुई जना पक्राउ >> बूढानीलकण्ठमा करेन्ट लागेर एक युवकको निधन >> शिक्षकको पक्षमा बोलेको मन्त्रीलाई पदबाट हटाइयो भन्दै सांसद शर्माको आरोप >> सरकारको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस >> पाकिस्तानका १६ युट्युब च्यानल भारतमा प्रतिबन्धित >> कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी >> दक्षिण कोरियाबाट पाँच नेपाली निष्कासित  >> सुनको मूल्य तोलामा १४ सयले घट्यो >> ईभेन्ट्स ब्यवसायीको शुभकामना आदानप्रदान >> भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबबाट कमाउनुहोस् पैसा >> सञ्चालनमा आए कालीगण्डकीका विद्यालय >> गुल्मीमा आगलागीका कारण दुई गोठ जल्दा १४ पशुचौपाय मरे, दश लाखको क्षती >> यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर) >> भलिबल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप गल्कोटलाई उपाधि >> फुटसल फ्लेम चितवनलाई दोस्रो स्व. बबुवा दाइ स्मृति फुटसलको उपाधि >> नवलपरासीका डिएफओलाई कारबाहीको माग >> नीजि जग्गामा रुखको संरक्षणः स्वामित्व र उपभोगको सवाल >> कार्यस्थलको जोखिम र सुरक्षाको प्रश्न >> शिक्षक दमनको सत्ताकै दलका नेताको विरोध >> पूर्वाधारसँगै मानसिक स्वास्थ्य सेवा जरुरीः मन्त्री सारु >> डुबान रोक्न धनेवा खोलाको बाँध उचाई बढाउन शुरु >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते >> राप्रपा बिद्यार्थी संगठनद्वारा सुदीपको सम्झनामा दीप प्रज्ज्वलन >> झण्डै ५२ करोडभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर >> बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना >> गैडहवामा अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता सुरु >> माओवादी एक्लै हिंडेपछि जनताले विश्वास गर्न थालेः प्रचण्ड >> गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंगलबार पेसी >> भुपाल बने लायन्स दौडको विजेता >> रगत अभियानलाई थप प्रभावकारी बनाउन सुझाव >> पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्’ >> नेकपा एसकाे सचिवालय बैठक जारी (फोटोफिचर) >> कर्णालीमा पुर्नगठित मुक्ति मोर्चाद्धारा चरणबद्ध कार्यक्रमको घोषणा >> सेयर बजारमा उच्च कारोबार: नेप्से परिसूचकमा वृद्धि >> सांसद राईलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश >> गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

प्रेरणाका स्रोत: भोजबहादुर सर

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

पाल्पा जिल्ला, तिनाउ गाउँपालिका वडा नं.३ को झुम्सा बजारमाथि तिलोत्तमा माध्यमिक विद्यालय छ । यही विद्यालयबाट २०७१ सालमा उमेरहदका कारण निवृत्त भएका हुन् भोजबहादुर रायमाझी सर । जुंगाको रेखी बस्नेबेला उनी शिक्षक बनिसकेका थिए । कूल ४० वर्ष शिक्षण सेवामा बिताए । उनको सुरुआती अध्यापन विद्यालय दोभान मावि,दोभान नै हो । २०११ सालको कार्तिक १३ गते साविकको पीपलडाँडा गाविस (हालको रम्भापानी गाउँपालिका वडा नं.३) अंगाहा खोलामा जन्मेका उनी अहिले झुम्सा पलन्दर टोलमा बस्दै आएका छन् ।

भोजबहादुर सरले औपचारिक रूपमा आइएल् उत्तीर्ण गरेका छन् । उनले आइएड् सरहको तालिम प्राप्त गरेका थिए । उनले तिलोत्तमा माविको प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक बहन गरेका थिए । त्यतिमात्र होइन तिलोत्तमा माविको शैक्षिक उन्नयनको यात्रालाई काँध थाप्ने गहन काम गरेका थिए । भरपर्दा र जाँगरिला प्रअका रूपमा यसक्षेत्रमा उनलाई नचिन्ने कोही छैनन् । उनकी जेठी छोरी अनिताका अनुसार बाबा भोजबहादुर रायमाझी अत्यन्तै मिजासिला, सरल र रसिला छन् । उनको यही बानीले गर्दा सबैका निम्ति भोजबहादुर सर प्रिय भएका छन् । आँखामा राख्दा पनि नबिझाउने खालका छन् । उनलाई विद्यार्थीले कहिल्यै नबिर्सिने सरको संज्ञा दिएका छन् । नयाँदेखि पुराना सबै शिष्यहरूलाई सजिलै चिन्न सक्ने असाधारण खुबी रहेकै कारण सबैका प्रिय बनेका भोजबहादुर सरलाई सायदै बिर्सिएलान् ! कसैले ।
कृष्णा रायमाझी भोजबहादुर सरकी जीवनसंगीनी हुन् । पहिले उनले पनि अध्यापन गर्थिन् । अचेल दुबैजना घरमै हाासीखुसी रमाउँदै जीवन बिताइरहेका छन् । जेठी छोरी अनिता र कान्छी छोरी अजिताका अभिभावक भोजबहादुर र कृष्णाका तीन नातीनतिना छन् । जेठीछोरीतर्फ नाती र नातिनी छन । ठूला ज्वाइँ अधिवक्ता हुन् । जेठी छोरी अनिता प्रोजेक्टमा जागिर खान्छिन् । कान्छी छोरी अजिता बाबुकै पेसामा तल्लीन छन् । कान्छा ज्वाइँ सरकारी स्थायी शिक्षक हुन् । जेठीले स्नातकोत्तर र कान्छीले स्नातक तह पूरा गरेका छन् ।

भोजबहादुर सर एकपटक झण्डै मृत्युको मुखमा पुगेका थिए । समयमै औषधी उपचारका कारण आज हामीले देख्न पाएका छौं । त्यसपछि सन्तानको माया र स्नेह सरप्रति झन् बढेको छ । सरले पनि दुई छोरीहरू र मेडमलाई स्नेहको अंगालोमा झनै कसेका छन् । अनिता र अजितालाई दाइभाइको अभाव कहिल्यै भएन । न बाबाआमाबाट छोरीहरूप्रति हेयको भाव कहिल्यै प्रकट गरे । दुई सन्तानका खुसीले रायमाझी दम्पत्ति सधैं पुलकित छन् । भोजबहादुर सरले दुबै छोरीलाई बिहे नहुँदै आफू पुगेका ठाउँमा सँगै लैजान्थे । सबैकाबीच छोरीहरूलाई चिनाउने प्रयत्न गर्थे । गाउँले सबैले आफ्ना बाबाको उच्च प्रशंसा गरेको सुन्दा छोरीहरू दङ्ग पर्थे । उनीहरूलाई लाग्थ्यो रे–हामीहरू पनि बाबाजस्तै कहिले बनिएला ? सकिएला त हामीहरू पनि बाबाजस्तै उदाहरणीय बन्न ?

भोजबहादुर सर निवृत्त भएपछि आफ्नै घर वरिपरि रहेको दुई रोपनी जग्गामा रमाई रहेका छन् । उनले त्यहाँ रुखकटहर, भूइँकटहर, कागती, अमिलो, बडहर, कुट्मेरा, तरुल,आँप, मेवा, नास्पातीका बोटहरूमात्रै होइन आलु समेत फलाएको देख्दा दड्ड परिन्छ । अष्ट्रेलियन बनानाका घरी देख्दा त मनै फुरुड्ड हुन्छन् । उनका बारीमा सयभन्दा बढी केराका बोटहरू छन् । त्यसमध्ये पचास जति बोटले धान्नै नसक्ने गरी केरा फलाएका छन् । सरदर उनले वर्षमा दुईलाख जति फलफूलबाट आम्दानी गर्दै आएका छन् । पेन्सन छँदैछ । पेन्सन पाकेपनि मनमा टेन्सन कम छ । उनका बगैँचामा कागती र अमिला रमाइ रहेका छन् । मेवा पनि देखिन्थे । पाकेको केरा चार कोसा खाँदा मुखमा चिनी नै घोलेजस्तै भो । भोजबहादुर सरका मिहिनेत भेटिन्छन् फलफूल बगैंचामा । उनका पसिना तिनै फलफूलमा मस्कि रहेका देखिन्थे । कृषि कर्ममा कम्मर कसेर लागेका रायमाझी दम्पत्ति आफ्नो फलफूल बगैँचा देख्दा मख्ख छन् अनि खुसी पनि उस्तै ।

कृष्णा मेडमले पनि सरको कृषि कर्मलाई साथ दिइरहेकी छिन् । छोरीहरू बिहे भई गएपछि उनीहरूका सन्तान भनेकै तिनै फलफलका बोटविरुवा भएका छन् । अति नै स्याहार सुसार गर्छन्,। मलजल गर्छन् । जब फलफूलका बोटमा फूल खेल्छन् ती दम्पत्तीका मनमा पनि दीयो बल्ने गर्छन्–खुसीका । खुसी साट्छन् उनीहरू आफ्ना परिश्रम, सीप र जाँगरमा । मख्ख पर्छन्–जब फूलमा फल लाग्न थाल्छन् । उनीहरूका मिहिनेत देख्दा ईष्र्या नै जागृत हुन्छन् ।

निवृत्त जीवन यसरी नै चल्दै आएको छ भोजबहादुर सर र कृष्णा मेडमको । ढुकुरका लालजोडी जस्तै छन् उनीहरू । मनको डोरीले माया बाटेका छन् । भोजबहादुर सरका जीवनयात्रा अतिनै उदाहरणीय र रमणीय छ । उनका शिष्यहरू चिकित्सक, अभियन्ता, वकिल र शिक्षकहरू छन् । आफ्ना शिष्यहरूका उन्नति र प्रगतिले भोजबहादुर सर अतिनै सन्तुष्ट छन् । उनका खुसीले सगरमाथा चुम्न खोज्छन् । खुसी र सुखका साथ आफ्नो निवृत्त जीवन बिताई रहेका भोजबहादुर सर सबैका लागि नमूना शिक्षकमात्र होइनन् उदाहरणीय कृषक हुनभन्दा फरक नपर्ला !

चाडपर्वहरूमा छोरीज्वाइँ, नातीनतिना घरमा आइपुग्दा रायमाझी दम्पत्ति खुसीले जुरुक्कै उचालिन्छन् । छोरीहरूले पनि बाबाआमाका स्नेह प्राप्त गरिरहन पाउँदा सुखको लामो सास तान्छन् । बाबुआमाप्रति कृतज्ञ हुन्छन् । आफूहरूले गतिला अभिभावक पाएकोमा धन्य छन् । छोरीहरूकै कारण आफूले सुखानुभूति गर्न पाएको भोजबहादुर सरले सुनाउँदै थिए । सबैका प्रेरणाका स्रोत भोजबहादुर सर तिनाउ क्षेत्रकै शैक्षिक आइकोन हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?