ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मालीका मन्दिर ओझेलमा

२३ भाद्र २०८१, आइतबार
२३ भाद्र २०८१, आइतबार

गुल्मी, २३ भदौ ।

गुल्मी जिल्लाको मालीका मन्दिरको ठूलो महत्व हुँदाहुँदै पनि प्रचार प्रशारको अभावमा यतिवेला ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक महत्व बोकेको मालीका मन्दिरको महत्व थप रोचक छ । यसको रोचक र विषेश महत्वको पक्ष भनेको यो मन्दिरमा बर माग्दा चिच्याएर माग्नु पर्दछ ।

गुल्मीको मुसिकोट नगरपालीका ६ अन्तर्गत कुर्घा स्थीत मालीका मन्दिर नेपालको चर्चित धार्मिक स्थल मध्येमा पर्दछ । नेपालको उच्च कोटीमा रहेका धार्मिक स्थलहरू मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विषेश पर्वहरूमा श्रद्धालुहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।

यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ, प्युठान, बुटवल लगायत काठमाडौसम्मका श्रद्धालुहरू आउने गर्दछन् । मालीका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुरा हुन्छ भन्ने जनविश्वास छ । मालीका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नु पर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भागल गरेपछि मनोकामना पुरा हुने विश्वासले गर्दा मन्दिर पुग्ने जोकोेहीले पनि भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।

मन्दिरमा पुग्ने मानिसहरूले फरक फरक प्रकारका वर माग्दछन । कोही वैदेशिक रोजगारमा जान पाऊ, कोही सेनामा भर्ती हुन पाऊ, जागिर खान पाऊ, लोकसेवा पास गर्न पाऊ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस जस्ता अनेकौ वर माग्ने गर्दछन् । मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मुल यस मन्दिरको थप आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा तैरीरहेका रङ्गिविरङ्गी माछाहरूको दृश्यले त्यहाँ पुग्ने श्रद्धालुहरूका मन लोभिन्छ । यहाँ मानिसहरू बैकुण्ठ चतुर्दशी र कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौं मानिसहरूको घुँईचो लाग्ने गर्दछ । तर प्रचार प्रसारको अभावमा आजभोली यो क्रम विस्तारै विस्तारै कम हुँदै जान थालेको मन्दिर व्यवस्थापन समितिका संचालक ज्ञानहरी सापकोटाले बताएका छन ।

स्थानीय जानकारहरूका अनुसार यसको उत्पति आज भन्दा करीब ५ हजार वर्ष अगाडि भएको भन्ने किंवदन्ती छ । हालको मालिका क्षेत्रमा किम्मु, वर र सिमलका रुखहरू रहेको र तिनै रुखको फेंदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने भनाई छ । वन जंगल प्रशस्त भएका कारण त्यहाँ जंगली जनावरहरू र चराचुरुङ्गीको वासस्थान रहेको थियो । त्यसैको नजिकै पानीको मुहान रहेकोमा कालान्तरमा उक्त मुल सुकेपछि पानीको अभावमा वन्यजन्तु र जीवजन्तुहरू छटपटाउन थालेछन् । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ ।

अर्काेतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठको रूपमा मालीकाको वर्णन गरिएको पाईन्छ । सायद त्यसै भएर होला श्रावण महिना र माघ महिनामा यहाँ बली दिन पाइँदैन । पर्यटकीय दृष्टीकोणले पनि यस मन्दिर महत्वपुर्ण स्थानमा रहेको छ । मन्दिर नजिकै रहेको स्वाँरा होमस्टे पनि छ । स्थानीय नगरपालिकाले यसको संरक्षण र संबद्र्धनमा लगानी गरेको छ । तर मन्दिर व्यवस्थापनका लागि आवश्यक सहयोग अझै पुग्न नसकेको बताईएको छ । यस्ता प्रकारका धार्मिक एवं पर्यटकीय स्थलहरूको संरक्षण, संवद्र्धन र विकासका लागि स्थानीय तहदेखि प्रदेश एवं संघीय सरकारको अझै ध्यान पुग्न नसकेको स्थानीयहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?