ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तीन वर्षमा २१ लाख यूवाले छाडे देश

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

काठमाडौं, ०६ भदौ ।

नेपालमा पर्याप्त मात्रामा रोजगारीको अवसर सृजना हुन नसक्दा वर्सेनि लाखौं नेपाली वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा पछिल्लो तीन आर्थिक वर्षमा मात्र २१ लाख ४१ हजार युवाले रोजगारीका लागि श्रम स्वीकृति लिएर देश छोडेका छन् ।

वैदेशिक रोजगार विभागको गत तीन वर्षको तथ्यांक हेर्दा औसतमा वार्षिक ७ लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् । त्यस्तै, ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या हुुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जान झण्डै साढे ७ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक बर्षमा ७ लाख ४१ हजार ३ सय ९७ जना श्रम स्वीकृति लिएर विदेशिएका हुुन् । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेको छ । २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जनाले बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । २०७९/८० को तुलनामा २०८० /८१ मा २९ हजार ९ सय ३० झण्डै ४ प्रतिशतले घटेको हो । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा आर्थिक बर्ष २०७९/८० मा सबैभन्दा बढी युवाले विदेश जान श्रम स्वीकृति लिएका थिए । त्यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जना नेपाली श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका थिए ।

गत आर्थिक बर्षमा वैदेशिक रोजगारीका लागि ४ लाख ६० हजार १ सय ३ जना नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । बाँकी २ लाख ८१ हजार १ सय ९५ जनाले भने पुरानै श्रम स्वीकृत नविकरण गरेका हुन् । त्यस्तै, गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा जानेमा ६ लाख ६१ हजार १ सय २५ जना पुरुष र ८० हजार १ सय ७२ जना महिला नेपाली कामदार छन् । पुरुषतर्फ ४ लाख ५ सय ४५ जना र महिला तर्फ ५९ हजार ५ सय ५७ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीका लागि गत आर्थिक बर्षमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८ सय ६१ जनाले लिएका छन् । त्यस्तै, वर्षको पहिलो महिना साउनमा ५५ हजार ५ सय ७५ नेपाली वैदेशिक रोजगारमा गएको देखिन्छ । यसैगरी, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मंसिरमा ६८ हजार २ सय १, पुसमा ६५ हजार ८ सय १३ र माघमा ६२ हजार १सय ४७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९सय ३३, बैशाखमा ७० हजार ६ सय ३७, जेठ ७२ हजार ८सय ६१ र असार ५८ हजार ७ सय ३६ नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक बर्षका १ सय ४९ देशमा नेपालीहरू काम गर्न गएको देखिन्छ । त्यसमा सबै भन्दा धेरै युएईमा गएका छन् । उक्त देशमा १ लाख ९३ हजार ४ सय ३८ जना नेपाली रोजगारी लागि गएका छन् । त्यसैगरी दोस्रोमा भने साउदी अरब रहेको छ । उक्त देशमा गत आर्थिक बर्षका १ लाख ४१ हजार ५ सय २ जना नेपाली रोजगारको लागि गएका छन् । तेस्रो नम्बरमा भने कतार रहेको छ । गत आर्थिक बर्षमा १ लाख ३४ हजार ६ सय ६९ जना नेपाली रोजगारीको लागि गएका छन् । यसैगरी मलेसियामा १ लाख ३ हजार ४सय ४२, कुवेतमा ४० हजार ३ सय ६८, क्रोयशियामा १५ हजार ३ सय ६४, रोमानियामा १५ हजार २१, जापान १३ हजर ८ सय ६४ र कोरिया १३ हजार २६ जना नेपाली रोजगारीमा गएका छन् । यी बाहेक १ सय ४० देशमा पनि नेपालीहरू रोजगारीका लागि गएका छन् ।

बैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले स्वदेशमा रोजगारीको अवसर नपाएर पछि पछिल्लो समयमा ठुलो संख्या बाध्यात्मक वैदेशिक रोजगारी जानुुपर्ने अवस्था रहेको बताए । स्वदेशमा पर्याप्त आन्तरिक रोजगारीका अवसर नहुँदासम्म बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिने पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर गएको तथ्याङ्कले पनि पुुष्टि गरेको उनको भनाइ छ । निर्देशक सुवेदी मलेसियाले आप्रवासी श्रमिक लैजान बन्द गरेका कारण पनि गत बर्षको संख्यामा केही कमी आएको बताउँछन् ।

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो
गत आर्थिक बर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले विदेशमा काम गर्न गएका नेपालीले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स पठाएको देखाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आर्थिक वर्षमा १६.५ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?