ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डाक्टरकी आमा हुने रहर !

सावित्रा घर्ती मगरले छोरी सुहानीलाई डाक्टर पढाउने रहर पालेजस्तै अरू छोरीका आमाहरू पनि छोरीको भविष्यका लागि सपना बुनिरहेका छन् । सपना पूरा गर्न उद्यमशील महिला समुहमा हातेमालो गर्दै पैसा कमाउने र पैसा बचाउने उपायमा लागिरहेका छन् ।
१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

बुटवल, १४ भदौ ।

सावित्रा घर्ती मगर । उमेर २७ वर्ष ।
रम्भा गाउँपालिका ३, निलमणी, पाल्पा ।
सन्तान दुई । पहिलो छोरी सुहानी ६ वर्ष । दोस्रो छोरा सुवर्ण ४ वर्ष ।

छोरी सुहानी घर्ती मगर अमृत पब्लिक माध्यमिक विद्यालय, रम्भा ३, लाकुरीडाँडाको कक्षा २ मा र छोरा सुवर्ण घर्ती मगर बालविकास केन्द्रमा अध्ययनरत छन । परिवारको पढाइ हेर्दा श्रीमान हरि घर्तीमगरले कक्षा १० सम्म पढेका छन् । सावित्राले माइती घर पाल्पाकै माथागढी २ बुढीकोटमा रहेको विष्णु माध्यमिक विद्यालयबाट कक्षा ८ सम्म पढेकी छिन् । सासु आमाको पढाई साक्षर मात्रै छ ।

त्यसो त माइतीतर्फ सावित्राको ५ दिदी बहिनी र एक भाइ हुन् । त्यसमध्ये दुई दिदीले कक्षा १२, एक बहिनीले एसएलसी पढेका छन् । एक बहिनीले कक्षा १२ त अर्को भाइले कक्षा ११ मा पढ्दैछन् । बाबा धनबहादुर घर्ती मगर कक्षा ८ र आमा श्यामकुमारी घर्ती मगर साक्षर मात्रै छिन् ।
माइती घरमा ६ भाइबहिनीमा कम पढेकी सावित्रालाई पढाइको चोट छ । त्यो समयमा कक्षा ८ पढेकी उनलाई छोरी सुहानीलाई डाक्टर पढाउने रहर छ । छोरीलाई के बनाउने त ? भन्ने जिज्ञासामा सावित्री भन्छिन्, रहर त डाक्टर पढाउने हो । उ पनि डाक्टर बन्छु भन्छे । तर हामी किसानले कसरी डाक्टर पढाउने ? डाक्टर पढाउन त धेरै पैसा लाग्छ रे । फेरी डाक्टर पढाउँछु भनेर मात्रै भएन त्यतिवेलासम्म छोरीको पढाइ कस्तो हुने हो ? उनले मुख खुम्च्याउँदै भनिन् ।

उनको कमाइ भनेको खेती किसानी र मलेशियामा रहेको श्रीमानको कमाइ हो । श्रीमानको कमाइको बारेमा खुल्न नचाहेकी उनले खेती किसानीबाट बर्षमा त्यस्तै ५० हजार देखि एक लाखको सेरोफेरोको पैसा बचाउने बताइन । सासु बुहारी मिलेर काम गर्छाैंं, खान पुगिहाल्छ, अलिअलि कमाइ पनि हुन्छ, उनले भनिन् ।

उनको खेतबारीमा खुर्सानी, टमाटर, अदुवा, धान, मकै, सीमी लगाएका छन् । बारीमा खुर्सानी लटरम्म फलेको छ । टनेल भित्र टमाटर फल्ने क्रममा छ । सीमीका बोट अग्लीएका छन् । बन्दा, काउली, ब्रोकाउलीका विरुवा सार्ने तयारी अवस्थामा छन् । खेतमा धान त छँदैछ । पशु पंक्षीपालनसम्म भैसी ३ वटा, बाख्रा १२ वटा, बंगुर २ वटा, कुखुरा १२ वटा पनि पालिरहेकी छिन् ।
श्रीमान बैदेशिक जागिरको शिलशिलामा मलेशियामा रहेका उनको घरमा छोरा, छोरी र सासु विष्णुकुमारी घर्तीसँगै छन् । घरको काम सासु र बुहारी मिलेर गर्छन् ।

सावित्राको उद्यमशीलताका लागि रम्भा गाउँपालिका संचालनमा सिकाइ प्रवर्धन परियोजनाले सहजीकरण गरिरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार उक्त परियोजनाले शिक्षा र उद्यमशीलताका लागि विद्यालय र समुदायमा काम गरिरहेको छ ।
परियोजनाकी जीविकोपार्जन सहजकता भूमिका सिंजापतिले समुह मार्फत उनलाई प्लास्टिक टनेल, मल्चिङ प्लास्टीक, हजारी, बिउ, तालिममा सहयोग गरिरहेको जानकारी दिइन । सिंजापतीका अनुसार परम्परागत रूपमा खेतीपाती गरिरहेकी सावित्रालाई तालिम र प्राविधिक सहयोग गरेपछि फरक तरिकाले खेती गरेको र उनमा उत्साह थपिएको छ । सावित्राको रम्भा ३ निलमणीमा रहेको जल्पादेवी कृषक समूहकी मिहिनेती सदस्यमध्येकी हुन् । उनको समूहमा २० जना महिला सदस्य छन् । छोरी शिक्षा सहयोगका लागि कमाइ गरेर छोरीको शिक्षामा लगानी गर्ने उद्देश्यले कार्यक्रम संचालन भइरहेको छ ।

उक्त कार्यक्रममा पाल्पाको रम्भा गाउँपालिकाका १५ महिला कृषक समूहमा ३ सय सदस्य आवद्द छन् । उनीहरूका करिब ३२५ छोरीले सामुदायिक विद्यालयमा पढिरहेका छन् भने सावित्रा जस्ता आमाहरू जीवीकोपार्जन कार्यक्रममा जोडिदै उद्यमशीलताको पाइलातर्फ अघि बढिरहेका छन् ।

सावित्रा घर्ती मगरले छोरी सुहानीलाई डाक्टर पढाउने रहर पालेजस्तै अरू छोरीका आमाहरू पनि छोरीको भविष्यका लागि सपना बुनिरहेका छन् । सपना पूरा गर्न उद्यमशील महिला समुहमा हातेमालो गर्दै पैसा कमाउने र पैसा बचाउने उपायमा लागिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?