ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !

आर्थिक र पूर्वाधार विकासमा त्रिवेणीको जोड

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

सल्यान, २८ भदौ ।
सल्यानको त्रिवेणी गाउँपालिकाले आर्थिक र पूर्वाधार विकासलाई जोड दिँदै वर्षदिनमा १५५ वटा योजना सम्पन्न गरेको छ । सीमित श्रोतसाधनका बावजुत पनि स्थानीय नागरिकको आवश्यकता र मागलाई मध्यजनर गर्दै एक वर्षको अवधिमा १५५ योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय नागरिकको समस्या र आवश्यकता समाधान गर्नु आफूहरूको प्राथमिकता भएको जनाउदै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले मोटरबाटो निर्माण, खानेपानी, सिंचाइ, स्वास्थ्य, शिक्षा, सार्वजनिक संरचना निर्माण तथा धर्मसंस्कृती र पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको उल्लेख गरे । विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी गराउनका लागि आगामी दिनमा जनप्रतिनिधी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्दै समयमै योजना एवम् कार्यक्रम कार्यान्वयनका लागि विशेष ध्यान दिइएको उनले जनाए ।

त्रिवेणी गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक विकास तर्फ ६६ वटा र पूर्वाधार विकास तर्फ ५७ वटा योजना सम्पन्न भएका छन् । यस्तै सामाजिक विकास तर्फ २६ वटा, वन तथा वातावरण थर्फ ५ वटा र सुशासन तर्फ एउटा योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए ।

त्रिवेणीले वर्षदिनमा १०.७९ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन गरेको छ भने १४.८४ किलोमिटर सडक स्तरोन्नती र ३०० मिटर गोरेटो बाटो निर्माण गरेको छ । विद्यालय र वडा कार्यालयका लागि ३ वटा पक्की भवन, ५ वटा सार्वजनिक भवन निर्माण गरेको गाउँपालिकाले १० किलोमिटर बढी सिंचाइ कुलो निर्माण, ७ वटा खानेपानी टंकी निर्माण, २६९ घरमा धारा निर्माण लगाएतका विभिन्न कार्य सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।

३६५ दिन नै स्वास्थ्य सेवा, पशुजन्य उत्पादनमा राम्रो सुधार
यस्तै त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्नेगरेको छ । गाउँपालिका भित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । एमविविएस डाक्टर सहितको सेवा पनि दिइरहेको भन्दै त्रिवेणी गाउँपालिकाले शिक्षा र कृषिलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम अनुसार पठनपाठन सहित विद्यालय सुधारका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गाउँपालिकाबाट सञ्चालन भएका विभिन्न कार्यक्रम तथा तालिमका कारण पशुवस्तु उत्पादनमा पनि राम्रो सुधार भएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाई छ । उनका अनुसार त्रिवेणी गाउँपालिकामा पार्षिक चार लाख ९४ हजार ४८० लिटर दुध, १३ हजार ३०० किलो माछा, दुई लाख १४ हजार किलो मासु र चारलाख आठ हजार ४३५ गोटो अण्डा उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?