ट्रेंडिंग:

>> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

पहिरोको त्रासमा जाजरकोटका भुकम्पपीडित

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

सुर्खेत, ८ भदौ ।

गएको आइतवार राति जाजरकोटको नलगाड नगरपालिका स्थित वडा नं. २ को माझगाउँका लालबहादुर परियारको अस्थायी टहरा पहिरोले पुरियो । पहिरोले पुरिँदा एकै घरका तीनजनाको ज्यान गयो । बेलुका सबै परिवार सँगै खाना खाएर सुतेका उनीहरु बिहान भने जिवित रहेनन् ।

पहिरोमा पुरिदा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार र दुई वर्षीय शिभम परियारको ज्यान गयो । उनीहरू गतवर्ष गएको भूकम्पका कारण विस्थापित भएर अस्थायी टहरामा बस्दै आएका थिए ।

विशेष गरी भारत गएर रोजगार गर्दै आएको यो परिवार घटना हुनु भन्दा केहीदिन अघि मात्र गाउँ फर्किएको जाजरकोट प्रहरीले जनाएको छ । घर माथि ढिस्को रहेको र निरन्तर पानी पर्दा उक्त ढिस्को खसेपछि टहरा भत्किन पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम पाण्डेले बताए । उनका अनुसार अस्थायी टहरामा बस्दै आएका भुकम्प पीडितहरु त्रसित अवस्थामा रहेका थिए । पहिरोकोे यो घटनासँगै अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितहरू अहिले त्रसित बनेका छन् । अधिकांश भूकम्पपीडितका अस्थायी टहरामा बसोबास गर्दछन् ।

अस्थायी टहरामा बस्दै आएकी मनकुमारी शाहीले पहिरोको घटनापछि पानी परेको बेलामा डर लाग्ने गरेको बताइन् । ‘पानी पर्दा डर लाग्छ, पहिरो जाने हो कि भन्ने हुन्छ’ उनी भन्छिन्, ‘यहाँ बस्न डर लागेर पनि के गर्नु कता जाने हो ।’ पहिरोले एकै परिवारका तीनजनाको ज्यान गएको घटनापछि लामो समयसम्म पानी परिरहेको बेला अन्य आफन्तको घरमा बस्न जाने गरेको उनले बताइन् ।

नलगाड नगरपालिकाका प्रमुख डम्मरबहादुर रावतले पालिकाका केही वडाहरु पहिरोको जोखिममा रहेको जनाए । उनका अनुसार पालिकाका १ देखि १३ वटै वडा जोखिममा रहेका छन् । सबैभन्दा बढी १, २, ३, ४ र ५ रहेको उनले जानकारी दिए ।

गतवर्ष कात्तिक १७ गतेको भूकम्पका कारण घर क्षति भएपछि यहाँका नागरिक अस्थायी आवासका लागि बनाएका टहरामा बस्दै आएका छन् । तिनै टहराहरू पहिरोको जोखिममा परेपछि मानवीय तथा अन्य क्षतिको त्रास बढेको छ ।

मौसमी मनसुन सुरु भएसँगै कर्णालीमा तीन सय ७४ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १३ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ५८ जना घाइते भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?