ट्रेंडिंग:

>> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

भेरी पम्पिङ आयोजना सुरुः नगरबासी भन्छन् – आयोजना समयमै सक्नुपर्छ

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

सुर्खेत ,१५ भदौ ।

वर्षाैदेखि खानेपानीको चरम संकट सामना गर्दै आएका वीरेन्द्रनगरका बासिन्दाहरु भेरी पम्पिङ आयोजनाको काम अघि बढेपछि हर्षित भएका छन् । विशेषगरी एक दशक यतादेखि गर्मीयाममा यहाँका नागरिकहरु खानेपानीको संकट सामना गर्दै आएका थिए । भेरीको पानी लिफ्ट मार्फत नगरमा ल्याउने सुनेपछि १५ वर्ष देखि विरेन्द्रनगरमा बसोबास गर्दै आएकी टिका वली खुसी व्यक्त गरिन् । ‘भेरीको पानी यहाँ ल्याउने सुनेको छु । धेरै खुसी लाग्यो, अलि छिटै काम गरे हुने’ उनी भन्छिन्, ‘अरु समयमा जसोतसो गुजरा चलाए पनि गर्मीको बेला त साह्रै कष्ट हुन्छ । भेरीको पानी आउने भएपछि त सजिलो हुने भयो ।’

मानवअधिकारकर्मी गीता कोइराला पनि भेरी पम्पिङ आयोजना अघि बढेकोमा खुसी व्यक्त गर्छिन् । खानेपानी संकटको मारमा धेरैजसो महिलाहरु नै हुने भएकाले आयोजना अघि बढेमा महिलाहरुलाई राहत मिल्ने बताउँछिन् । ‘वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै यहाँ बसोबास गर्ने जनसंख्या बढ्दै गएको छ त्यसकारण सुख्खयाममा खानेपानी अभाव हुन्छ’ उनी भन्छिन्, ‘आयोजनाको काम समयमै गर्नुपर्छ ।’

बहुचर्चित भेरी पम्पिङ आयोजनाको काम लामो समय पछि अघि बढेको छ । तीनदशक पछिको जनसंख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर यस आयोजना अघि बढाइएको हो ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टर्मस इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गर्ने भएको छ । गएको बुधबार आयोजना इकाईका प्रमुख सञ्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टर्मस इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशिलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो ।

सम्झौतामा आगामी तीनवर्षभित्र भेरीको पानी प्रदेश राजधानी वीरेन्द्रनगरमा ल्याइने उल्लेख छ । आयोजना सम्पन्न गर्न तीन अर्ब ५० करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागत लाग्ने छ ।

ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायी मध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो ।

सन् २०५० सम्म वीरेन्द्रनगरमा बढ्न सक्ने जनसंख्यालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा खानेपानीको सहज आपूर्ति होस् भन्ने उद्देश्यसहित मेगा प्रोजेक्ट अघि बढाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनले संघ, प्रदेश र स्थानीय तहले संयुक्त रुपमा अघि बढाएको पहिलो आयोजना रहेको जनाइन् । ढकालले आयोजना सञ्चालनको अवधिसम्म खानेपानीको समस्या समाधान गर्न विभिन्न विकल्पको प्रयोग गरिने समेत जनाइन् ।

संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालु आर्थिक वर्षबाट केन्द्र, प्रदेश र स्थानीय सहकारको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत उक्त योजना अघि बढाइएको हो । आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ ।

ढकालले आयोजना कार्यान्वयनका क्रममा कुनै समस्या आउन नदिने बताइन् । उनले नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखिएको र सबै तहको सहकार्य आवश्यक रहेको बताइन् ।

६ अर्ब रूपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तन बाहेक अन्य डिजाइन ठिक रहेको बताइएको छ ।

आयोजनाको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ किलोमिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिने छ । त्यसपछि इन्टेकदेखि करिब चार सय मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण गरिने छ भने ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की बनाइने छ । पहिलो चरणमै ट्याङ्कीदेखि मुख्य प्रसारण लाइन विस्तार गरिने छ ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । अनि, ५ सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्की सम्म ल्याइने जनाइएको छ ।

तीनवर्ष निर्माणको समयावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीनवर्ष आयोजनाको सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिने छ भने त्यस पश्चात आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?