© २०२३
नेपाल विविधताले भरिपूर्ण देश हो । नेपालमा भौगोलिक विविधतासंगै धार्मिक, जातीय, सांस्कृतिक तथा भाषिक विविधता पाइन्छ । यही विविधतालाई सम्बोधन गर्दै नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राज्यकारूपमा परिभाषित गरिएको छ । रास्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा धर्मको संख्या १०, जनजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ । जनसंख्याका आधारमा नेपालका मुख्य १० भाषामा नेपाली (४४.८६ %), मैथिली (११.०५ %), भोजपुरी (६.२४ %), थारु (५.८८ %), तामाङ (४.८८ %), बज्जिका (३ .८९ %), अवधि (२.९६ %), नेवारी (२.९६ %), मगर (२.७८ %), डोटेली (१. ७%) र उर्दू (१ .४ २ %) रहेका छन् । जसरी नेपाल विविधतायुक्त छ त्यसैगरी यहाँको समुदायमा पनि विविधता पाइन्छ्र । यहाँका विद्यालय संगसंगै कक्षाकोठामा पनि धार्मिक, संस्कृतिक, जातीय तथा भाषिक विविधता रहेको पाइन्छ्र । यस सांस्कृतिक र भाषिक विविधताले नेपालको पहिचानलाई अझै धनी बनाएको छ तर यसले शिक्षाको क्षेत्रमा विभिन्न चुनौतीहरू पनि उत्पन्न गरेको छ । कक्षा कोठामा हुने भाषिक विविधताले शिक्षण सिकाई प्रक्रियामा प्रभाव पर्दछ । यसले विधार्थीहरूको सिकाई उपलब्धिमा पनि असर परेको हुन्छ्र । यस्तो अवस्थामा शिक्षा प्रणालीलाई देशको विविधता अनुरूप ब्यवस्थित तथा प्रभावकरी बनाउनु जरुरी छ । शिक्षाको माध्यम भाषाका रूपमा मातृभाषा, नेपाली भाषा वा अंग्रेजी भाषाको प्रयोग समुचित रूपमा गर्नुपर्ने हुन्छ । नेपालजस्ता भाषिक विविधता भएका रास्ट्रहरूमा बहुभाषिक शिक्षाको प्रवद्र्धन गर्नु जरुरी छ । बहुभाषिकताले पारिवारिक, सामुदायिक, क्षेत्रीय र स्थानीयस्तरमा सम्पर्क स्थापना मात्र होइन देशभित्र र देशबाहिरका एकभन्दा बढी ठाउँहरूमा आपसी सम्पर्क सञ्जाल निर्माण गर्नमा विशेष भूमिका खेलेको पाइन्छ । यसै सन्दर्भमा ५८औ अन्तर्रास्ट्रिय साक्षरता दिवसको नारा बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता रहेको छ । सोही नाराको सेरोफेरोमा रही नेपालमा बहुभाषिक शिक्षाको प्रवद्र्धन, विकास, अवसर र चुनौतीको बारेमा यस लेखमा चर्चा गरिएको छ ।
सामान्यतया एकभन्दा बढी भाषा प्रयोग गर्न सकिने अवस्थालाई बहुभाषिकता भनिन्छ । यसमा मातृभाषा बाहेकका सबैभाषा वा एकभन्दा बढी भाषाबाट मानवीय दैनिक क्रियाकलापलाई प्रयोग गर्न सकिने क्षमता बोधको अवस्था हुन्छ । यो समाजमा पाइने भाषिक व्यवहार हो । यसले एकभन्दा बढी भाषाहरूमा योग्यता हुनुलाई पनि जनाउँछ । प्रारम्भिक रूपमा बाल्यकालदेखि पछि मानव जीवनका विभिन्न अवस्थामा बहुभाषिकता विकास हुने गर्दछ । यो विभिन्न भाषाहरूको असीमित संयोजनका कारणले हुने गर्छ । नेपाल बहुभाषिक देश हुनाले यहाँका सबै जातजातिले आफ्नो पहिचान भाषागत रूपमा सुरक्षित राखेको पाइन्छ । प्रत्येक भाषाले आफ्नो जातीय पहिचान र संस्कृतिलाई जोगाई तिनीहरूको भेषभुषा, चालचलन, कला, साहित्य तथा गीत संगीतलाई प्रवाहित गरेको हुन्छ । बहुभाषिकता समस्या होइन । यो त बहुज्ञान प्राप्त गर्ने माध्यम हो । यो कुनैपनि देशको सम्पदा हो । नेपालको संबिधान २०७२ ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
विद्यालयमा दुईभन्दा धेरै फरकफरक भाषा शिक्षाको माध्यमका रूपमा प्रयोग हुने अवस्थालाई बहुभाषिक शिक्षा भनिन्छ । नेपालजस्तो बहुभाषिक देशमा बहुभाषिकता शिक्षाले समाज बुझ्ने र योग्य नागरिक उत्पादनमा सहयोग पु¥याउँछ । भाषिक समस्याका कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरू अनौपचारिक तथा औपचारिक शिक्षाको मूल प्रवाहमा समावेश गराउन बहुभाषिक शिक्षाले महत्वपूर्ण योगदान गर्दछ । बहुभाषिक शिक्षाको मुख्य उद्देश्य जानेको भाषा, विषयवस्तु तथा परिवेशबाट नयाँ भाषा, विषयवस्तु तथा सन्दर्भहरू सिकाउनु हुन्छ । यस्तो शिक्षाले शिक्षाको आधारभूत अवस्थालाई सुधार्दै सबैका लागि गुणस्तरीय तथा जीवनोपयोगी शिक्षाको सुनिश्चतता गर्दछ । बहुभाषिक शिक्षाले नयाँ पुस्तालाई भाषा तथा संस्कृतिको प्रयोग गर्न प्रोत्साहित गरेर यसको संरक्षण र विकास गर्न सहयोग गर्दछ । बहुभाषी शिक्षाबाट विद्यार्थीको विद्यालयप्रति आकर्षण बढ्छ । यसबाट विधार्थीहरूले बिचैमा विद्यालय छाड्ने प्रवृतिमा कमी आइ विद्यार्थी संख्या नियन्त्रणमा सहयोग पुग्दछ । बहुभाषिक शिक्षाले विद्यालयप्रति जनअपनत्व बढ्दै जनसहभागिता अभिवृद्धि हुने गर्दछ । बहुभाषी शिक्षाबाट शैक्षिक उपलब्धि बढनुका साथै समग्र शिक्षामा सुधार आउँछ । यस्तो शिक्षाले बहुभाषिक संस्कृति, विश्व दृष्टिकोण र ज्ञानको विकासलाई जोड दिदै समावेशी समाजको विकासमा मद्दत गर्नुका साथै समाजको सहअस्तित्वमा सहयोग पु¥याउँछ । बहुभाषिकताको सम्बोधनका लागि नेपालले अन्तर्राष्ट्रियरूपमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र (सन् १९४८), बाल अधिकार सम्बन्धी महासन्धि (सन् १९८९) र आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (सन् २००७) जस्ता आदि सन्धि सम्झौतामा प्रतिबद्धता जनाएको पाइन्छ । नेपालमा बहुभाषिक शिक्षाको प्रवद्र्धन अर्थात् विभिन्न भाषाहरूलाई विद्यालय शिक्षामा समावेश गरेर पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता विकास गर्ने एउटा महत्वपूर्ण उपाय हो ।
बहुभाषिक शिक्षाको कुरा गर्दा मातृभाषा र यसको शिक्षामा प्रयोग पनि जोडिएर आउँछ । बहुभाषिक शिक्षाले बालबालिकालाई उनीहरूकै मातृभाषामा शिक्षा दिनुपर्नेमा जोड दिन्छ । आमाको गर्भमा नै सुनेको, जन्मेपछि सबैभन्दा पहिले जानेको र बोलेको भाषालाई मातृभाषा भनिन्छ । तसर्थ मातृभाषी बालबालिकालाई उनीहरूले बुझ्ने गरी र उनीहरूले बुझ्ने भाषामा पढाउनु पर्ने मान्यता बहुभाषिक शिक्षाले राख्दछ्र । मातृभाषाको महत्वलाई अन्य कुनै भाषासँग तुलना गर्न सकिंदैन । व्यक्तिको विशिष्ट पहिचान मातृभाषा हो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ ले मातृभाषी शिक्षा भन्नाले नेपालमा बोलिने नेपाली समुदायको कुनै मातृभाषाका माध्यमबाट दिइने शिक्षा सम्झनु पर्छ भनि परिभाषित गरेको छ । बाल्यकालमा सिकेको भाषा नै मानिसको जीवनमा अभिव्यक्तिको सबैभन्दा भरपर्दो माध्यम हुन्छ । यसले व्यक्तिको वैयक्तिक तथा सामाजिक पहिचान स्थापित गर्दछ । युनेस्कोका अनुसार मातृभाषा ज्ञान, शान्ति, अधिकार, समावेशीकरण एवं विविधताका लागि आवश्यक छ । समाजको सामाजिक, साहित्यिक र सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्ने कार्य मातृभाषाले गर्दछ । शिक्षामा मातृभाषा प्रयोगले बालबालिकाको घर र विद्यालयको भाषाबीच हुने वातावरणको अन्तरलाई कम गरी सिकाई प्रति उत्पेरित गर्दछ । शिक्षामा माध्यम भाषाका रूपमा मातृभाषाहरूको प्रयोग गर्नुको मुख्य उद्देश्य बालबालिकाहरूको शैक्षिक जग बलियो बनाउनु हो । शिक्षामा मातृभाषाको प्रयोगले भाषिक÷सांस्कृतिक÷धार्मिक विविधताको संरक्षण संगै सम्बन्धित समुदायको पहिचान स्थापित हुन्छ । यसले समुदायको मौलिक ज्ञान, विज्ञान, सीप, कला र भाषालाई एउटा पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्न सहयोग मिल्छ । शिक्षामा मातृभाषा वा पहिलो भाषा प्रयोगले शिक्षाको ठोस आधार विकास गर्न सहयोग गर्दछ । यसले समुदायको भाषा, संस्कृति र राष्ट्रको मूल्य बुझ््न मद्दत गर्दछ । शिक्षामा मातृभाषाको प्रयोगले शान्तिको लागि भाषिक र सांस्कृतिक विविधताको संरक्षण र प्रवद्र्धन गर्न मद्दत गर्दछ्र । यसले विकासको लागि मौलिक सीप, ज्ञान र विज्ञानको विस्तार गर्न मद्दत पु¥याउँछ । यस्तो शिक्षाले दिगो विकास र समृद्धिको लागि आधार तयार गर्दै यसको प्रयोगलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
शिक्षामा मातृभाषाको महत्वलाई अंगाल्दै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ को उपधारा ५ को शिक्षासम्बन्धी हकमा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनि व्यवस्था गरिएको छ । त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले पाठ्यक्रमको राष्ट्रिय खाकाका आधारमा विद्यालयले नै स्थानीय भाषामा पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गरी लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६ ले बहुभाषिक शिक्षासम्बन्धी स्पष्ट नीतिगत व्यवस्था गरेको छ । यसले मुख्य रूपमा एकल मातृभाषी विद्यालय, द्विभाषी विद्यालय र बहुभाषी विद्यालय रहने रणनीति अघि सारेको छ । राष्टिय शिक्षा नीति, २०७६ ले नेपालको भाषिक विविधता, बालबालिकाको रुचि र आवश्यकता अनुसार मातृभाषाको अतिरिक्त मातृभाषामा आधारित बहुभाषिक शिक्षा, नेपाली र अंग्रेजी भाषालाई शिक्षणको माध्यम भाषाकोरूपमा व्यवस्थापन गर्ने नीति अबलम्बन गरेको छ । यस्तो शैक्षिक प्रक्रियालाई ‘त्रिभाषिक’ नीतिका रूपमा लिइन्छ । नेपालका सन्दर्भमा ‘त्रिभाषिक’ शब्दले कुनै एउटा विद्यार्थी (जसको मातृभाषा नेपालीभन्दा बाहेकको अर्को छ) जसले शिक्षा हासिल गर्ने सन्दर्भमा ३ ओटा भाषाहरू प्रयोग गर्छ र सिक्छ (पहिले उसको मातृभाषा, नेपाली र अङ्ग्रेजी) भन्ने बुझाउँछ । शिक्षा नीति, २०७६ मा मातृभाषाको संरक्षण र सम्बर्धन गर्न विद्यालयस्तरीय पाठ्यक्रम तथा पाठ्यसामग्रीमा मातृभाषालाई उचित स्थानदिइने कुराको व्यवस्था गरेको छ। बहुभाषिकतालाई जोड दिदै उक्त शिक्षा नीतिले आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइने तथा गणित र विज्ञान विषयलाई अङ्ग्रेजी भाषामा पनि अध्यापन गर्न सकिने व्यवस्था गरेको छ । उक्त नीतिले बहुभाषी कक्षाकोठामा मातृभाषामा आधारित बहुभाषी शिक्षण पद्धतिलाई प्रोत्साहित गरिने कुरा स्पस्ट रूपमा ब्यबस्था गरेको छ्र । नेपालको ऐन कानुनमा रहेका ब्यबस्थालाई अध्ययन गर्दा शिक्षामा तिन भाषाहरू मातृभाषा वा घरको भाषा, दोस्रो भाषा अर्थात सरकारी कामकाजको भाषा नेपाली र अन्तराष्ट्रिय भाषा अङ्ग्रेजीको प्रयोगको ब्यवस्था रहेको पाइन्छ । यसर्थ विद्यालय तहमा पठनपाठनको माध्यम त्रैभाषिक हुने नीति अवलम्बन गरिएको छ । यसले नेपालमा बहुभाषिक शिक्षाको सान्दर्भिकतालाई पुस्टि गर्दछ । यस्तो बहुभाषिक शिक्षाले विद्यार्थीहरूलाई उनीहरूको मातृभाषामा साक्षरता प्रदान गर्छ । मातृभाषामा शिक्षाले विद्यार्थीहरूको आत्मविश्वास, सृजनशीलता, र संचार क्षमतामा सुधार ल्याउँछ । मातृभाषामा आधारभूत शिक्षा प्राप्त गरेका विद्यार्थीहरूले आफ्नो सोचको स्पष्टता र विकासमा ठूलो फाइदा पाउँछन् । साथै, यो शिक्षाले समाजमा रहेका विभिन्न जातीय समूहहरूबीचको पारस्परिक समझदारीलाई पनि बलियो बनाउँछ । शान्तिको लागि साक्षरता विकास गर्न बहुभाषिक शिक्षा एक महत्वपूर्ण साधन हो । जब विद्यार्थीहरूलाई विभिन्न भाषाहरू र संस्कृतिहरूको बारेमा ज्ञान प्राप्त हुन्छ, तब उनीहरूमा अन्य समुदायप्रतिको सम्मान र समझदारीको भावना विकसित हुन्छ । यसले सामाजिक सद्भावना र शान्तिको विकासमा मद्दत पु¥याउँछ ।
नेपालको शिक्षाको इतिहासलाई हेर्दा राणा कालमा शिक्षा केवल दरबारमा सिमित रहेको पाइन्छ । जंगबहादुर राणा बेलायतबाट फर्केपछि आफ्ना भाईभारदारका लागि दरबार स्कुल खोलेको पाइन्छ । सो स्कुलको शिक्षणको माध्यम अंग्रेजी रहेकोले कतिपय अध्येताले नेपालको औपचारिक शिक्षाको सुरुवाती माध्यम अंग्रेजी रहेको बताउँछन । पंचायत कालमा शिक्षाको भाषा नेपाली रहेको पाइन्छ । त्यतिबेला एक भाषा एक देश भन्ने नाराका साथ शिक्षामा नेपाली भाषाको प्रयोग लाई जोड दिइएको पाइन्छ । नेपाली भाषाबाहेकका अन्य मातृभाषाहरूलाई शिक्षामा समाबेश गरिएको थिएन । २०४६ सालमा पञ्चायती ब्यबस्था अन्त्य संगै बहुदलीय शासन व्यवस्थाको सुरुवात भयो । यसपछि बनेको संविधान २०४७ ले नेपाली भाषालाई राष्ट्रभाषा र यस बाहेकका अन्य सबै मातृभाषालाई राष्ट्रिय भाषाको सम्मान प्रदान ग¥यो । संविधानमा नै मातृभाषा उल्लेख भएको यो पहिलो अभिलेखको रूपमा रह्यो । यस संविधानले पहिलोपल्ट मातृभाषामा शिक्षाको संवैधानिक हक स्थापित गर्ने कार्य गरेको पाइन्छ । यसै समयमा नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १९९० मा हस्ताक्षर ग¥यो । विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनहरूमा सहभागी भएर मातृभाषामा शिक्षा दिने गरी प्रतिबद्धता जारी गरेको पाइन्छ । विसं २०५४ देखि मातृभाषामा केही पाठ्यक्रम बने भने केही मातृभाषी समुदायले आफ्नै पहलमा पनि मातृभाषामा प्राथमिक शिक्षा दिने काम सुरु गरेको पाइन्छ । शिक्षा ऐन २०२८ मा २०५८ सालमा गरिएको सातौँ संशोधनले विद्यालयमा मातृभाषाको शिक्षा सञ्चालन गर्न विद्यालयले भाषिक समुदाय एवं अभिभावकसँगको छलफलका आधारमा कार्यक्रम बनाउनुपर्ने कुरामा जोड दिएको पाइन्छ । नेपालको संविधान २०७२ को धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानिएको छ । मौलिक अधिकारको रूपमा मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकारलाई शिक्षासम्बन्धी अधिकार अन्तर्गत धारा ३१ (५) अन्तर्गत उल्लेख गरिएको छ । सोही संबिधानको धारा ५१ (ग) (७) मा राष्ट्रमा बहुभाषिक नीति अपनाउनुपर्ने भन्ने लक्ष्य परिलक्षित रहेको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा ३ (२) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गरिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ मा आवश्यकता अनुसार आधारभूत तहसम्मको शिक्षा मातृभाषामा दिनुपर्ने उल्लेख छ । नेपालको संबिधान २०७२ मा भाषिक समानताको हक अन्तर्गत बहुभाषिक नीति अवलम्बन गर्ने भनिएको छ । संविधानले शिक्षामा सबै भाषाको मूल्य मान्यतालाई पहिचान र प्रवर्धन गर्न सफल भएको छ । नेपालले संविधान, कानुन, नीति, नियम अन्तरास्ट्रिय प्रतिबद्धतामा बहुभाषिक शिक्षालाई जोड दिएको भएता पनि बहुभाषिकतालाई शिक्षाको अभिन्न अङ्ग बनाउन सकिएको छैन । यस सन्दर्भमा शिक्षामा भाषा सम्बधी अध्येता प्रेम फ्याकले प्रभावकारी सिकाइका लागि मातृभाषा÷बहुभाषिकताको महत्त्व हुँदाहुँदै पनि हाम्रा विद्यालयहरू अझै एकल भाषिक चिन्तनको प्रवर्तक बनिरहेका र पञ्चायतकालीन एकल भाषिक राष्ट्रवादको जगमा निर्मित सार्वजनिक शिक्षा र सन् १९९० को दशकदेखि नवउदारवादको भँगालोसँगै शिक्षामा भएको निजीकरणले भाषिक विभेदलाई प्रोत्साहन गरिरहेका कुरा बताउनु हुन्छ्र मेरो आफ्नै अनुसन्धानले पनि स्थानीय भाषा समुदायले आफ्ना बालबालिकालाई विद्यालयमा मातृभाषा पढाउन चाहदैनन् बालबालिकाले मातृभाषा लाई घरमा नै सिक्ने, भएकोले यसलाई विद्यालयमा सिक्नै नपर्ने कुरामा सो भाषिक समुदायका अभिभावक जोड दिन्छन उनीहरूको जोड नेपाली र अंग्रेज मा शिक्षा हुनुपर्ने मा छ । त्यसमा पनि उनीहरू अंग्रेजीलाई बढी प्रथामिकता दिएको पाइन्छ। मेरै अनुसन्धानको क्रममा नेवार तथा थारु समुदायको अभिभावकहरूले उच्च शिक्षा , प्राविधिक शिक्षा रोजगारी , बैदेशिक भ्रमण, मोबाइल फोन, इन्टरनेट र कम्प्युटर पनि चलाउन अंग्रेजी चाइने हुनाले उहाँहरूले अहिलेदेखिनै अंग्रेजी माध्यमका विद्यालयमा आफ्ना छोराछोरी पढाई रहेको बताउनु हुन्छ। अभिभावकको मोहसंगै अङ्ग्रेजी माध्यमलाई मुख्य आकर्षण मानेर निजी विद्यालयमा नेपालीसहित अन्य भाषाहरूको प्रयोगलाई रोक लगाइन्छ । यस्तो रोकले अङ्ग्रेजी माध्यमका विद्यालयहरूका कक्षामा विद्यार्थी कम अभिव्यक्तिशील र अन्तरक्रि यात्मक भएको पाइन्छ्र हालका दिनमा गुणस्तर र निजि विद्यालयमा जाने बिद्यार्थीलाई आकर्षित गर्न सामुदायिक बिद्यालयहरूले पनि आफ्नो शिक्षाको माध्यम लाई अंग्रेजीमा रूपान्तरण गरेको पाइन्छ। यो शिक्षाको माध्यमको रूपान्तरणले अंग्रेजी माध्यमकासामुदायिक विद्यालयमा विधार्थी संख्या बढदो छ । अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलतालाई कम गर्ने, विद्यार्थीहरू खुलेर सिक्ने र शिक्षकले खुलेर पढाउने अवसर बन्द गरेको छ । अंग्रेजी माध्यमले शिक्षण सिकाई यान्त्रिक संगै घोकन्ते भएको छ । विभिन्न कारकहरू जस्तै स्रोतसाधनको सीमितता, सरोकारवालाको सहभागिताको अभाव र सैद्धान्तिक तथा वैचारिक बाधा विघ्नले यस्ता नीतिहरूको कार्यान्वयनमा ढिलाइ भएको पाइन्छ । विविन्न विद्यालयमा लागूभएका बहुभाषिक शिक्षाका कर्यक्रम भाषिक शिक्षकको अभाव, अभिभावकमा बालबालिकालाई अंग्रजी पढाउनुपर्छ भन्ने सोचाइ, समयको अभाव र स्थानीय पाठ्यक्रममा आधारित नहुँदा कार्यक्रम असफल भएको पाइन्छ । यसर्थ नेपालको संबिधान, ऐन तथा कानुनमा मातृभाषा सम्बन्धि प्रसस्त ब्यबस्था हुँदा हुँदै पनि कार्यान्वनमा समस्या परिरहेको छ ्र
शिक्षामा मातृभाषा, सरकारी भाषा र अन्तरास्ट्रिय भाषाको प्रयोग समान्तर रूपमा गर्नुपर्ने हुन्छ । कक्षा कोठामा प्रयोग हुने बहुभाषाले विद्यार्थीहरूको सामाजिक र पारिवारिक पृष्ठभूमिलाई बुझेर उनीहरूको भाषालाई ज्ञानको रूपमा प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरूको घरको भाषा, संस्कृति र अभ्यासहरूलाई ज्ञानको रूपमा प्रयोग गरेर बहुभाषिक शिक्षा प्रणालीका माध्यमबाट ब्यवहारमा परिवर्तन गर्न सकिन्छ । बहुभाषिक कक्षा शिक्षणमा सहभागी विद्यार्थीहरूको सहयोगी भावनाको विकास भएको पाइन्छ । बहुभाषिकताको प्रयोगले कक्षाकोठामा भाषिक विविधताबाट सहपाठीको अर्थात् लक्षित भाषाबारे ज्ञान लिन सजिलो भएको पाइएको छ । यस्तो शिक्षाले सहपाठी अध्ययनमा सहयोग पुग्ने र एकले अर्कोको समस्यालाई समाधान गर्न मद्दत गर्ने हुन्छ । मातृभाषामा आधारित बहुभाषिक शिक्षाले विद्यालय शिक्षाको सुरुवात घरको भाषाबाट गर्न, राम्रो सिकाइ सीपहरूको विकास गर्न, विद्यार्थीमैत्री विद्यालयको वातावरण बनाउन, संज्ञानात्मक क्षमता राम्रो बनाउन, विद्यार्थीहरूमा विद्यालय छोड्ने प्रवृत्ति हटाउन तथा विद्यालय शिक्षामा गरिएको लगानी उपलब्धिपूर्ण बनाउन सहयोग गर्दछ । यस्तो शिक्षाले विद्यार्थीहरूलाई जीवनपर्यन्त सिकारु बनाउन तथा विद्यार्थीहरूको समुदायको पहिचान जोगाउन सहयोग गर्दछ । बहुभाषिक शिक्षाबाट खास समुदायका व्यक्ति वा समाजको बौद्धिक र सिर्जनात्मक क्षमताको विकास हुन्छ । यस्तो शिक्षाले ज्ञानको क्षेत्रमा वृद्धि गर्नुका साथै व्यक्तिमा संज्ञानात्मक विकाससंगै सामाजिकीकरणमा मद्दत गर्छ । त्यसैगरी एक अर्कामा संस्कृतिको आदानप्रदान गरी नयाँ ज्ञान प्राप्तिमा सहयोगी हुन्छ । बहुभाषिक शिक्षा आर्जन गरेका र एकभन्दा बढी भाषाको ज्ञान भएमा विद्यार्थीहरू स्वतः अधिक ज्ञानी, बौद्धिक र लचिलो प्रकृतिका हुन्छन । यस्ता विद्यार्थीहरू शिक्षण सिकाइ क्रियाकलापमा बढी होसियार, कार्यसम्पादनमा उत्प्रेरित, परिस्थिति अनुसार समायोजन हुँदै एक आपसमा पारस्परिक समझदारी विकास गर्ने क्षमता राख्दछज । यसले विद्यार्थीहरूलाई आफ्ना सांस्कृतिक र भाषिक पहिचानलाई कायम राख्दै अन्य भाषाहरू र संस्कृतिहरूको पनि सम्मान गर्न सिकाउँछ । यस प्रकारको शिक्षा प्रणालीले समाजमा एकता र सद्भावना कायम राख्न मद्दत पु¥याउँछ, जसले गर्दा पारस्परिक समझदारीको विकास हुन्छ ।
मातृभाषामा आधारित बहुभाषी शिक्षण सिकाइलाई प्रवद्र्धन गर्न नेपालले कानुनी र व्यवहारिकरूपमा केही प्रयास गरेको छ्र । नेपालको संबिधान २०७२ ले नेपालमा सबै भाषालाई राष्ट्रभाषाको प्रदान गरिएको छ । उक्त संबिधानमा भाषिक समानताको हक स्थापित छ । नेपालको संबिधान २०७२ मा नेपालको शिक्षामा बहुभाषिक नीति अवलम्बन गर्ने भनिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानहरूको भावनालाई अनुसरण गर्दै सबै बालबालिकाहरूलाई आधारभूत गुणात्मक शिक्षा प्रदान गर्ने लक्षलाई सहयोग पुर्याउन मातृभाषामा आधारित बहुभाषामा शिक्षा लिन पाउने अधिकार स्थापित गर्ने लक्ष सहित बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६६ जारी गरिएको छ । सोही निर्देशिकामा आधारित रहेर पाठ्यक्रम विकास केन्द्रले २६ भाषामा पाठ्यसामग्री तयार गरेको छ । यसले भाषिक विविधतालाई संरक्षण गर्ने र नेपालको शिक्षामा विभिन्न भाषालाई प्रवर्धन गर्ने कार्यमा नीतिगत प्रतिबद्धता देखाएको पाइन्छ । अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजमा प्राध्यापनरत डा. प्रेम फ्याक र सुदुरपश्चिम विश्वविद्यालयमा प्राध्यापनरत जनकसिंह नेगीको नेतृत्वमा संचालित शिक्षकका लागि शिक्षक भन्ने समूहले नेपाल भरिका शिक्षक तथा प्रध्यापकहरूलाई बहुभाषी कक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा शिक्षक–अनुसन्धान कार्यक्रम संचालन गर्दै आएको छ ।
यस कार्यक्रम अन्तर्गत शिक्षकहरूले बहुभाषीकताका कारण उब्जेका समस्याको कारण पत्तालगाई आफूपनि संलग्न भई ती समस्याका समाधानका उपाय पत्ता लगाएर सहभागितात्मक कार्यमूलक अनुसन्धान मार्फत ती समस्याको निराकरण गर्दछन । यो शिक्षक–अनुसन्धान कार्यक्रममार्फत आएका नतिजाहरूलाई देश विदेशका शिक्षकको उपस्थितिमा अनलाइन मार्फत प्रस्तुतीकरण गरिन्छ । अन्त्यमा यी नतिजालाई अनुसन्धानमूलक लेख पुस्तक वा जर्नलमा प्रकाशित गरिन्छ । यी सामग्रीहरू बहुभाषिक कक्षा पठन पाठन गर्ने शिक्षकका लागि अतिउपयोगी शैक्षिक दस्तावेज रहेका छन । डा. प्रेमप्रसाद पौडेल र डा. ट्रयासी कस्तलीले सन २०२३ मा गरेको अनुसन्धानमा मातृभाषीहरूको बहुमत रहेको स्थानका विद्यालयहरूमा मातृभाषामा आधारित लचिलो बहुभाषिक शिक्षाकार्यान्वयन गरी शिक्षामा सहयोगी भाषिक उपागमहरू अबलम्बन गरेका विद्यालयहरूला ई वित्तीय सहयोगसम्बन्धी निर्णय गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र जस्ता सम्बद्ध निकायहरूलाई प्रेरित गरिएको कुरा ब्यक्त गरिएको छ । यसरी सरकारी गैरसरकारी संस्थाहरूले बहुभाषी कक्षा संचालन, अनुसन्धान र समस्याको पहिचान तथा तिनको निराकरणमा बिभिन्न कर्यक्रम संचालन गरेका छन । यस्ता कार्यक्रमले नेपालमा बहुभाषिक शिक्षाको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रसस्त सम्भावना संगै चुनौती पनि रहेको नेपालको बहुभाषिक शिक्षाको विकासमा सरकारी तथा गैर सरकारी निकाय, तिनै तहको सरकार र आम सरोकारवालाको सहकार्यमा ठोस नीति नियमको निर्माण र तिनीहरूको ब्यवहारिकरूपमा कार्यान्वन गर्नु आवस्यक छ ।
निष्कर्षमा भन्दा नेपालमा बहुभाषिक शिक्षाको प्रवद्र्धन अर्थात् विभिन्न भाषाहरूलाई विद्यालय शिक्षामा समावेश गरेर, पारस्परिक समझदारी र शान्तिको लागि साक्षरता विकास गर्न सकिन्छ । बहुभाषिक शिक्षा बालबालिकाहरूलाई उनीहरूको समुदायको पहिचान जोगाउन, बौद्धिक क्षमताको विकास गर्न र शिक्षा प्रतिको आकर्षण बढाउन महत्वपूर्ण छ । यसले विविधतायुक्त समाजमा एकता, सद्भावना, र शान्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । यद्यपि यस क्षेत्रमा स्रोतसाधनको अभाव, अभिभावकहरूको अंग्रेजी शिक्षाप्रतिको मोह र नीतिगत अस्पष्टताजस्ता चुनौतीहरू छन । यस्ता चुनौतीहरूले गर्दा बहुभाषिक शिक्षाको पूर्ण कार्यान्वयनमा कठिनाइ आएको छ । यी चुनौतीहरूलाई सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्न आवश्यक छ । उचित योजना, स्रोतहरूको प्रबन्ध, र सरोकारवालाहरूको सहकार्यद्वारा यस्ता चुनौतीहरूलाई समाधान गर्न सकिन्छ । नेपालमा बहुभाषिक शिक्षा एक सशक्त शिक्षण प्रणालीको रूपमा स्थापित हुन सक्छ, जसले देशको विकासमा योगदान पु¥याउँछ । यस्तो शिक्षाले विद्यार्थीहरूलाई आफ्नो मातृभाषा, सरकारी भाषा र अन्तरष्ट्रिय भाषामा सिक्ने अवसर प्राप्त हुनेछ र उनीहरूको समग्र विकासमा टेवा पुग्नेछ । साथै, यसले सामाजिक सद्भाव कायम राख्न र राष्ट्रिय एकतालाई बलियो बनाउन पनि मद्दत गर्नेछ ।