ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

युवाले खनेको ‘शहरको पँधेरो’

हाम्रो सपनालाई मर्न दिएनौं । प्रत्येक दिन पानीका लागि सपना देखिरह्यौं । जुटेका १५ जनाको संर्घषले केहि समयमा हामी बोरिङ्गको पानी निकाल्न सफल भयौ । वितरण कसरी गर्ने पाईप छैन त्यसपछि फेरी हामीले १० हजार रुपिँया प्रत्येक घरबाट उठाएर पाईपका माध्यमबाट पानी वितरण शुरु भयो । त्यो क्षणको खुसीको कहाँ नापेर सक्नु ?
१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

बुटवल, १२ असोज ।
पातलो बस्ती । मुल बाटो वरपर जता हेरे पनि खेत । यो २०६७ साल तिरको कुरा हो । भएका पातलो बस्ती खानेपानीको अभाव । पानीका लागि समय कुर्नुपर्ने अवस्था । कहिलेकाहीँ पानी नै नआउने । वर्षाको समयमा कहिलेकाहीँ धमिलो पानी । खानेपानीको समस्याबारे बुटवल–११ देवीनगरका भरत पाठकले त्यसरी वर्णन गरे ।

देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रहेको पाठक भन्छन्, त्यसबेला पानी अभावलाई पार लगाउनुपर्छ भन्ने लाग्यो । र, बोरिङ्ग गाडेर भए पनि पानीका लागि सहज वातावरण बनाउन हामी १५ जना युवाले अटोठ ग¥यौं । तर हामीले सोच जस्तो सहज वातावरण थिएन । त्यसबेला हामीलाई समुदायबाट पत्याउनेको संख्या निकै कम थियो । १४ वर्ष अगाडी त्यसमाथि पनि म बाहिरी जिल्लाबाट बसाई सरेर आएको व्यक्ति ।

१५ जना यूवाको पानी संघर्ष
गाँउ टोलबासीलाई जसरी भए पनि पानीको अभावबाट छुटकारा दिलाउने अभियानमा लागिरह्यो, उनले भने । सबैका घर घरबाट १५ हजार रुपियाँको दरले संकलन ग¥यौ । सामान्य बोरङ्गिको पानी खुवाउने उद्देश्य थियो त्यतिवेला । त्यो समयमा खानेपानी अफिसका लागि घडेरी किन्ने अवस्था नि थिएन । त्यसैले अहिलेको यो ठाउँ जुन स्थानलाई त्यसबेला सिसौघारी भन्ने प्रचलन थियो । यहाँबाट पानी निकाल्ने भवन बनाउने भन्ने सोच भयो । तर यो कुरा पनि पत्याउन त्यो समयमा गाह्रो थियो । खोलाको छेउबाट कसरी पानी आउला र कसरी यी अल्लारे केटाहरूले पानी देलान ? विश्वास कम थियो ।
हाम्रो सपनालाई मर्न दिएनौ । प्रत्येक दिन पानीका लागि सपना देखिरह्यौं । जुटेका १५ जनाको संर्घषले केहि समयमा हामी बोरिङ्गको पानी निकाल्न सफल भयौ । वितरण कसरी गर्ने पाईप छैन त्यसपछि फेरी हामीले १० हजार रुपिँया प्रत्येक घरबाट उठाएर पाईपका माध्यमबाट पानी वितरण शुरु भयो । पानी वितरण गर्दाको त्यो क्षण असाध्यै खुशी भयौं ।
ठुलो सफलता प्राप्त भएको महसुस भयो । हामीले त्यसबेला जता पाईप छ नजिक छ त्यही ठाँउमा मात्र पानी दिने गरी काम शुरु गरेका थियौं ।

कामको निरन्तरताले सरकारको साथ
पाठक अहिले देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हुन् । उनले भने समस्या समाधान गर्न हामीले विष्णु पौडेल अर्थ मन्त्री हुदा हामी काठमाडौ नै पुरेर समस्या राखेका थियौ । हाम्रो समस्या साझा थियो । त्यसैले सरकारबाट सम्बोधन भयो र हामी अहिलेको अवस्थामा आईपुगेका छौ । भौतिक संरचना र पानीका लागि आवश्यक पर्ने सरसाम्रगीहरू सहज रूपमा सरकारका तर्फबाट आउँदा हामीलाई आर्थिक बोझ हटेको छ ।
त्यसैको फलस्वरूप हामीले सामाजिक काम गर्न पाएका छौ । सदस्यहरूबाट उठाएका केहि रकम हामीले फिर्ता गर्ने अभियानमा छौ । २०७३ सालबाट सरकारले पटक पटक गरेर संस्थालाई करिव ६ करोड बराबरको आवश्यक पर्ने सामानहरू उपलब्ध गराएको छ ।
पहिले हामीले सदस्यहरूबाट नै आर्थिक संकलन गरेर पानी खुवाउनु पर्ने बाध्यात्मक अवस्था थियो । तर अहिले हामीले यस क्षेत्रमा बासिन्दाहरूलाई शुद्ध पानी खाने अवस्थामा ल्याएका छौ । अझै धेरै गर्नुपर्न कामहरू छन्, पाठक भन्छन् । यो १४ वर्षको बीचमा हामीले जेजस्तो संर्घष गरे पनि अहिलेको अवस्था सबल बन्दै गईरहेको छ । त्यसका लागि पछिल्लो पटक सबै टोलबासीको योगदान कम महत्वपुर्ण छैन् ।

ओभरहेड टंकीमा तामाको प्रयोग
हामीले करिव १ विगाह क्षेत्रफलबाट खानेपानी र यसका सहयोगी कार्यक्रम चलाइरहेका छौं । उक्त संस्थाले तीनवटा बोरिङ्ग, पानीलाई शुद्ध बनाउने उद्देश्यले तामाको पाता सहितको ओभरहेड टंकी छ । पानीलाई चार्ज गर्ने रिचार्ज पोखरी रहेको संस्थाका व्यवस्थापक दुर्गाप्रसाद श्रेण्ठले जानकारी दिए । रिचार्ज पोखरीमा जमिनका पानी सकलनका लागि जालि भएको १० ईन्चको पाईप गाडिएको छ । यसले जमिन भित्र पानी पठाउन सहयोग गर्छ । यो खानेपानी संस्थाले अहिले बुटवल उपमहानगरपालिकाको ११ नं वडाका तल्लो भागका बासिन्दाहरूलाई सेवा प्रदान गरेको छ । यहाँ अहिले ११ सय ११ जना खानेपानीका उपभोक्ता सदस्य रहेका छन् । उनीहरूले अहिले न्यूनतम ९० रुपियाँमा १० हजार लिटर पानी २४ औ घण्टा प्रयोग गर्न पाईरहेका छन् ।
त्यसै गरी ११ देखि ३० युनिट सम्म १५ रुपियाँ, ३१ देखि ५० युनिटसम्म २० रुपियाँ र ५१ देखि माथि २५ रुपिँयाका दरले महसुल उठाउने गरेको व्यवस्थापक श्रेष्ठले बताए । यसरी जति धेरै पानी प्रयोग हुन्छ त्यसरी शुल्क तोकिएको छ । यसरी व्यवस्थापन गर्दा पानीको जथाभावी प्रयोगमा नियन्त्रण भएको संस्थाका अध्यक्ष भरत पाठकको बुझाई छ । उनी भन्छन्, पानीलाई हामीले संचित गर्न सक्नुपर्छ । आकासबाट पर्ने पानीलाई नै हामीले संचित गरेर खानेपानीका रूपमा प्रयोग गरेका छौ । पानीलाई खेत र करेसाबारी लगायतका ठाँउमा प्रयोग गर्ने बढी पैसा तिर्नु पर्ने उनको तर्क छ ।

टोलवासीको दुख्खमा साथ
संस्थाले पछिल्लो समयमा सामाजिक कार्यहरू गरिरहेको छ । टोलबासीहरूको दुख्खमा साथी बनिरहेको छ । कुनै एक परिवारको सदस्यको मृत्यु भयो भने राहत स्वरूप ५० हजार रुपियाँ दिने संस्कारको विकास गरेको छ । त्यसै गरी कोरोना महामारीमा आफना टोलवासी सदस्यहरूलाई दैनिक जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले ५ हजार रुपिँया दिएको बताए । त्यसैगरी टोलमा डेरा गरी बस्ने परिवार र सुत्केरीहरूलाई राहत साम्रगी प्रदान गर्ने गरेको छ ।
त्यसैगरि खानेपानी, सरसफाइ र सदस्यहरूबाट संकलन भएको रकमलाई सदस्यता कल्याणकारी कोष स्थापना गरिएको संस्था अध्यक्ष पाठकको भनाई छ । कोषमा अहिले १५ लाख रूपियाँ छ ।
संस्थाले खानेपानी र सरसफाई एक आपसका परिपुरक भएको भन्दै सरफाईका लागि जनचेतना जगाउनुका साथै आफनै ट्याक्टरले हप्तामा दुईपटक गाँउटोलको फोहर संकलन गर्ने गरेको बताए । यसले कोरोना महामारीमा पनि फोहरको समस्या टोल वासीले भोग्न नपरेको बताए । त्यसै गरी संस्थाले यस क्षेत्रमा रहेका विद्यालयहरू न्यूहोराईजन, ईन्टलेक्च्युअल एकेडमी, मणिमुकुद र देवालय मन्दिर योगीकुटीको समेत फोहर संकलन गरिरहेको बताए ।

सडक बटुवालाई खानेपानी सार्वजनिक शौचालय
देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले यात्रुको आवश्यकतालाई ध्यानमा राखेर देवसिद्धचोकमा केहि समय अगाडीबाट पिउने पानी र सार्वजनिक शौचालयको निमार्ण गरेको छ । यसरी सार्वजनिक अरू थप चार ठाँउमा पनिबाटो हिड्नेहरूका लागि खानेपानीको व्यवस्था गर्न लागेको अध्यक्ष पाठकले बताए । उनले अब संस्थाले सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेर कामहरू गरिरहेको बताए ।
उनले पानी आवश्यकताको महसुस गर्ने यस क्षेत्रका बासिन्दाहरूलाई निवेदन दिएको दुईदिन भित्र नै धारा जडान गरिदिने बताए । त्यसै गरि आफनो कार्य क्षेत्रका सबै घरहरूमा २४ औ घण्टा पानी सहज रूपमा उपलब्ध हुने भएका कारणले सदस्यहरू पानी तान्नका लागि मोटर प्रयोग गर्न नपरेको बताए । यसले गर्दा उपभोक्ताको विद्युत बचत समेत भएको छ । उनले संस्थाले पानीको गुणस्तर नाप्नका लागि कार्यालयमा नै ल्यावको व्यवस्था भएको । सकेसम्म दैनिक रूपमा नै पानीको गुणस्तर नापेर उपभोक्ताहरूको घर घरमा शुद्ध पानी पु¥याउने योजना सुनाए । त्यो सँगै संस्थाको भौतिक पूर्वाधारहरूलाई पनि सबल बनाउने उद्देश्य संस्थाले बोकेको छ । अहिले देवसिद्ध खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थामा १५ जना कार्यसमिती र ५ जना कर्मचारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?