ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन

२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

समयको माग बमोजिम परिवर्तन हुन सक्तछ प्रशासनिकसेवा । सार्वजनिक सेवालाई विगतकोजस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्रीजस्तो बनाउन व्यावसायिक र सृजनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् । आर्थिक, सामाजिक, नैतिक रूपमा सार्वजनिक परीक्षण गरिने पद्धतिको विकास भइरहेको छ । प्रविधिको प्रयोगले प्रशासनलाई व्यावसायिक बनाउँदै छ । सूचनाको सार्वजनिकीकरणले सृजनशील र सेवामैत्री प्रशासनलाई सुन्दर बनाउँदै गइरहेको छ । उहिलेउहिले सेवाप्रदायककहाँ सेवा लिन जाँदा कोशेलीका साथमा धाउने प्रथा थियो तर अहिले त्यस्ता प्रथाको पर्दाफास भइसकेको छ । सेवाप्रवाहमा सक्दो सुविधाहरू नविन र सरल तरिकाले प्रदान गर्नु नै सृजनशील प्रशासनको मूल्याङ्कनको मानकताका रूपमा लिइएको छ ।

व्यावसायिक र सृजनशील प्रशासनको मूल मर्म भनेकै सेवा हो । “सेवाहीः परमो धर्म” सनातनी संस्कृति हो । मिजास र मिठासले मित्रताको पहिचान हुन्छ । व्यावसायिक र सृजनशील प्रशासन समृद्धि र सुशासनको शान हो । सेवाभावबाट प्रेरित प्रशासनको माग र अभ्यास बढीरहेको छ सार्वजनिक प्रशासनमा । सृजनशीलतापूर्वक गरिने सेवाको सार्थकता सर्वव्यापी हुन्छ । सेवालाई नविनतम र सृजनशील ढङ्गबाट सञ्चालन गर्नु व्यावसायिक र सुशासनमैत्री भावना हो । सेवाप्रवाहको सिलसिला सेवाग्राहीको अनुकूलतामा चल्नसिकाउँछ सृजनशील शासन पद्धतिले । सेवालाई सरल र सहज तरिकालेसबै प्रकारका सेवाग्राहीलाई समेट्नका लागि व्यावसायिक र सृजनशील प्रशासन चाहिन्छ । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापहरूले विकास र समृद्धिलाई थप टेवा दिन्छन् । सेवामैत्री प्रशासनमा निजामती सेवालाई उच्च प्राथमिकता वा केन्द्रविन्दूमा राखिएको हुन्छ । सेवाग्राहीका समस्यालाई आत्मसाथ गरिएको हुन्छ ।

नविनताको सोच हो सृजनशीलता । विधिको शासन हो सुशासन । थीतिको प्रशासन हो । नीतिको अनुशासन हो । उचित खालको न्याय निसाफमार्फत समाजमा समन्याय र समता कायम गराउनु राम्रो शासन हो । राम्रै राम्रा कर्मचारीले भरिएको जनताको शासन हो । साधुलाई सूली र चोरलाई चौतारो नमिलोस् र नमिलाईयोस् भन्नका लागि व्यावसायिक र सृजनशील प्रशासनको पहरेदारी अपरिहार्य हुन्छ । ऐन कानुनसम्मत सञ्चालित र कर्तव्यको भावनाबाट परिचालित हुन्छ सार्वजनिक प्रशासन । निजामती सेवाले राष्ट्र, राष्ट्रियता र जनताप्रति समर्पित हँुदै सेवाभावले कार्यसम्पादन गर्दछ । संघीयताको संस्थागतीकरणसँगै व्यावसायिक र सृजनशीलको दायित्व र जिम्मेवारी अझ वृद्धि हुँदै आएको छ । राज्यको लोकतान्त्रिकरणसँगै सबै तहको प्रशासनिक सेवालाई व्यवसायिक बनाउँदै समग्र विकास र समृद्धिलाई गतिशील तुल्याउँन समद्ध पक्ष सबैको एक्यवद्धता जरुरी छ ।

बदलिदो परिस्थितिमा बुहआयामिक सेवामुखी सरकारी क्रियाकलापहरू सेवाग्राहीसम्म सिर्जनशीतासहित पुगून् भन्ने सबैका चाहना छन् ।सरल रूपमा उपलब्ध गराउँन खडा भएका छन् अनेक खालका संरचनाहरू। यिनै संरचनामार्फत कर्मचारीले सेवाप्रवाहमा जीवन्तता एवम् सृजनशीलता दिएका छन् । राज्य सञ्चालन आँफै हुँदैन । सञ्चालन गर्ने भनेको सुव्यवस्थित तबरबाट सरकारले नै हो । सरकार/’प्रशासन राज्यको मष्तिष्क हो भने कर्मचारीहरू उसका इन्द्रीय/कर्मेन्द्रीयहरू । मष्तिष्कको निर्देशनमा चल्दछन् इन्द्रीय/कर्मेन्द्रीयहरू। कर्मचारीहरू जति सृजनशील र क्रियाशील हुन्छन् त्यति मात्रामा सुशासनको प्रत्याभूति रहन्छ । मष्तिष्क र इन्द्रिय दुबैले काम गर्दा आ–आफ्नै तरिकाले सम्पादन गर्न थाले भने शरीर ठिक अवस्थामा रहन पक्कै सक्तैन । त्यसैगरी सरकार र कर्मचारी दुबैले पनि आ–आफ्नै तरिकाले काम गर्न थाले भने त्यहाँ सुुशासन पलाउन सक्तैन । आशातित प्रतिफल प्राप्त गर्न सकिदैन आपसी समन्वयको अभावमा । मष्तिष्कले आफ्ना कर्मेन्द्रियहरूको क्षमताका बारेमा जान्नु पर्दछ र कर्मेन्द्रियहरूले पनि मष्तिष्कको मान राख्नु पर्दछ । सरकारको नीति विपरित कर्मचारीले काम गर्ने वा कर्मचारीको क्षमताभन्दा बाहिरको काम सरकारले लगाउने कार्य व्यावसायिक र सृजनशीलप्रशासनका शोभा होइनन् । यसो गर्दा सृजनशीलता हुन सक्तैन र व्यावसायिकता पनि । सरकार र कर्मचारीको बुझाई एउटै भएमा मात्र सही विकास हुन्छ । सबैतिर सही विकास सही समयमा भयो भने समृद्धि समिपमै आउनेछ र सुशासनको उच्च आसन हुन्छ ।

सरकारको संरचना, उसको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवा वितरणको स्थिति, उत्तरदायित्वको न्यूनता, अपारदर्शिता, भ्रष्ट आचरण, उत्प्रेरणा, मनोवल, अनुशासन र नैतिकतामा रहेको गिर्दो अवस्था, कमजोर अनुगमन/मूल्याङ्कन पद्धतिजस्ता विषयले प्रशासनिक सेवाप्रवाहमा थप जटिलता थपिएको हो । यिनै जटिलताको निराकरण गर्दै प्रशासनमा व्यावसायिक र सृजनशीलयुक्त सुशासनलाई स्थापति गर्दै जानु पर्ने टडकारो आवश्यकता बनेको हो । सेवाग्राहीका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू बोझिला मानिएका छन् । एकभन्दा बढी निकायबाट एकै प्रकृतिका कार्यहरू सम्पादन हुँदा खासै औचित्य नदेखिने, दोहोरो रूपमा स्रोत, साधन र समयको खर्च हुने र उपलब्धी न्यून प्राप्त हुन्छ । कार्यक्षेत्र अत्यन्तै व्यापक बन्दै गइरहेको छसेवाप्रवाहको। सरकारको चाँसो र सहभागिता गैरसरकारी संस्थाबाट सञ्चालन भएका कार्यक्रममा पनि देखिन्छ । निजी क्षेत्र, स्थानीय निकाय, गैसस, नागरिक समाज तथा लोक हीत प्रयोजनार्थ स्थापित सञ्जालहरूलाई परिचालन गर्नु पर्ने देखिन्छ । सरल खालका नीति निर्माण गरी सहजकर्ताको काम गर्दै समन्वयात्मक भूमिका होस् भन्ने सबैको चाहना तीब्र छ ।

संविधानद्वारा नै देशको शक्ति केन्द्र र तल्ला तहका सरकारमा साधन र स्रोतको बाँडफाँटगरिन्छ । राज्यहरू सङ्घीय सरकारको रूपमा रूपान्तरित हुन्छन् सामुहिक उद्धेश्य प्राप्तिका लागि । जुनसुकै व्यवस्था भए पनि दक्ष, जवाफदेही, सेवामुखी, सहभागितामुलक र भरपर्दो भएमा जनतालाई खासै फरक पर्दैन । अबका दिनमा राज्य सञ्चालनको पुरानो संरचनालाई विश्लेषण गर्दा पुःनर्संरचना अर्थात सङ्घात्मक सुहाउँदो तरिकाबाट सञ्चालन गरिनु पर्दछ । सरकारको कार्यक्षेत्र तथा सेवाप्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । अनुभव, अध्ययन र अनुसन्धानबाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासनमा अनुसरण गर्न सकिने सम्भावना छ ।

जनसंख्यामा भएको वृद्धि र कर्मचारीको अनुपात अमिल्दो हुँदा सेवा प्रवाहमा कम प्रभाकारिता देखिएको छ । थप प्रभावयुक्त पार्न सबल र सक्षम सुशासनकर्मीहरूले आफ्नो सेवा प्रवाहलाई सुमार्गमा कुदाइरहेका छन् । यिनीहरूको मर्म र भावना पनि समाजमा व्यावसायिकता र सृर्जशीलता ल्याउँदै विकास, समृद्धि र सुशासनलाई टेवा दिनु रहेको छ । सुशासनलाई टेवा दिनु भनेको नवितम तर सहज प्रक्रियालाई पर परसम्म फैलाउँदै जानु हो । यस्ता खालका सत्कार्य गर्ने सेवा प्रदायकहरूलाई सुशासनका हिमायतीको रूपमा लिइन्छ । राम्रो हुन वापार्नका लागि एक्लोप्रयासले मात्र सम्भव हुँदैन । विकास, समृद्धि र सुशासन विशाल ढुङ्गाको भित्री खास तत्व शालिग्राम जस्तै हो । गण्डकीको शिरभागबाट बग्ने सबै ढुङ्गा सालिग्राम बन्न सक्दैनन् । धेरैजसो ढुङ्गाकावरिपरि वा बाहिरपट्टी चुच्चा चुच्ची र विकारका वस्तुहरू बाक्लो गरी टालिएका हुन्छन् । कुशासन रूपी विकृति, विसङ्गति, भ्रष्टाचार, अन्याय जस्ता वस्तुहरू पखालिएका छैनन् । यस खाले ढुङ्गा सालिग्राम होइनन् । शालिग्राम रूपी सुशासनको प्राप्तिका लागि सालिग्राम बाहेकका ढुङ्गाहरूलाई गण्डकीमा होमिनु पर्दछ । चुच्चा चुच्ची फालेर, पखालेर, कञ्चन र कामयावी भई आएका सुशासन रूपी शालिग्रामलाई छानेर विकास, समृद्धि र सृजनशीलप्रशासन सञ्चालनमा समर्पित गराउनु पर्दछ अनि विकास, समृद्धि र सुशासनमा हामी रमाउनु पर्दछ ।
प्रमुख प्रशासकीय अधिकृत
शुद्धोदन गाउँ कार्यपालिकाको कार्यालय, मानपकडी, रूपन्देही
९८५७०६४४४४ , [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?