ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

कहालीलाग्दो आत्महत्याको शृंखला : ‘संवाद सुरु गरौ, दृष्टिकोण बदलौं’

२६ भाद्र २०८१, बुधबार
२६ भाद्र २०८१, बुधबार

बुटवल, २६ भदौ ।

पछिल्लो तथ्याक अनुसार आर्थिक वर्ष २०७९/२०८० भन्दा २०८०/२०८१ मा साढे ३ प्रतिशतले आत्महत्याको घटना वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ९ सय ९३ जना र आर्थिक वर्ष २०८०/२०८१ मा ७ हजार २ सय ३३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकमा देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा पुरुष ३ हजार ७ सय २७ जना, महिला २ हजार ५ सय ७३ जना, बालिका ५ सय ९२ र बालक ३ सय ३१ जनाले आत्महत्या गरेका छन् । आत्महत्याले मातृ मृत्युदरको ६ प्रतिशत हिस्सा समेत ओगटेको छ ।

अझ प्रदेशस्तरमा हेर्दा आर्थिक वर्ष २०८०/२०८१ मा लुम्बिनी प्रदेशमा आत्महत्याको घटनाको हिसाबले तेस्रो स्थानमा छ । जहाँ १३ सय २९ आत्महत्याको घटना भएका छन् । सबैभन्दा धेरै कोशी प्रदेशमा १५ सय ५६, त्यसपछि दोस्रोमा बाग्मती प्रदेशमा १५ सय १० जना रहेका छन् । चौथो स्थानमा मधेश प्रदेश १२ सय ९०, पाँचौ गण्डकी प्रदेश ६५७, छैटौ सुदुरपश्चिम प्रदेश ५५५ र सातौ कर्णाली प्रदेश ३२६ रहेको छ । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ ।

नेपाल मनोचिकित्क संघका महासचिव डा. मनोज ढुगानाले आत्महत्या रोकथाम दिवसलाई घरघरमा र प्रभावकारी रुपमा मनाउन जरुरी रहेको बताए । दिवसको प्रमुख आसय भनेको नैं आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गरौं भन्नु भएको उनले बताए । जीवनका कठीन समयमा मन दुखी भइरहने वा एक्लो महसुस हुने बेलामा वा डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्या भएमा त्यस्ता व्यक्तिमा आत्महत्याको सोच, योजना वा क्रियाकलाप देखिन सक्ने भन्दै यस्तोमा साथीभाई र छिमेकीबाट सहयोग आवश्यक हुने उनले बताए ।

आत्महत्याको पछिल्लो डरलाग्दो तथ्याँकले चिन्तित बनाएको भन्दै उनले यसलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको बताए । नेपाल सरकार आत्महत्या रोकथामका लागि दिगो विकास लक्ष्यमा आत्महत्याबाट हुने मृत्युदर हरेक १ लाख जनसंख्यामा १६.५ बाट क्रमश घटाएर २०३० सम्ममा ४.७ प्रतिशतमा झार्ने भनिएको छ । विद्यार्थी, समुदाय, प्रहरी, संचारकर्मीले अब आआफनो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको तर्क छ ।

विद्यार्थीहरुमा ठुलो हिस्सा मानसिक समस्यामा पर्ने गरेको भन्दै उनले विद्यार्थीहरुलाई समयसमयमा मनोसामाजिक समस्या र यसको व्यवस्थापन सम्बन्धी चेतना मुलक कार्यक्रम संचालनको आवश्यकता रहेको बताए । यसैगरी मुलुकी अपराध संहिता, २०७४ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने (दफा १८५) भनी आत्महत्या नियन्त्रणलाई कानूनी व्यवस्था गरिएको उनले बताए ।

बुटवलमा ३३ रोटरी क्लबहरुको वृहत सचेतना – याली

‘संवाद शुरु गरौः दृष्टिकोण बदलौ ।’ नारासहित विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामुलक र्याली गरिएको छ । हरेक वर्षको सेप्टेम्बर १० को दिन यो दिवस मनाउने गरिएको छ । रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान रिजन ५ अन्तर्गतका ३३ रोटरी क्लबको आयोजनामा सचेतनामुलक रयाली तथा अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । राजमार्ग चौराहाबाट प्लेकार्ड सहित र्याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालका अध्यक्ष तथा मनोरोग विशेषज्ञ डा विक्रम काफ्लेले आत्महत्याबारे रहेको दृष्टिकोण बदल्न जरुरी रहेको बताए । अबको ३ वर्षलाई संवाद र दृष्टिकोणलाई जोड दिएर नारा तय गरिएको भन्दै यहाँ सम्बाद भन्नाले सोध्ने वा छलफल गर्ने भन्ने बुझाउने उनले बताए । छरछिमेकमा केही समस्या देखिएमा त्यसबारेको सोचलाई बदल्दै सम्वादसहितको समाधानलाई जोड दिनुपर्ने उनको तर्क छ । नेपालमा हुने आत्महत्याको तथ्याँक हेर्दा पनि गरिवीकै कारण धेरै हुने गरेको उनले बताए ।

मानसिक समस्या, प्रेम सम्बन्ध, आर्थिक समस्या, गरिवी, पछौटेपन, अज्ञानता, रोग, स्वास्थ्य जोखिम लगायत अन्य धेरै कारणबाट मानिसले आत्महत्या गर्ने गरेको उनले बताए । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार मानेको छ । नसर्ने रोगहरुको नियन्त्रण तथा रोकथामका लागि बहुपक्षीय कार्ययोजनामा पनि आत्महत्या दरलाई घटाउने लक्ष्य लिएको उनले बताए । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक कार्यक्रममा आत्महत्या रोकथामले स्थान पाउन थालेको छ ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिजि राजेन्द्र प्रसाद ध्वजुले रोटरी सधै समुदायको हित र सुधारमा काम गर्दै आएको बताए । आत्महत्याबाट हुने मृत्यु बढिरहेको बेला रोटरीको समन्वयमा सचेतना र जागरण ल्याउने गरी समुदायस्तरमा कार्यक्रममा जोड दिएको उनले बताए ।

कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले आत्महत्यालाई समाजमा नकारात्मक बिचारका रुपमा लिईने हुँदा यसप्रतिको दृष्टिकोण बदल्ने र सम्वाद बदल्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी वृहत कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले आत्महत्या रोकथाममा सरकार, सम्बद्ध निकाय, विभिन्न सामाजिक संघ संस्था, परिवार लगायतको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले प्रहरीलाई समुदायको साथ भएमात्र समाजमा हुने हरेक प्रकारका घटनाहरु रोक्न सकिने बताए ।

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान रिजन ५ अन्तर्गतका रोटरी, रोट्याक्ट, ईन्ट्याक्ट, ईन्नरह्विल क्लबहरुबाट सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?