ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु समुदायको ढकेहर संस्कृति जोगाउन वृत्तचित्र निर्माण गरिंदै

१४ आश्विन २०८१, सोमबार
१४ आश्विन २०८१, सोमबार

दाङ, १४ असोज ।

दाङ देउखुरीमा बसोबास गर्दै आएका थारु समुदायको ढकेहर सम्बन्धी कृयाकलापलाई जोगाउन वृत्तचित्र निर्माण गर्न लागिएको छ । लोपोन्मुख ढकेहर सम्बन्धी वृत्तचित्र निर्माणको सुरुवात गरिएको छ । थारु समुदायमा ढकेहरको अवस्था यसको धार्मिक, सांस्कृतिक महत्व संरक्षण गर्न वृत्तचित्रले भूमिका खेल्ने विश्वासका साथ काम हुन लागेको बताइएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीको आयोजना, थारु कल्याणकारिणी सभा गढवा गाउँपालिका स्तरीय समितिको सहआयोजना एवम् गढवा गाउँपालिकाको आर्थिक सहयोगमा वृत्तचित्र निर्माण गर्न लागिएको हो ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले थारु जातिको पहिचानका रुपमा रहेको ढकेहर सम्बन्धी परम्परा जोगाउन पालिका गम्भीर रहेको बताइन् । प्रकृति पूजकका रुपमा परिचित थारु समुदायमा ढकेहरको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताइन् । थारु कला, संस्कृति, तान्त्रीक शब्द परम्पराहरु लोप हुन थालेकाले यसलाई संरक्षण गर्नुपर्ने उनको धाराणा थियो । पुराना संस्कार, संस्कृति पुस्ता हस्तान्तरण गर्न चुनौती थपिएको बेला वृत्तचित्रले लोप हुन लागेको ढकेहर परम्परा जोगाउन सहज हुने उनको भनाई छ ।

वृत्तचित्र निर्माण संयोजक एवम् अनुसन्धान कर्ता उदय आलेले थारु जातिको दैनिक परम्परा, सांस्कृतिक, तान्त्रिक विधिलाई संग्रह गर्न तथा लिपि गर्न सघाउने, थारु सममुदायको जीवन उल्लेख गरिएको धारा प्रवाह गीतको विषय सन्दर्भ पत्ता लगाउन वृत्त चित्र तयार गर्न थालिएको अनुसन्धान कर्ता आलेले बताए । उनले यो लोपहुन थालेको तान्त्रिक बिधिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न वृत्तचित्र बनाउन कम्तीमा एक साता दैनिक रुपमा ढकेहरले ढाक बजाउँदै गीतिकथा सुनाउने हुँदा कम्तिमा ५० घण्टा समय लाग्ने बताए । यसले भोलिका दिनमा थारु जातिको ढकेहर विषयलाई देश विदेशमा पनि उजागर गर्ने महत्वपूर्ण दस्तावेज बन्ने बताए ।

ढकेहर तान्त्रिक बिधिका गुरुवा आसाराम चौधरीले गढवा गाउँपालिकामा आफूमात्रै भएको र आफूभन्दा पछिका पुस्तालाई जानकारी गराउन वृत्त चित्रले सहयोग पुग्ने इतिहास जीवित रहने बिश्वास गरे । लोप हुन लागेका संस्कार संकृतिलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए ।

के हो ढकेहर संस्कृति

प्राचीन कालदेखि तराई क्षेत्रको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विभिन्न जिल्लामा बसोवास गर्ने थारु जाति नेपालको एक आदिवासी जनजाति हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ । जसमध्ये दाङ जिल्लामा थारुहरुको जनसंख्या १७८३८१ रहेको छ । थारु जातिमा विभिन्न थर उपथरहरु पाइन्छ । यस जातिको बसोवास स्थानअनुसार थरहरुमा भिन्नता रहेको छ ।

थारु जातिमा रहेका विभिन्न थर उपथरहरुमध्ये ‘ढकहेर’ एउटा थरको नाम हो । ढकहेरको थारु समाजमा भिन्नै चिनारी रहेको छ । यिनीहरुको आफ्नो विशिष्ट परम्परागत पेशा र संस्कृतिका कारण थारु समुदायमा यस समूहको बेग्लै ऐतिहासिक महत्व रहेको छ ।

ढकहेर थारु समाजभित्र रहेका प्रगन्नामा गीत गाउने, उपचार गर्ने र धार्मिक–सामाजिक अनुष्ठानहरुमा मुख्य भूमिका निर्वाह गर्ने पुरेत हो । केही वर्ष पहिलेसम्म ढकहेरले थारु गाउँको घर घरमा ढाक र छेम्या बजाएर गीत गाउने र त्यसवापत अन्न, पैसा दान दक्षिणा लिने चलन थियो । ढकहेरले विशेषगरी हरेरी पूजा ९रजावर म¥वा०मा खेटौटी, गुरबाबक जल्मौटी, कनौटी, फुल्वार (बर्की र छुटकी) आदि लोककाब्यहरु गाउने गर्दछन् । त्यसैगरी थारु समाजमा बच्चाबच्ची नभएका महिलाहरुको कोख पूजा गर्ने, महिनावारी बिग्रेको, टाउको दुखेको, सर्पले टोकेकोलाई झारफुक गर्नुका साथै जडिबुटी पनि गर्ने गर्दछन् ।

ढकहेर थारु जातिभित्रको लोपोन्मुख समूह हो । अहिले यस समूहमा आफ्नो परम्परागत पेशा गर्नेको संख्या लोपोन्मुख अवस्थामा रहेको छ । ढकहेरले गाउने र बजाउने ढाक बाजा अन्य जातिमा गाउने र बजाउने गरेको पाइदैन । ढकहेर दाङ जिल्लाको देउखुरी उपत्यकामा बसोवास गर्दछन् । यहीँ बाटै विभिन्न समयमा बसाइ सरी पूर्वमा कपिलवस्तु र पश्चिममा कञ्चनपुरसम्म पुगेको ढकहेरले बताउने गर्दछन् । हाल देउखुरीको गढवा गाउँपालिकाको मानपुर र लमही नगरपालिकाको गुर्जिहवामा ढकहेर बस्ने गर्दछन् । तीमध्ये मानपुरका आशाराम ढकहेर चौधरीले आफ्नो परम्परागत पेशालाई निरन्तरता दिएको पाइन्छ ।

देउखुरीया थारु समुदायमा परम्परागत संस्कृतिमध्ये ढकहेरी एक महत्वपूर्ण प्रथा हो । वषौँ पहिलेदेखि परम्परागत रुपमा चल्दै आएको ढकहेर प्रथा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । यस प्रथामा अन्तर्निहित थारु जातिको इतिहास, जीवन दर्शन, ज्ञान, लोककला, धार्मिक–सांस्कृतिक अनुष्ठानका विधिहरु हराउन थालेको छ । यस प्रथाको संरक्षण, उजागर र उन्न्यन अहिलेको अपरिहार्य आवश्यकता हो । त्यसैले पूर्ण रुपमा लोप हुनु अगावै ढकहेरले गाउने गीतको सङ्कलन र वृत्तचित्र निर्माण गर्न सकियो भने भविष्यका लागि संरक्षण र नयाँ पुस्तामा यस्को महत्व उजागर हुनेछ ।

लोपोन्मुख अवस्थामा रहेको ढकहेर प्रथाको लागि अहिले देउखुरी उपत्यकामा विधिविधानसहित पूर्ण रुपमा गाउन सक्ने एक जना आशाराम ढकहेर चौधरी मात्र स्रोतव्यक्तिका रुपमा उपलब्ध हुनुहुन्छ । उहाँ गढवा गाउँपालिका– ७, मानपुरमा बस्ने गर्नुहुन्छ । वृत्तचित्र निर्माणका लागि उहाँले सहमति दिनुभएको छ । स्रोतव्यक्ति आशाराम ढकहेरबाट नै सात दिनसम्म गीत सङ्कलनका साथै छायाङ्कन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?