ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

सरकारको कृषि कार्यक्रमः नीतिमा प्राथमिकता र बजेटमा उपेक्षा

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

नवलपरासी, १५ असोज ।
राष्ट्रिय बजेटमा वृद्धि हुँदै बजेट भाषण भए पनि जिल्लास्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा अगामी बर्षको योजना सार्वजनिकीकरण गर्दा सो तथ्याँक देखाएका हुन् ।

बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्र नाथ चौवेले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको उनले तथ्याँक प्रस्तुत गर्दै बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरूले पहल गर्नका लागि आग्रह समेत गरेका थिए । उनका अनुसार विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह हेर्दा पहिलो बर्ष १ करोड ६० लाख,दोश्रो बर्ष १ करोड ३० लाख, तेश्रो बर्ष ८७ लाख,चौथो बर्ष ५८ लाख र अहिलेको पाँचौ बर्षमा ४६ लाखमा बजेट झरेको छ । जुन बेला १२ अर्बको राष्ट्रिय बजेट थियो, त्यो बेला बजेट डेढ करोड बढि आउने र अहिले १९ अर्बको राष्ट्रिय बजेट सरकारले ल्याउदा बजेट घटेर ४६ लाखमा झर्नु के कारण होला ? उपस्थित किसानले चाँसो समेत राखेका थिए ।

उनका अनुसार जिल्लाको घरधुरी र जनसँख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरू रहेको अवस्था छ । यसले कतिको प्रभावकारी कृषि सेवा प्रवाह गर्न सक्छन् ? यो अवस्थाले पनि सरकारले नीति कार्यक्रममा कृषि क्षेत्र प्राथमिकता देखाउने तर बजेट र जनशतिm कमजोर बनाउदै कृषि क्षेत्रलाई उपेक्षा गरिँदै आएको तथ्याँकले नै देखाउने गरेको जिसस प्रमुख भगौती प्रसाद यादवले बताएका थिए । यसका लागि सरकारमा जाने र सरकार बनाउने जिल्लाका साँसदहरूले सोच्नु पर्नेै कुरा उनले औंल्याएका थिए ।

जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर रहेको छ,तर तरकारी दलहन र तेलहनमा आत्मनिर्भर बन्न सकेको छैन् । कृषि ज्ञान केन्द्रमा सुन्य बेरुजु रहेको अवस्थाबारे जानकारी ज्ञानकेन्द्रको प्रस्तुतीमा देखाईएको थियो । कृषि प्रतिको सरकारी उदासिनता रहेको लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले पनि स्वीकार गरेका थिए । संघिय सरकारले प्रदेश सरकारको बजेट कटौती गर्दै जानु र घाटा बजेटले पनि बजेटमा समस्या ल्याएको उनको भनाई थियो । कृषि क्षेत्रको विकासले मात्रै देश आत्मनिर्भर बन्न सक्ने जनाउदै उनले कृषिका लागि मल, जल, कृषि यन्त्रको समस्या समाधान हुनु पर्ने यसका लागि तिन तहकै सरकारले समन्वय गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%