© २०२३
रोल्पा,०९ असोज ।
जलबायु परिवर्तनले रोल्पाका दलित र सिमान्तकृत समुदाय प्रभावित भएको एक कार्यक्रममा औंल्याइएको छ । जलवायु परिवर्तनले दलित र सिमान्तकृत समुदायमा पारेको प्रभाव विषयक छलफल कार्यक्रमका सरोकारवाला र दलित एवं सिमान्तकृत समुदायले सो कुरा बताएका हुन ।
जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले जलवायु परिवर्तनवाट दलित र सिमान्तकृत समुदाय अन्य समुदायको तुलनामा बढी मात्रामा प्रभावित हुने गरेको औल्याए । हिजोका शासकहरूले दलित माथि गरेको विभेदका कारण उनीहरूमा यस्ता प्रकोपबाट जुध्ने सामाथ्र्य नभएको वताए । गाउँको शिर वा खोलाको किनारामा वस्न लगाई दलित समुदाय माथि विभेद भएको वताउदै गाउँको शिरमा खानेपानीको हाहाकार हुने तथा उत्पादन समेत नहुने एबम् खोला किनारामा वाढीको जोखिम मोल्दै आएको उपप्रमुख परियारको भनाइ थियो ।
डिभिजन वन कार्यालय रोल्पाका डिभिजनल वन अधिकृत प्रेमशंकर चौधरीले जलवायु परिवर्तनको प्रभावसंग लड्ने मात्र हैन प्रभाव न्यूनीकरणका उपायमा समेत लाग्नु पर्ने वताए । अहिले जलवायु परिवर्तनको अनुकुलका काम मात्र भएको वताउदै अनुकुलका साथसाथै न्यूनीकरणको काम समेत हुनु पर्ने वताए । डिभिजन वन कार्यालयले वन क्षेत्रको संरक्षण र विकासका साथै वृक्षरोपण लगायतका हरियाली प्रवद्र्धन गरेर जलवायु परिवर्तनको न्यूनीकरणका काम गरिरहेको वताए । उपभोक्ताहरूलाई जडीबुटी खेती लगायत अन्य आयआर्जनका कृयाकलाप मार्फत अनुकुलन क्षमता वृद्धी गर्ने कुरामा समेत काम भइरहेको चौधरीको भनाई थियो । रोल्पामा हाल ६१६ वटा सामुदायिक वनहरूले जलवायु परिवर्तन सचेतिकरण लगायत सो संग संवन्धित अनुकुलन योजना वनाइ काम गरिरहेको वताए । सामुदायिक वन समूहहरूले बढाएको हरियाली र वृक्षारोपणले समेत जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न भूमिका खेलिरहेको चौधरीको भनाई थियो ।
देश संघीयतामा गएसंगै स्थानीय सरकारहरूले वातारण प्रभाव मूल्यांकन नगरी जथाभावी बाटो खन्ने होडवाजीले वन तथा वातावरण क्षेत्रको विनास भईरहेको कृषि ज्ञान केन्द्र रोल्पाका प्रतिनिधि प्रेम वलीको भनाई थियो । कृषि क्षेत्र जलवायु परिवर्तनवाट प्रभावित भएको वताउँदै यसको प्रभावसंग जुध्ने ज्ञान सीप र प्रविधिको अनुसरण गर्नु पर्ने वताए ।
दलितहरूको जग्गा जमिन निकै कम भएको र भएको जग्गा पनि उत्पादनशिल नहुँदा आफ्नै उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था रहेको रोल्पा नगरपालिका वडा नं. १ की कृषक दीपा विकले वताईन । जग्गा निकै कम छन, भएको जग्गा पनि उत्पादनशील छैनन उनले भनिन । जग्गा भाडामा ल्याएर तरकारी खेती गरी जीविकोपार्जन गर्न चाहेको वताउदै यसका लागी सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरिन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी