ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ

उर्जाशील अमृता

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

अमृता गुरुङ, रूपन्देही, सियारी गाउँपालिका वडा नं. ७ को अमुवा बजारमा बस्छिन् । सियारी गाउँपालिकाको संस्थापक उपाध्यक्ष समेत हुन् । महिला अधिकारकर्मी हुन् । खासमा उनी आफ्नो खुट्टामा आफै उभिन सक्ने खुबी भएकी पौरखी महिला हुन् ।
अमृता, महिला उद्यमशीलता प्रवद्र्धन–नेपालकी महासचिव हुन् । प्रदेशस्तरीय उक्त संस्था महिला जनप्रतिनिधिका साझा संस्था हो । जसले आफ्नो पालिकाभित्र रहेका महिलाहरूलाई उद्यमी बनाउनका निम्ति वजेट विनियोजन गर्ने, सीपमूलक तालिमहरू दिई रोजगारमुखी बनाउने र उद्यमलाई प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । उक्त संस्थाले महिला जनप्रतिनिधिका क्षमता अभिवृद्धिका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । सो संस्थाले पाल्पा, रूपन्देही र नवलपरासीका उत्कृष्ट उद्यमी महिलाका संघर्ष र सफलताको कथाका रूपमा ‘पौरखी पात्र’ नामक पुस्तक समेत प्रकाशन गरिसकेको छ । अमृता बौद्धमार्गी हुन् । उनले तावा शिक्षा (नैतिक शिक्षा) लाई नेपालमा फैलाउनका निम्ति सक्दो सहयोग गर्दै आइरहेकी छिन् । नैतिक शिक्षाका रूपमा लिइने तावा शिक्षा उनले रूपन्देही र पाल्पाका केही विद्यालयहरूमा सुरुवात गरेकी थिइन् । सोही शिक्षाका क्रममा उनी दुईपटक थाइल्याण्ड पुगिन् । एकपटक स्थानीय सरकारको सहयोगमा चीनको औपचारिक भ्रमण गरिन् । देश, विदेशको भ्रमणले अमृतामा नयाँ उर्जा थएिको पाइन्छ र काममा निख्खरता भेटिन्छ । यतिबेला उनले आफ्नै डेढ कठ्ठा भूमिदान गरेर बुताओ (बुद्धको स्तूप) नैतिक तालिम केन्द्रको भवन बनाउन सहयोग गरेकी छिन् । विश्व प्रकाश प्रतिष्ठानको संयोजकत्वमा संसारभर रहेका बौद्धमार्गीको सहयोगमा निर्मित उक्त भवन ६ करोडको लागतमा सम्पन्न भएको थियो । जुन भवन निर्माणका लागि सियारी गाउँपालिकाले १० लाख आर्थिक सहयोग गरेको अमृताले सुनाइन् । उक्त तालिम केन्द्रबाट बौद्ध शिक्षालगायत सीपमूलक तथा व्यवहारिक शिक्षा दिइने प्रवन्ध मिलाइएको उनले बताइन् ।

अमृताले गाउँपालिकामा रहँदा आफ्नो धेरै समय त्यतै व्यतित गरिन् । न्यायिक समितिको संयोजकको हैसियतले निर्णयमा आफ्नो न्यायिक हैसियत प्रदर्शन गरिन् । घरमा सुत्केरी शून्य अभियानलाई अघि बढाएकै कारण आज सियारीका सबै वडामा रहेका गर्भवती महिलाहरू गाउँकै वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने गरेका छन् । सुत्केरी स्वास्थ्य तथा पोषण शिक्षा पनि घरदैलामा दिएकै कारण उनको हाइहाइ चलेको थियो । यो अभियानले सफलता प्राप्त गरेकै कारण सियारी गाउँपालिकाले यतिबेला अमृतालाई सम्मान गरेको र आफ्नो अभियानको परिणाम प्राप्त भएकोमा खुसी प्रकट गरिन् । उनले आफ्नो पालामा ग्रामीण भेगका महिलाहरूलाई संविधानमा उल्लेखित विषयवस्तुहरूलाई सहजै बुझाउने गरी संविधान शिक्षा र घरदैलामा कानुनी शिक्षा दिएकी थिइन् । महिलाहरूलाई सामाजिक न्याय र समानता, राजनीतिक अधिकारमात्र भएर नपुग्ने बताउँदै आर्थिक अधिकारमा समर्पित हुनका लागि गाउँघरमै महिलाहरूलाई आयमूलक तालिम, कृषि शिक्षा र पशुपालनमा समेत जोड दिएकी थिइन् । गाउँ, समाज बुझेकी अमृताले राजनीतिक दलहरूले आर्थिक समृद्धिका कार्यक्रमहरूमार्फत समाजको ढोका खोल्न सक्ने बताइन् । महिलाहरूलाई आर्थिक अधिकारसहितको राजनीतिक अधिकारले समाज परिवर्तन सम्भव भएको सुनाइन् । यतिबेला आफू जनप्रतिनिधि छैनन् तरपनि घरमा हातखुट्टा बाँधेर बसेकी छैनन् । आफ्ना सीपहरू प्रयोग गरेर विभिन्न किसिमका घरेलु सामग्री बनाउने गर्छिन् । त्यतिमात्र होइन उनले अरूलाई ती सीप हस्तानान्तरण गर्न सहजीकरण गर्दै आइरहेकी छिन् । ऊनबाट बन्ने कुशन, हातेझोला, टेबलपोस, सुइटर लगायतका सामग्री बनाउने खुबी भएकी उनलाई जाँगरले छाडेको छैन । सामाजिक सेवामा क्रियाशील अमृता आफ्नो सास रहेसम्म समाजसेवा, राजनीति, महिला आन्दोलन र उद्यमशीलतामा गतिशील रहने प्रतिवद्धता जाहेर गर्दैछिन् ।

हेर्दै हँसिली, तार्किक कुरा गर्न सक्ने, अरूका अघि कुनै कुरामा नझुक्ने, अदम्य शाहसकी धनी अमृता गुरुङलाई नचिन्ने कमै होलान् । उनीबाट सिक्ने धेरै कुराहरू छन् । सबैका अमृता दिदी, समयको पालना गर्न र आँटेको कुरा पूरा गर्न सधैं तल्लीन रहन्छिन् । पाक्वकलामा पारङ्गत अमृताले विभिन्न थरिका खाद्यपदार्थ र अचार बनाउन जानेकी छिन् । जिभ्रोमा झुण्डाउने परिकार बनाएर दुनियाँलाई दङ्ग बनाएकी पनि छिन् ।

पाँच सन्तानकी आमा अमृताका जेठी छोरी रीतु स्टाफ नर्स छिन् । माइली छोरी पूजा सञ्चारकर्मी हुन् । साहिँली छोरी लिजा फेसन डिजाइनर्स छिन् । कान्छीले व्यवस्थापनमा स्नातकोत्तर गरेर विहे गरिन् । छोरो आशीषले पोखरा विश्वविद्यालयबाट विएमएलटी गरेर यतिबेला अष्ट्रेलियाबाट वायोकेमेष्ट्रीमा स्नातकोत्तर गर्दैछन् । अमृता उर्जाशील छिन् । उमङ्ग भरिएकी अमृता, देश तथा दुनियाँ बदल्न निरन्तर गतिशील छिन् । समाजका हरेक गतिविधिहरूमा सार्थक सहभागी जनाउने अमृताले समाजलाई सूक्ष्म तरिकाले बुझेकी छिन् । केलाएकी छिन् । हेरेकी छिन् । चिनेकी छिन् । जानेकी छिन् । नैतिक शिक्षा पाएरै होला उनमा धैर्यताको बाँध टुटेको छैन । शालीनता उनको विशेष गुण हो । मृदुभाषी अमृता दिदीमा अहमता कुन चरीको नाम हो थाहा छैन । समतामुखी समाजको परिकल्पनामा चुर्लुम्मै डुबेकी अमृतालाई स्वस्थ तथा दीर्घायू जीवनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission