© २०२३
रोल्पा, १७ असोज ।
खाद्यान्न, दुध र अण्डामा परनिर्भर रहेको रोल्पा मासुमा भने आत्मनिर्भर देखिएको छ । ७० प्रतिशत अण्डा, २२ प्रतिशत दुध र ९३ प्रतिशत माछा अपुग हुदा मासुमा भने आत्मनिर्भर भई जिल्ला वाहिर समेत निर्यात हुन थालेको छ । मासुका लागी वोईलर कुखुरा जिल्ला बाहिरवाट आयात गर्नु पर्ने भएपनि खासी, वोका र वंगुर भने निर्यात हुने गरेको छ । खसीबोका र वंगुर निर्यात गरेर यहाँका किसानले वर्षेनी करोडौ रूपैयाँ आम्दानी समेत गर्न थालेका छन ।
रोल्पाका किसानले गत वर्ष जिल्ला वाहिर खसी वोका निर्यात गरेर २२ करोड ३८ लाख ५३ हजा रूपैयाँ आम्दानी गरेका छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार रोल्पाका किसानहरूले सो वर्ष तेह्र हजार ५६७ वटा खसी बोका जिल्ला बाहिर निर्यात गरेका थिए ।
सोही वर्ष जिल्लाबाट करिब १ हजार वंगुर निर्यात भएका थिए । वंगुर निर्यातवाट रोल्पाका किसानले करिव ३ करोड आमदानी गरेका थिए । भेडाको १ हजार ५०० किलो उनबाट ७ लाख ५० हजार आमदानी भएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको अभिलेखमा उल्लेख छ ।
जिल्लामा वितेका दुई वर्षमा अन्य पशुपालनको संख्या घट्दै गएपनि मासुका लागि पालिने वाख्रा र वंगुरको संख्या भने वृद्धी हुँदै गएको देखिएको छ । जिल्लाका किसानहरू सँग आर्थिक वर्ष ०७९/०८० मा २ लाख ३ हजार ५४२ वाख्रा रहेकामा ०८०/०८१ मा यो संख्या वढेर २ लाख ५ हजार ७४० पुगेको थियो । सो वर्ष वाख्रामा भएको वृद्धी करिव १ प्रतिशत भन्दा वढी हो । यसैगरी भेडामा समेत वृद्धी भएको देखिएको छ । आर्थिक वर्ष ०७९/०८० मा १४ हजार ३५७ भेडा रहेकोमा ०८०/०८१ मा यो संख्या १४ हजार ४२२ पुगेको थियो । वढेको यो संख्या ०.४५ प्रतिशत हो । यहाँका किसानले आर्थिक वर्ष कुखुरा ०७९/०८० मा ३ लाख ६९ हजार कुखुरा पालन गरेकोमा ०८०/०८१ मा यो संख्या करिव २ं५ प्रतिशतले वृद्धी भई ३ लाख ७८ हजार पुगेको थियो ।
आर्थिक वर्ष ०७९/०८० मा १ लाख ५ हजार गाई रहेकामा ०८०/०८१ मा यो संख्या घटेर १ लाख ३ हजार पुगेको थियो । विगत दुई वर्षको तुलना गर्दा जिल्लामा भैसीको संख्यामा पनि उल्लेख्य गिरावट आएको थियो । आर्थि बर्ष ०७९/०८० मा ५४ हजार भन्दा वढी भैसी रहेकोमा ०८०/०८१ यो संख्या करिव ४३ प्रतिशतले घटेर मा ३० हजार ७०० सयमा झरेको थियो । ती दुई वर्ष गाई र भैसीको दुध समेत घटेको थियो । आर्थिक वर्ष ०७९÷०८० मा १६ हजार ८८९ मेटिक टन दुध उत्पादन भएकोमा ०८०/०८१ मा उत्पादनमा १ प्रतिशत भन्दा वढी गिरावट आई १६ हजार ६०० मेटिक टन मात्रै उत्पादन भएको थियो ।
रोल्पामा पशुपालन, तरकारी र फलफुलको मेघा प्राजेक्ट चलाउन सकिने लुम्विनी प्रदेश सभा सस्दय दिपेन्द्र पुनमगरको भनाई छ । विप्रेशनमा आधारित अर्थतन्त्र राम्रो होईन, आफ्नै उत्पादनवाट आउने अर्थतन्त्रले मात्रै देशको आर्थिक विकास गर्न सक्छ सांसद पुनले भने । अहिले खसी वोका र वंगुरहरू ठूलो संख्यामा जिल्ला वाहिर निर्यात भईरहेका छन, यसले पनि पशुपालन क्षेत्रको सुखद भविष्यको संकेत गर्छ पुनले भने । आयातित खाना खाएर आत्मनिर्भरताका नारा लगाउने काम भईरहेको वताउदै सरकारले समेत कृषि क्षेत्रलाई प्राथमिता दिने भने पनि वजेट भने हरेक वर्ष घटाउने गरेको गुनासो गरे ।
रोल्पा पशुपालनको दृष्टिले उर्वर भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका वरिष्ट पशु विकास अधिकृत डा. शंकर न्यौपानेको भनाई छ । किसानहरूमा संस्थागत ढंगले अभिलेख राख्ने कुराको कमी हुँदा हरेक वर्ष उनीहरूलाई उत्पादनमा आधारित अनुदान दिन नसकिएको न्यौपानेको भनाई छ । मासुमा अनुदान दिने गरी कार्यक्रम आउने गरेको र किसानहरूको व्यवस्थित अभिलेख नहँुदा त्यस्तो वजेट फिर्ता हुने समस्या रहेको डा.न्यौपानेको भनाइ छ । लम्कि स्कृनका कारण अघिल्ला वर्षहरूमा रोल्पामा चार हजार वढी पशु मर्दा समेत जिल्लामा पशुको संख्या घट्न गएको उनको भनाई छ ।
जिल्लामा यतिधेरै पशुपालन भएपनि पशुधनको सुरक्षणमा भने खासै चासो देखिदैन । किसानको पशुधनको सुरक्षणका लागी पशु विमा कार्यक्रम लागु भएपनि यहाँका निकै कम पशुको मात्रै विमा गरिएको छ । जिल्लामा ६८७ वाख्रा, ६४ भैसी, १२ गाईगोरु, ९ वंगुर र २ भेडा गरी ७७४ पशुधनको मात्रै विमा गरिएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अभिलेखमा उल्लेख छ ।
पशुपालनको दृष्टिकोणले पनि रोल्पाको भौगोलिक अवस्था र हावापानीलाई उत्तम मानिन्छ । यहाँको करिव २४ प्रतिशत क्षेत्र चरणको लागी उपयुक्त रहेको छ । जिल्लामको ८४ प्रतिशत जनसंख्या पशुपालनमा आश्रीत रहेको वताईन्छ । जसमा ४४ हजार १०० किसान परिवारले पशुपालन गर्दछन । यति ठूलो संख्यामा किसानहरू आश्रीत रहेपनि उनीहरूको प्राविधिक सहयोगका लागी खटिने पशु प्राविधिकको संख्या भने निकै कम छ । पालिकामा कार्यरत ४६ र विज्ञ केन्द्रमा कार्यरत २० गरी ६६ जना प्राविधिकहरूले यहाँका किसानहरूलाई यो सेवा दिईरहेका छन । पशु क्षेत्रका एक जना प्राविधिकले यहाँका ६६८ घरधुरीको सेवा गर्नु पर्ने वाध्यता रहेको छ । सरकारले उपलव्ध गराउने वजेट अनुपात समेत निकै न्यून हुने गरेको छ । पशु पालन क्षेत्रमा विनियोजित कुल वजेटको अनुपात एक जना किसनालाई एक हजार ११२ रूपैयाँ मात्रै पर्ने गरेको देखिन्छ ।